Daily Archives: 28/12/2010

नदीमा सुन खोज्न चिनियाँ कम्पनी


नदीमा बगेर आउने सुन संकलन गर्न चिनियाँ निजी क्षेत्रले चासो देखाएको छ । आधुनिक प्रविधिबाट नदीको बालुवाबाट सुन निकाल्न चालू आर्थिक वर्षमा मात्रै १७ कम्पनी दर्ता भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । हिमालबाट आएका नदीमा वालुवासँगै बगेर आउने सुनको कणबाट बनाइने सुन नै प्लेसियर भनिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

महिलाका दस कामोत्तेजक अंग (फोटो फिचरसहित)


अधिकांश पुरुष यौन सक्रियताका बेला माहिलाहरूलाई उत्तेजित गर्न तिनका एक वा दुई शारीरिक अंगमै बढी केन्द्रित हुन्छन् तर महिलाका शरीरमा कैयन् त्यस्ता अंग छन् जहाँ स्पर्श मात्र गर्दा पनि उनीहरूमा कामेच्छा जागृत हुन्छ । जसलाई फोटो फिचरसहित तल राखिएको छ ।

१) तिघ्राको भित्री भागः तिघ्राको भित्री भाग अत्यन्त संवेदनशील हुन्छ । उक्त भागको छाला धेरै पातलो हुन्छ र त्यहाँ कैयन् उत्तेजक तत्त्व हुन्छ । त्यसैले  यो भागलाई कामोत्तेजक मानिन्छ । यो भागमा स्नेहपूर्व भए, सुमसुम्याए वा चुम्बन गरे महिलाहरूमा कामोत्तेजना वृद्धि हुन्छ र उनीहरू यौनसम्पर्कका  लागि बढी उत्प्रेरित हुन्छन् र त्यसबाट आनन्द पनि प्राप्त गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आकाशे पुल नचढ्ने ६२ जना पक्राउ


मकर श्रेष्ठ/प्रतिमा बाँस्कोटा,

काठमाडौ, पुस १३ – आकाशेपुल प्रयोग नगरी जथाभावी बाटो काट्दै हुनुहुन्छ ? तपाईंलाई ‘नमस्कार’ गर्न ट्राफिक प्रहरी सडकमा हाजिर छन् तर दंग नपर्नुहोला, कारण  नमस्कारको बदला उनीहरूले भ्यानमा राखेर प्रहरी कार्यालय पुर्‍याउनेछन् । यसरी नमस्कार खाने ६२ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर दरबारमार्गस्थित कार्यालयमा पुर्‍याएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

रूखको फेदीमा विद्यालय


 प्रकाश लम्साल

सरकारी विद्यालय स्थापना गर्न स्वीकृति पाऊँ भनी इमलीपर्तीका बासिन्दाले कैयौँपटक जाहेर गरे पनि जिल्ला शिक्षा कार्यालयले बेवास्ता गर्दै आएको छ
बाराको भवानीपुर, जितपुर गाविस- ७ इमलीपर्तीमा विद्यालय भवन नहुदा बालबालिका रूखको फेदमा बसेर पढ्न बाध्य छन् । गाविसका प्रतिनिधिहरूको अकर्मण्यता र जिल्ला शिक्षा कार्यालयको बेवास्ताका कारण दुई सयभन्दा बढी बालबालिका रूखको फेदमा बसेर पढ्न बाध्य भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

संसद्को विघटन राजदरबारबाटै : पूर्व सैनिक सचिव शाह


काठमाडौ, पुस १३ -तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा राजदरवारबाटै प्रतिनिधि सभाको बिघटन गरिएको खुलासा भएको छ । पूर्व सैनिक सचिव विवेक शाहको प्रकाशोन्मुख संस्मरणत्मक पुस्कत ‘मैले देखेको दरवार’ ले यो रहस्य खोलेको हो । संविधानत संबैधानिक राजाले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभाको विघटन गर्ने व्यवस्था थियो । तर, पुस्तकमा उल्लेख भएअनुसार प्रधानमन्त्री देउवाले दरवारमै कार्यालयको लेटरप्याड मगाएको र राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनले प्रधानमन्त्रीको सिफारिस तयार पारेको उल्लेछ । पढ्नेक्रम जारी राख्नुहोस्

भोलीदेखि लोडसेडिङ साताको ७४ घन्टा


 काठमाडौ, पुस १३ – बुधबारदेखि साताको ७४ घन्टा लोडसेडिङ हुने भएको छ । सोमबार विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार साताको ४ दिन दैनिक ११ घन्टा लोडसेडिङ हुनेछ भने ३ दिन दैनिक १० घन्टा बिजुली अभाव हुनेछ । हाल दिनको ८ घन्टा लोडसेडिङ भइरहेको छ । यो वर्ष अधिकतम दैनिक १४ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणको छ ।

Posted by: Shiva Paudel

Source: Kantipuronline

 

एमआरपी अब उपत्यकाका तीनवटै जिल्लाबाट


काठमाडौं, पुस १३ परराष्ट्र मन्त्रालयले पुष १८ गतेबाट उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाट यन्त्रले पढ्न सक्ने राहदानी (एमआरपी) को लागि आवश्यक निवदेन बुझ्ने र वितरण गर्ने भएको छ। आइतबार बाट एमआरपी वितरण सुरु गरेको परराष्ट्रले राहदानी वितरणलाई सहज बनाउन तत्कालका लागि उपत्यकाका तीन जिल्लाबाट पनि जारी गर्ने निर्णय गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

उत्तर कोरिया र इरानसँग ‘विशेष सतर्क’ रहन बैंकहरुलाई निर्देशन


कान्तिपुर संवाददाता                    

काठमाडौ, पुस १३ -उत्तर कोरिया र इरानका नागरिक र संस्थासँग वित्तीय कारोबार गर्दा विशेष सावधानी अपनाउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जानकारी दिएको छ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी गर्ने अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रियस्तरमा काम गरिरहेको फाइनान्सियल एक्सन टास्क फोर्सले दिएको सूचनाका आधारमा केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्