बंगुरको आक्रमणबाट मलेसियामा नेपालीको मृत्यु


महेश्वर चामलिङ राई, उदयपुर, पुस ११- पोथी बंगुरसँग सहवास गराउने क्रममा भाले बंगुरको आक्रमणबाट घाइते मलेसियामा कार्यरत उदयपुरका एक युवाको शनिबार विहान मृत्यु भएको छ। उदयपुर जाँते गाविस-५ चौलाने घर भई मलेसियाको पेनाङस्थित बंगुर फाराममा कार्यरत टीकासेर राईको कामको सिलसिलामा कम्पनीमै मृत्यु भएको आफन्तले जनाएका छन्।

आफन्त मिलन राईले बताएअनुसार सख्त घाइते ३४ वर्षीय राईको एउटा करङ भाँचिनुका साथै नलिखुट्टामा १२ वटा टाँका मार्नुपरेको थियो। राईलाई स्थानीय मेडिकलमा भर्ना नलिएपछि सरकारी अस्पताल लाँदा उपचार गर्न ढिला भएको थियो।

राईको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हुनसक्ने छिमेकी दीपक राईले बताए।

७ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका उनले दुई वर्षअघि श्रीमतिलाई पनि मलेसिया झिकाएर रोजगारीमा लगाएको आफन्तले जनाएका छन्।

तीन छोरीका बाबु उनका दुईजना नाबालक छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ। उनको लाश स्वदेश ल्याउने ’bout कुनै टुङ्गो लागेको छैन। पछिल्लो समय उनी अनधिकृत) भिसामा रहेकाले लाश ल्याउन कानुनी प्रक्रिया मिलाउन कठिन भइरहेको आफन्त केशर राईले बताए।

Posted by: Shiva Paudel

Source: Nagariknews

One response to “बंगुरको आक्रमणबाट मलेसियामा नेपालीको मृत्यु

  1. ke achamma ho yar bangur le pani manchhe mardo rahechha, sadhai manchhe le bangur mathi gareko atyaachar sahana nasakera hunu parchha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.