Daily Archives: 27/12/2010

महान छन् नेताजीहरु…!


राजेन्द्र शर्मा”राजन” कुवैत
 

कति महान छन् हाम्रा नेताजीहरु !
चुनाब हार्नुसंग डर लाग्दैन उनीहरुलाई
लाजै पचाएर बोलिहाल्छ्न म हरेको होइन 
हारसंगै रमाउछन, खुसियाली मनाउछन
अबिर जात्रा गर्दै फेरी झन्डा फर्फराउँछ्न
वीर गोर्खालीका सन्तानहरु ! बाहादुर छन्
मुर्ख छन् उनीहरु डर रत्तिभर छैन !
न त नैतिकताको डर छ न त जनताको पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्रीलाई सित्तैमा पेट्रोल


 काठमाडौ, पुस १२ – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो वाणिज्य तथा आपूर्तीमन्त्री भएको १८ महिनापछि नेपाल आयल निगमका महाप्रबन्धक दिगम्बर झाले उनलाई सित्तैमा पेट्रोल दिने गरिएको खुलासा गरेका छन् । अघिल्ला बैठकमा कसैलाई पेट्रोल नबाँडिने दाबी गर्दै आएका महाप्रबन्धक झाले आइतबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा राजधानी बाहिर जानुपर्दा मन्त्रीलाई पेट्रोल दिने गरिएको बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

चन्द्रशेखरको जीवनरक्षा, मृत्युदण्डको सट्टामा १५ बर्षे कारावास सजाय


दीपक पौडेल, दोहा

हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका नेपाली युवा चन्द्रशेखर यादवको जीवनरक्षा भएको छ । कतारको सर्वोच्च अदालतले सोमवार २० डिसेम्बरमा गरेको एक ऐतिहासिक फैसलामा चन्द्रशेखरसहित २ जना भारतीय नागरिकलाई यसअघि सुनाइएको मृत्युदण्डको सजायलाई कारावास सजायमा घटाइएको छ । सर्वोच्चको फैसला अनुसार चन्द्रशेखरलाई १५ बर्ष जेल सजाय भएको छ भने २ भारतीय नागरिकलाई कम्तिमा २० बर्षको जेल सजाय तोकिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एसिया पहिलो अन्तर्राष्ट्रिय महोत्सव नेपालमा


काठमाडौं । पदयात्रा, हिमाल आरोहण, जलयात्रा हुँदै प्राकृतिक, साँस्कृतिक र भौगोलिक विविधताका कारण परिचित नेपालको पर्यटन क्षेत्र पछिल्लो समयमा साहसिक पर्यटकीय क्रियाकलापहरू पनि थपिंदै गएका छन् । अनुकुल मौसम र भौगोलिक विविधताको प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जीजम्प, हट एअर बेलुनजस्ता साहसिक खेलले पर्यटक भित्र्याउन मद्दत पुग्दै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रमले कानुनमन्त्रीलाई हप्काउँदै भने- मन्त्री भएर भ्रष्टाचारीलाई साथ दिने?


काठमाडौं, पुस १२  प्रधानमन्त्री माधवकुमार नेपालले कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहलाई प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठसँग विवाद नगर्न सचेत गराएका छन्। उच्च स्रोतका अनुसार आइतबार मन्त्रिपरिषद् बैठकमा नेपालले न्यायपरिषद्मा सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीले प्रधान न्यायाधीशविरुद्ध बोल्नु ‘उचित नहुने’ भन्दै सिंहलाई सचेत गराएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

पुरुषहरु सेक्स फिलिङ लुकाइराख्छन्


एजेन्सी । अहिलेसम्म महिलाहरुले आफ्नो मनको कुरा व्यक्त गर्दैनन् लुकाइराख्छन् भनिदै आएको थियो । तर एउटा नयाँ शोधका अनुसार पुरुषहरु पनि धेरै कुरा मनमा लुकाएर राख्ने गर्दछन् भन्ने खुलासा भएको छ । त्यसैले महिलामाथि आरोप लगाउनुअघि पुरुषहरुले आफ्नो मनमा गम्भीर भएर हेर्नुपर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तत्कालीन सैनिक सचिवको खुलासा- ‘दरबार हत्याकाण्ड राजनीतिक षड्यन्त्र थियो’


काठमाडौ, पुस १२ – तत्कालीन राजा वीरेन्द्र मुलुकको दुर्गतिबाट आजित भएर सत्ता नियन्त्रणमा लिने तयारीमा थिए । युवराज दीपेन्द्रचाहिँ उनको उदारवादी कार्यशैलीबाट दिक्क थिए । त्यहीबीच राजनीतिक षड्यन्त्रअन्तर्गत दरबार हत्याकाण्ड भएको थियो । त्यसमा विदेशी शक्तिकेन्द्र पनि जोडिएको थियो । माओवादीलाई भारतीय सैन्य शिविरमा तालिम दिइएको थियो । त्यस’bout थाहा पाएलगत्तै राजाका सैनिक सचिव पदमुक्त गरिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

लडाकु कमान्डरहरूले भने ‘आत्मसम्मान हुने गरी समायोजन’


सरोजराज अधिकारी/काठमाडौं
विनोद त्रिपाठी                     
 शक्तिखोर (चितवन), पुस १२ – माओवादी सेनाका लडाकुका कमान्डरले आत्मसम्मान हुने गरी समायोजन र पुनःस्थापनाको प्याकेज बनाउन आग्रह गरेका छन् । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको सचिवालयका पदाधिकारीसँगको अन्तक्रिर्यामा आइतबार शक्तिखोरस्थित तेस्रो डिभिजनका कमान्डरले यस्तो सझाव दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्