मन्त्रीलाई सित्तैमा पेट्रोल


 काठमाडौ, पुस १२ – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो वाणिज्य तथा आपूर्तीमन्त्री भएको १८ महिनापछि नेपाल आयल निगमका महाप्रबन्धक दिगम्बर झाले उनलाई सित्तैमा पेट्रोल दिने गरिएको खुलासा गरेका छन् । अघिल्ला बैठकमा कसैलाई पेट्रोल नबाँडिने दाबी गर्दै आएका महाप्रबन्धक झाले आइतबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा राजधानी बाहिर जानुपर्दा मन्त्रीलाई पेट्रोल दिने गरिएको बताएका हुन् । निगममा भएको अनियमितता र पेट्रोलियम पदार्थमा दिइने अनुदान’bout स्पष्ट पार्न समितिले मन्त्रालयका सचिव, निगमका अधिकारी, कर्मचारी, व्यवसायी र उपभोक्तालाई आइतबार बोलाएको थियो । झाले ‘मन्त्रीलाई पेट्रोल दिनेबाहेक अन्य अनियमितता नभएको’ समेत बताएपछि सभासद् छक्क परेका थिए । कति पेट्रोल दिइन्छ ? भनी सभासद्हरूले सोधेको प्रश्नको जवाफ दिन भने महाप्रबन्धक झा अनकनाए ।काठमाडौंमा रहेका बेला भने मन्त्रीलाई पेट्रोल नदिइने झाले प्रस्ट्याए ।
‘काठमाडौं भएका बेला उहाँलाई सरकार (मन्त्रिपरिषद्) ले नै तेल दिन्छ,’ झाले संवाददातासित भने, ‘बाहिर जानुपर्दा डिपोहरूबाट तेल दिइन्छ ।’ झाले मन्त्रीको आवश्यकताअनुसार पेट्रोल दिने गरिएको समेत खुलाए ।निगमका अधिकारीका अनुसार विभिन्न जिल्लामा मन्त्री महतो र उनका पार्टीका कार्यकताको भ्रमणमा प्रयोग हुने सवारी साधनलाई निगमले पेट्रोलियम पदार्थ उपलब्ध गराउने गरेको छ । केही महिनाअघि महतो अध्यक्ष रहेको सद्भावना पार्टीले मेची/महाकालीमा गरेको मधेस स्वाभिमान यात्रामा प्रयोग भएका सबै सवारी साधनका लागि निगमले तेल उपलब्ध गराएको थियो ।महाप्रबन्धक झाले मिडियामा आएजस्तो निगममा अनियमितता भने नभएको दाबी गरे ।
उनका अनुसार निगमको १७ अर्ब ऋण ११ अर्ब ५१ करोड रुपैयाँमा झरेको छ । निगम अहिले मासिक ३० करोड ९० लाख घाटामा छ । सभासद्हरूले निगमका सवारी साधनहरूमा समेत व्यापक दुरुपयोग हुने गरेको बताए पनि झाले दुरुपयोग नभएको जिकिर गरे ।मन्त्रीलाई पेट्रोल दिने गरेको बताएपछि सभासद् धनराज गुरुङले घाटामा रहेको निगमले भकाभक पेट्रोल बाँड्नुचाहिँ अनियमितता होइन रैछ भन्ने बल्ल आफूलाई थाहा भएको बताए । ‘महाप्रबन्धक भएको तीन वर्षमा धेरैजनालाई पेट्रोलचाहिँ बाँड्नुभएछ,’ सभासद् गुरुङले व्यंग्यात्मक शैलीमा भने, ‘महाप्रबन्धकज्यूले अनियमितताचाहिँ गर्नुभएनछ ।’निगममा अप्रेसन गर्नै नसकिने गरी भ्रष्टाचारको क्यान्सर फैलिएको बताउँदै गुरुङले ती क्यान्सर काटेर फाल्न समितिलाई पनि गाह्रो पर्ने बताए ।
सभासद् केशव मैनालीले महाप्रबन्धक झाले मन्त्री र मन्त्रीका निकटकालाई पेट्रोल बाँडेर अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्नेमा जोड दिए ।सभासद् रघुवीर महासेठले वर्षौंदेखि निगममा अनियमितता भइरहेको जानकारी पाएर पनि नियन्त्रण नहुनुमा सरकार दोषी रहेको बताए । अर्का सभासद् नारायण दाहालले नेपाल आयल निगमभित्रको अनियमिततालाई लुटतन्त्रको संज्ञा दिए । ‘निगम आफैं धामी आफैं झाँक्रीजस्तो गरी चलिरहेको छ,’ उनले भने, ‘अनियमिततालाई सबैतिरबाट ढाकछोप गरिएको छ ।’सभासद्हरूले मात्र होइन निगम अन्तर्गतका कर्मचारी संगठनका अधिकारीलेसमेत निगमभित्र खुलेआम अनियमितता भइरहेको बताए । आपूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले पेट्रोलियम पदार्थको भण्डारक्ष क्षमता बढाउन थानकोट डिपो विस्तार गर्न लागेको बताए पनि निगमअन्तर्गतको राष्ट्रिय कर्मचारी संगठनका बाबुराम राईले थानकोट डिपो विस्तार गर्ने बहानामा भ्रष्टाचार भएको दाबी गरे ।

राईले ६० हजार आनाको जग्गा ३ लाख ६० हजार आनाका दरले खरिद गरिएको दाबी गरे । ढुवानी र भण्डारणमा समेत कमिसनको खेल हुने गरेको भन्दै उनले टेन्डर प्रक्रियामार्फत
तेल ढुवानी गरिए केही हदसम्म अनियमितता रोकिन सक्ने औंल्याए । निगमले खरिद गरेको मोबाइल ट्यांकर धनगढीको खरबारीमा अलपत्र परे पनि त्यसको प्रयोग गर्नेतिर ध्यान नदिएको बताए । ग्यास उद्योग संघका सावरमल अग्रवालले टेन्डर प्रक्रियामार्फत ग्यास खरिद गर्न निगमलाई सुझाए । ‘हामीलाई मात्रै भाडामा दिनुपर्छ भनेका छैनौं,’ उनले भने, ‘प्रतिस्पर्धा गर्न तयार छौं ।’

प्रकाशित मिति: २०६७ पुस १२ ०९:१७

posted by :dambar prasad rimal                      sourced by:ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.