लडाकु कमान्डरहरूले भने ‘आत्मसम्मान हुने गरी समायोजन’


सरोजराज अधिकारी/काठमाडौं
विनोद त्रिपाठी                     
 शक्तिखोर (चितवन), पुस १२ – माओवादी सेनाका लडाकुका कमान्डरले आत्मसम्मान हुने गरी समायोजन र पुनःस्थापनाको प्याकेज बनाउन आग्रह गरेका छन् । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको सचिवालयका पदाधिकारीसँगको अन्तक्रिर्यामा आइतबार शक्तिखोरस्थित तेस्रो डिभिजनका कमान्डरले यस्तो सझाव दिएका हुन् ।

‘अधिकांशले राजनीतिक परिवर्तन र दीर्घकालीन शान्तिका लागि दस वर्ष लडेको, चार वर्षसम्म शिविरमै रहेर शान्ति प्रक्रियामा सहयोग गरेको र फेरि पनि राष्ट्रका लागि योगदान गर्न तयार रहेको बताउनुभयो,’ सचिवालय सदस्य दीपक भट्टले भने, ‘योगदान मूल्यांकन गर्दै आत्मसम्मान हुने खालको समायोजन र पुनःस्थापना खाका बनाए त्यसलाई स्वीकार्ने उहाँहरूको भनाइ छ ।’

कमान्डरहरूले लामो समयसम्म शिविरमा रहने इच्छा नभएकाले समायोजन र पुनःस्थापनाको कार्य छिटो गरी टुंग्याउन आग्रहसमेत गरेका थिए । ‘अत्यन्त सकारात्मक र रचनात्मक छलफल भयो,’ भट्टले भने । सचिवालय सदस्य तथा माओवादी सेनाका डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले प्रचार गरिएजस्तो आकर्षक प्याकेजका पछि नलाग्ने अधिकांश कमान्डरको भनाइ रहेको बताए ।

‘आकर्षक प्याकेजका पछाडि लागेर गणतन्त्र, संघीयता, समावेशिता, सेनाको लोकतान्त्रीकरणजस्ता जनयुद्धका मुद्दा र उपलब्धि त्याग्न तयार नभएको कमान्डरहरूले बताउनुभयो,’ उनले भने, ‘जनयुद्धका उपलब्धि संस्थागत भए समायोजन र पुनःस्थापनाका विषयमा लचकता अपनाउन सकिने उहाँहरूको भनाइ थियो ।’ कमान्डरहरूले अहिलेको मापदण्डअनुरूप समायोजन नहुने भएकाले नयाँ मापदण्ड बनाइनुपर्ने र व्यक्तिगत रूपमा समायोजनमा नजाने अडान लिएको उनले जानकारी दिए ।  

करिब ३ घन्टासम्म चलेको अन्तक्रिर्यामा २० जना लडाकु कमान्डरले सेना समायोजन छिटो टुंग्याउन आग्रह गरेका थिए । केहीले अझै एक पटकका लागि अनमिनको म्याद थप्नसमेत आग्रह गरेका थिए । ‘हाम्रो भविष्यको ग्यारेन्टी हुनेगरी समायोजन र पुनःस्थापना गर्नुपर्‍यो भन्यौं,’ प्रताप स्मृति बि्रगेडका सहकमान्डर रमेशले भने, ‘कसैलाई राम्रो ठाउँमा लैजाने, कसैलाई अलपत्र पार्ने काम गर्नु हुँदैन ।’ सचिवालय सदस्यहरूले कमान्डरका धारणा सरकार र दलहरूलाई जानकारी गराउने र सोहीअनुरूपको सुझाव दिनेमा कमान्डरलाई आश्वास्त पारेका थिए । तेस्रो डिभिजनका प्रवक्ता जनक बिष्टले सेनामा कति, कति अन्य सुरक्षा अंगमा समायोजन हुने हो र पुनःस्थापनामा जान चाहनेका लागि के कस्ता पेसा, व्यवसाय हुन सक्छन् भन्ने विषयमा पहिले नै सहमति गर्नुपर्ने सुझाव दिएको बताए ।

अघिल्लो दिन चितवन आइपुगेको टोलीले आइतबार शिविरको भौतिक पूर्वाधार’bout निरीक्षण गरेको थियो । टोलीले गत भदौ ३१ मा पारित ‘माओवादी सेनाका लडाकुहरूको रेखदेख, नियन्त्रण, निर्देशन प्रक्रिया र आचारसंहितासम्बन्धी निर्देशिका- २०६७’ ’bout कमान्डरहरूलाई जानकारी गराएका थिए । अनमिनको अनुपस्थितिमा यही निर्देशिकाबमोजिम शिविरको अनुगमन गरिने सरकारले जनाउँदै आएको छ ।

सचिवालय संयोजक बालानन्द शर्माको नेतृत्वमा टोलीमा सदस्यहरू शम्भुराम सिंखडा, गोपालसिंह बोहरा, कुलप्रसाद केसी, तेजबहादुर वली, सनन्दनप्रसाद कुर्मी, रामानन्द मिश्र तथा तीन सुरक्षा निकायका बहालवाला अधिकृत सेनाका महेशविक्रम कार्की, प्रहरीका केशबहादुर शाही र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठ छन् । अनमिनका तर्फबाट संयुक्त अनुगमन समन्वय समिति (जेएमसीसी) का प्रमुख मार्कोस मिरान्डा पनि भ्रमण दलमा सहभागी थिए ।

 Posted by: Shiva Paudel

Source: Kantipuronline

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.