एसिया पहिलो अन्तर्राष्ट्रिय महोत्सव नेपालमा


काठमाडौं । पदयात्रा, हिमाल आरोहण, जलयात्रा हुँदै प्राकृतिक, साँस्कृतिक र भौगोलिक विविधताका कारण परिचित नेपालको पर्यटन क्षेत्र पछिल्लो समयमा साहसिक पर्यटकीय क्रियाकलापहरू पनि थपिंदै गएका छन् । अनुकुल मौसम र भौगोलिक विविधताको प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जीजम्प, हट एअर बेलुनजस्ता साहसिक खेलले पर्यटक भित्र्याउन मद्दत पुग्दै आएको छ ।

प्रकृतिसँग रमाउने र प्रकृतिसँग जुध्दै साहसिकता प्रदर्शन गरी रमाउन चाहनेलाई पछिल्लोपटक झरनामा डोरी लगाएर झर्दै खेल्ने क्यान्योनिङ नयाँ आकर्षणका रूपमा विकसित हुँदैछ । विशेषतः युरोप, अमेरिकामा लोकपि्रय यो खेल नेपालमा विस्तारै पर्यटक तान्ने नयाँ आकर्षणको माध्यम बन्न थालेको छ । पदयात्रा, हिमाल आरोहण र जलयात्राजस्ता परम्परागत पर्यटकीय क्रियाकलापमा नयाँ आयाम थप्दै नेपाल पर्यटन वर्ष २०११ को सन्दर्भमा क्यान्योनिङको प्रवर्द्धनमा पनि जोड दिन थालिएको छ ।

“भर्खरै प्रवर्द्धन भइरहेको अति साहसिक खेल हो, प्रचार अभाव र केही महँगो भएकाले एकैचोटी विकास हुन सकेको छैन” नेपाल क्यान्योइङ सङ्घका अध्यक्ष तिलक लामा भन्नुहुन्छ । क्यान्योनिङ अग्ला झरनाबाट डोरीको सहायताले झुन्डिदै झर्ने (अवरोहण) कठिन र जोखिमपूर्ण खेल हो  । चिप्लिने, हाम्फाल्ने, पौडिने र झर्ने यसको मुख्य विशेषता हो । क्यानोनरलाई  हेलमेट, हार्नेस, वेटसुट, डोरी, जुत्ता र झोलासहितका सामग्री चाहिन्छ । नेपालमा विश्व प्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मस्र्याङ्दी उपत्यका, भाटेकोसी, सुनकोसी र ककनीमा चट्टान, पहाराबाट झर्ने झरना र खोलाका छाँगा क्यान्योनिङ गर्ने प्रमुख स्थल हुन् ।

हिमालपारिको जिल्ला मनाङको फु गाविसमा हिमालबाट झर्ने पाच हजार २१५ मिटर उचाइको लुङ्गा खोलाको छाँगा क्यानयोनिङको लागि विश्वकै सबैभन्दा उचाइको ठाउँ हो ।
नेपाली प्राविधिक प्रशिक्षक टोलीले सो  छाँगा व्यावहारिकरूपमै क्यान्योनिङ गर्न उपयुक्त भएको बताएपछि नेपाल विश्वकै लागि नयाँ गन्तव्य भएको छ । “क्यान्योनिङ खेलाडीको लागि लुङ्गा खोलाको छाँगा संसारकै सबैभन्दा उचाइको हो, विश्वका उत्कृष्ट व्यावसायिक क्यानोनरका लागि यो सपनाको गन्तव्य हो,” सङ्घका सदस्य राजेश लामाले भन्नुभयो ।

सङ्घमा ४२ बढी सदस्य छन् । वार्षिक करिब एक हजार २०० विदेशी पर्यटक नेपालमा क्यान्योनिङ गर्ने व्यवसायीको भनाइ छ । युरोपमा क्यान्योनिङमा आधारभूत रूपमै व्यावसायिक खेलाडीहरूको बाहुल्यता बढ्दो छ । अमेरिकामा कलेजका विद्यार्थी र साहसिक पर्यटनमा रुची राख्नेहरू नयाँ प्रविधिका साथ यसमा होमिंदैछन् । एसियामा जापान र ताइवानमा क्यान्योनिङ खेलिन्छ ।

नेपालमा बोर्डर ल्यान्ड र लास्ट रिसोर्टजस्ता कम्पनीले सन् १९९६ देखि भोटेकोसीमा क्यान्योनिङको व्यावसायिक सुरुवात गरेको यस क्षेत्रका व्यवसायीहरू बताउँछन् । नेपाल पर्यटनको नयाँ आकर्षणका रूपमा विश्व बजारमा परिचित हुँदै गएको फ्रेन्ड्स एडभेन्चर टीम प्रालिका प्रवन्धक निर्देशक राजेन्द्रबहादुर लामा बताउनुहुन्छ । नेपालका पहाडी भेगमा प्रशस्त रहेका झरनाका कारण नयाँ पर्यटकीय आकर्षणका रूपमा यो रोमाञ्चकारी खेल विश्व बजारमा व्यापक प्रचार गरेर पर्यटक बढाउन सङ्घले एसियामै पहिलोचोटी नेपालमा अन्तराष्ट्रिय क्यान्योनिङ महोत्सव गर्दैछ ।

सन् २०११ को अपि्रल ७ देखि १३ तारिखसम्म विश्व प्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने लमजुङको मस्र्याङ्दी उपत्यकाको भीर, पहाराबाट खस्ने झरनाहरूमा हुनेछ । एसियाको सो पहिलो क्यान्योनिङ महोत्सवलाई “अन्तर्राष्ट्रिय क्यान्योनिङ भेला”  नाम दिइएको छ । “हिमाल आरोहण, पदयात्राजस्ता हाम्रो परम्परागत पर्यटनका क्रियाकलापमा अति साहसिक खेल क्यान्योनिङ नेपाली टुर अपरेटर्सहरूको लागि नयाँ कार्यक्रम हुनेछ,” सङ्घका सदस्य लामा भन्नुहुन्छ ।

क्यान्योनिङको व्यावसायिक तालिम फ्रान्सबाट लिएका राजेश र कविन्द्र  नेपालकै पहिलो क्यानोनर प्राविधिक प्रशिक्षक मानिन्छन् । क्यानोनर प्राविधिक र गाइडको सङ्ख्या नेपालमा न्यून छ । नेपाल क्यान्योइङ एशोसियसनले फ्रान्सको फेडेरेशन फ्रान्चाइज डी स्पेलीलोगी र हिमालयन क्यान्योन टीमसँग मिलेर लमजुङको मस्र्याङ्दी उपत्यकाको स्याँगे र घुर्म क्षेत्रमा यो महोत्सव गर्न लागेको हो ।

महोत्सवमा फ्रान्स, इटाली, स्पेन, ब्राजिल, पोर्चुगल, अमेरिका, स्विस, नेदरल्याण्ड, ग्रीस, अष्टे्रलिया र नेपाललगायत १४ देशका २५० व्यावसायिक क्यान्योनर एकै ठाउँमा भेला हुनेछन् । कार्यक्रममा क्यान्योनिङ’bout वृत्तचित्र प्रदर्शन, विज्ञहरूबीच छलफल, नयाँ सीप र प्रविधि’bout अनुभव बाँडिनेछ । नयाँ आविष्कारको जानकारी, सैद्वान्तिक, व्यावहारिक ज्ञान  आपसमा बाँड्दै त्यहाँका झरनाहरूमा खेल प्रदर्शन गरिनेछ । “यसले नेपाल क्यान्योनिङको लागि उपयुक्त छ भन्ने विश्व बजारमा व्यापक प्रचार हुनेछ,” राजेश थप्नुहुन्छ ।

अन्नपूर्ण चक्रीयमार्गको लमजुङमा पर्ने मस्र्याङ्दी उपत्यका छेउछाउका खोला र झरनामा क्यान्योनिङ खेलको विकास गर्ने प्रशस्त सम्भावना रहेको छ । लमजुङको सदरमुकाम वेंशीसहरबाट छोटो सडक र पदयात्रापछि पुगिने बुलबुले, कविन्द्र, चिप्ला, तातोपानी, रेन्दु, स्याँगे, जगत, च्याम्चे, ताल र सञ्चुप झरना साहसिक एवम् व्यावसायिक खेलाडीले बढी रुचाउँछन् ।

एउटा गाइडले छ जनासम्म खेलाउन सक्ने यहाँको चार हजार २०० मिटरमा पर्ने च्याम्चे झरना क्यान्योनिङ गर्न संसारकै लामो दुरीको मानिन्छ । दुर्गम वस्ती, प्रविधि, उपकरण र समूहमा नहुने हुँदा यो खेल खर्चिलो भने छ । असोजदेखि जेठसम्मको मौसम खेल्न उपयुक्त मानिन्छ । भोटेकोसी उपत्यकाका काभ्रे, हाँडी, जम्वो, ग्यालुङ र फाङफुङ खोला क्यानयोनिङ गर्ने अन्य आकर्षक स्थल हुन् । जहाँ नेपालको ६० प्रतिशत क्यान्योनिङ हुन्छ । छोटो यात्रा, उपयुक्त  तापक्रम भएकाले सिकारु र व्यावसायिक सबैलाई भोटेकोसी क्यानयोनिङका लागि उपयुक्त हुन सक्दछ ।

त्यस्तै, काभ्रेको सुनकोसी तिमालमा पर्ने बोल्डे कल्लेरी, बन्दिवा र टाङ्टुङ खोला र  नुवाकोटको ककनीमा पर्ने सिस्नेरी छहरे (१४५ मि.) र फुङफुङे (१८५ मि.)मा पनि क्यान्योनिङ खेल्न सकिन्छ । सूर्यचन्द्र बस्नेत -Nepalrus

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.