Daily Archives: 27/12/2010

तत्कालीन सैनिक सचिवको खुलासा- ‘दरबार हत्याकाण्ड राजनीतिक षड्यन्त्र थियो’


काठमाडौ, पुस १२ – तत्कालीन राजा वीरेन्द्र मुलुकको दुर्गतिबाट आजित भएर सत्ता नियन्त्रणमा लिने तयारीमा थिए । युवराज दीपेन्द्रचाहिँ उनको उदारवादी कार्यशैलीबाट दिक्क थिए । त्यहीबीच राजनीतिक षड्यन्त्रअन्तर्गत दरबार हत्याकाण्ड भएको थियो । त्यसमा विदेशी शक्तिकेन्द्र पनि जोडिएको थियो । माओवादीलाई भारतीय सैन्य शिविरमा तालिम दिइएको थियो । त्यस’bout थाहा पाएलगत्तै राजाका सैनिक सचिव पदमुक्त गरिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

लडाकु कमान्डरहरूले भने ‘आत्मसम्मान हुने गरी समायोजन’


सरोजराज अधिकारी/काठमाडौं
विनोद त्रिपाठी                     
 शक्तिखोर (चितवन), पुस १२ – माओवादी सेनाका लडाकुका कमान्डरले आत्मसम्मान हुने गरी समायोजन र पुनःस्थापनाको प्याकेज बनाउन आग्रह गरेका छन् । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको सचिवालयका पदाधिकारीसँगको अन्तक्रिर्यामा आइतबार शक्तिखोरस्थित तेस्रो डिभिजनका कमान्डरले यस्तो सझाव दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

गर्भावस्थामा दुखाई कम गराउँदा छोरा नपुङ्सक


poors_america_630एजेन्सी लण्डन । गर्भवती महिलाहरुले दुखाई कम गर्ने औषधि खाएमा त्यसले गर्भमा रहेका छोरामा बाझोपनको खतरा रहने गर्दछ । शोधकर्ताहरुका अनुसार प्यारासिटामोल, एस्प्रीन र आइब्रोफिन जस्ता औषधि लामो समय सेवन गरेको खण्डमा गर्भमा रहेको छोराको प्रजनन अंगको विकासमा हानी पुर्‍याउन सक्दछ । ह्युमन रिप्रोडक्सन जर्नलका अनुसार करिब ५० प्रतिशत महिलाहरु गर्भावस्थाका क्रममा सामान्यतः टाउको दुख्ने समस्याबाट मुक्ति पाउनका लागि दुखाई कम गर्ने औषधि सेवन गर्दछन् । पढ्नेक्रम जारी राख्नुहोस्

सँघ-संस्थाहरुको विवरण संकलन गर्ने सम्बन्धमा नेपाली दूतावास कुवेतको सूचना !!


जय आले, कुवेत 
  
कुवेतमा पेशारत नेपालीहरुले बिभिन्न किसिमका सँघ-संस्थाहरु गठन गरी उक्त संस्थाहरुमा कृयाशिल रहेको र उक्त संस्थाहरु नेपालको सम्बन्धित निकायमा दर्ता भए-नभएको र यदी भएको खण्डमा दर्ताको प्रतिलिपी सहित आ-आफ्नो संस्थाका कार्यकारिणी समितिका सम्पूर्ण पदाधिकारीहरुको पुरा विवरण सहित दूतावासलाई जानकारी गराउन निर्देशन दिईएको छ । जसबाट कुनै पनि बैठक, भेला वा समारोहका लागि आमन्त्रण गर्न सजिलो हुने र अन्य काम या प्रयोजनमा समेत सरलिकरण हुने दूतावास स्रोतले बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्