चन्द्रशेखरको जीवनरक्षा, मृत्युदण्डको सट्टामा १५ बर्षे कारावास सजाय


दीपक पौडेल, दोहा

हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका नेपाली युवा चन्द्रशेखर यादवको जीवनरक्षा भएको छ । कतारको सर्वोच्च अदालतले सोमवार २० डिसेम्बरमा गरेको एक ऐतिहासिक फैसलामा चन्द्रशेखरसहित २ जना भारतीय नागरिकलाई यसअघि सुनाइएको मृत्युदण्डको सजायलाई कारावास सजायमा घटाइएको छ । सर्वोच्चको फैसला अनुसार चन्द्रशेखरलाई १५ बर्ष जेल सजाय भएको छ भने २ भारतीय नागरिकलाई कम्तिमा २० बर्षको जेल सजाय तोकिएको छ । मृत्युदण्डको सजायमा गरिएका पुनरावेदन पटक-पटक असफल हुँदै आएकोमा अन्ततः सर्वोच्चवाट सो फैसला भएको छ ।

चन्द्रशेखरको मुद्दामा ५ पटक पुनरावेदन विफल भएकोमा अन्तिम अवसरकारुपमा प्राप्त छैटौं पटकको अपिलबाट उनको जीवनरक्षा भएको छ । सर्वोच्चमा गरिएको अन्तिम अपिलबाट अभियुक्तको जीवनवारे भएको यो अन्तिम फैसला हो । २००३ देखि कैदी जीवन विताइरहेका सिराहा बेलाहा ७ का ४४ बर्षिय चन्द्र शेखरको जीवनरक्षाका लागि कतारस्थित नेपाली दुतावासले यथासम्भव प्रयास गर्दै आएको थियो । हत्याको स्पष्ट आधार नभएकोले अन्ततः मुद्धा जित्ने विश्वास नेपाली दुतावासले राख्दै आएको थियो । यादवको मुद्दामा प्रतिरक्षा कागजात अधिवक्ता मोना अब्देल रहिमले प्रस्तुत गदै्र आएकी थिइन् । यसअघि चन्द्रशेखरको मुद्दालाई कतारको सर्वोच्च अदालतले पुर्नविचारको लागि पुनरावेदनमा पठाएकोमा पुनरावेदनले सो सजायलाई सदर गरी सर्वोच्च अदालतमा पठाएको थियो । अन्तिम फैसला सुनाउनुअघि सर्वोच्चले पुर्नविचारको लागि सो मुद्दा २ पटक पुनरावेदनमा फर्काएको थियो भने पुनरावेदनले हरेक पटक सदर गदै्र आएको थियो ।

चन्द्रशेखर मृत्युदण्डबाट जोगिएकोमा राजदुत डा सुर्यनाथ मिश्रले खुसी ब्यक्त गरेका छन् । सास रहुाजेल आश हुन्छ भनेर कानुनी प्रकृयामा निरन्तर जुटेका थियौं राजदुतले भने- जीवनरक्षा भएको छ चन्द्रशेखरले नयाँ जीवन पाएकोमा हर्षित छौं । चन्द्र शेखरको जीवनरक्षामा अधिवक्ता मोना अब्देल रहिमको प्रयासप्रति नेपालीजन कृतज्ञ रहने राजदुतले उल्लेख गरे । सो फैसलाबाट चन्द्र शेखरले जीवनप्रति आशा पलाएको बताएका छन् । हिजो राति सुत्नै सकिनु चन्द्रशेखरलाई उद्यृत गर्दै दुतावासका जनसम्पर्क अधिकारी अल ताज मिरघानी आदम जायदले भने- अव जीवनप्रति आशावादी छु । राजदुतले फोनसम्पर्कमा चन्द्रशेखरलाई अव निरास नहुन आग्रह गर्दै आममाफीका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्वता जनाएका छन् । हौसला बुलन्द राख्न सुझाएको छु राजदुतले भने । चन्द्रशेखरले ७ बर्षको कारवास सजाय कटाइसकेकोले अवको बाँकी कारवास सजाय ८ बर्ष रहनेछ । बाँकी जेलसजाय माफीका लागि आग्रह गरिने नेपाली दुतावासश्रोतले जनाएको छ । कतारमा लामो समय जेलमा विताएकाहरुलाई रमादानका अवसरमा आममाफी एम्नेष्टि हुँदै आएको छ ।

दुतावासले पठाएको निवेदन अनुसार गत रमादानमा ताहिर नदाफ बुधराज घिसिङ अशोक बम्जन नल किशोर खत्वे विर बहादुर तेजेन्द्र सुवेदी र तेजिलाल यादव गरी ७ जना नेपाली युवालाई जेल सजायबाट आममाफि भएको थियो । उता मृत्युदण्डबाट जीवनदान पाएको खवरले सिराहास्थित चन्द्रशेखरको परिवारमा खुसी छाएको छ । कतारमा फाँसीको सजाय पाएका चन्द्रशेखर का आफन्तले सरकारसँग उनको जीवनरक्षाको लागि पहल गरिदिन आग्रह गर्दै आएका थिए । चन्द्रशेखरका दुई छोरा दुई छोरी र श्रीमती छन् ।

मृत्युदण्डको सजायलाई १५ बर्ष कारवास सजायमा घटाइएको यो फैसलासम्बन्धि समाचारलाई कतारका प्रायः सवै दैनिक समाचार पत्रहरुले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । ३० बर्षिया एक इन्डोनेशियाली युवतीसंग शारिरिक सम्बन्ध राख्ने गरेको बेश्यावृत्तिमा लगाएको र वेश्यावृत्तिबाट प्राप्त रकमको हिसाव किताव नमिलेपछि अन्ततः सन् २००३ को अक्टुवरमा हत्या गरेको अभियोगमा कतारको एक अदालतले ३० नोभेम्बर २००६ मा चन्द्रशेखर लाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनीसंगै अन्य २ जना भारतीय नागरिक केरलाको त्रिसुर जिल्लाका महादेवन उन्नीकृष्णन  ३२ बर्षर मनीकन्तन श्रीधरण ३१ बर्षलाई पनि मृत्युदण्डको सजाय सुनाएको थियो ।

ग्यारेज सुरक्षा गार्ड रहेका मुगेवजार-६ लमजुङका बुद्विमान गुरुङलाई पनि मतियारको सजाय तोकिएको थियो । छानविनका क्रममा उनको कोठामा मृतक युवतीका केहि कपडा फेला परेको अभियोग विवरणमा उल्लेख छ । उनलाई मतियारकारुपमा दुई बर्षको जेल सजाय र २ हजार जरिवानाको सजाय तोकिएको थियो । उनी सजाय कटाइसकेकोले जरिवाना तिरेर २ बर्ष अघिनै नेपाल फर्किसकेका छन् । इन्डोनेशियाली युवतीको करिव ३ महिना जति पुरानो र सडेको लाश अल वक्राको तटीय क्षेत्रमा गाडिएको ठाऊँवाट केही अंगहरु देखा परेको स्थितिमा सन् २००३ को अक्टुवरमा फेला परेपछि सो विवरण प्रहरीमा गोप्य रहेकै अवस्थामा युवायुवतीको शारिरिक सम्वन्धको अभियो गमा डिल्लीराम नामका एक नेपालीलाई प्रहरीले पक्राउ गरेको र उसले दिएको बयानका आधारमा आफुहरुलाई २००३ को डिसेम्बर मा पक्राउ गरी मुद्धा चलाएको भन्ने अभियुक्तहरुको भनाई रहेको थियो ।

केन्द्रिय कारागारमा रहेका चन्द्रशेखरको जीवनरक्षाका लागि कतारस्थित नेपाली समुदायले पनि सक्दो पहल गर्दै आएको थियो । उनको जीवनरक्षाका लागि आवश्यक पहल गर्न तत्कालिन कार्यबाहक राजदुत राजेन्द्र पाण्डेको संयोजकत्वमा ३९ सदस्यीय ‘चन्द्रशेखर सहयोग समिति गठन गरिएको थियो र सहयोग संकलन गरिएको थियो । उनको जीवन रक्षाका लागि दूतावासमार्फत समुदायबाट ३० हजारभन्दा बढि कतारी रियाल जम्मा भएको थियो । एक नेपाली एक रियलुको नारा सहित सो अभियान शुरु गरिएको थियो । दुतावासले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयसमक्ष यो घटनाकावारेमा जानकारी गराउँदै आर्थिक लगायत अन्य सहायताको लागि आग्रह पनि गरेको थियो ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.