कुवेतवासी नेपालीहरुले ख्रिष्टमस पर्व धुमधामका साथ मनाए


जय आले, कुवेत

२५ डिसेम्बर अर्थात प्रभुयशू ‘ख्रीष्ट’को जन्मदिन । हरेक बर्ष विश्वभरीका ईशाई धर्मालम्बीहरुले २५ डिसेम्बरको दिनलाई प्रभुयेशूको जन्मोत्सवको दिन ‘बडादिन’ मानी भब्यतापूर्वक ख्रीष्टमस कार्यक्रम मनाउदै आएका छन ।

यसरी नै कुवेतको मालियास्थित नेशनल ईभान्जेलिकल नेपाली ख्रीष्टीयन चर्च कुवेतमा पनि करिब १५०० देखी २००० को हाराहारिमा कुवेतवासी ईशाई धर्मालम्बी ‘ख्रीष्टीयन’ तथा गैर ख्रीष्टीयन नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले २५ डिसेम्बर २०१० को दिन सामुहिक रुपमा निकै हर्सोल्लासकासाथ प्रभुयेशू ‘ख्रीष्ट’को पूजा-आर्चना गर्दै र भजन गाउँदै बडादिन ख्रीष्टमस भब्यताकासाथ मनाएका छन ।

नेपाली राजदूताबास कुवेतका राजदूत महामहिम श्री मधुवन प्रसाद पौडेल ‘दम्पती’ज्यूको प्रमुख आतिथ्यमा मनाईएको ख्रीष्टमस कार्यक्रमका अन्य अतिथिहरुमा NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ ‘दम्पती’, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष किरण पौड्याल ‘दम्पती’, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव एवं NRNA कुवेतका उपाध्यक्षकी धर्मपत्नी शिला गिरी र पत्रकारहरुमा राजन रिमाल, जय आले, सुजन के.सी लगायत कुवेतमा कृयासिल बिभिन्न संघ-संस्थाका प्रतिनिधि, बुद्धीजिबी एवं सामाजसेवीहरु हुनुहुन्थ्यो । 

नेपाल चर्चका नेपाली भाषी भजन मण्डलीहरुले प्रभुयेशूको प्रार्थना गरी शुरु गरिएको कार्यक्रममा नेपाली भाषाका निकै मिठा ख्रीष्ट भजन, गीत र नृत्यहरु प्रस्तुत गरेका थिए भनें नेपाली चर्च कुवेतका धर्मगुरु पाष्टर अगम बहादुर लिम्बुज्यूले इसाई धर्मालम्वीहरुको महान पर्व अर्थात प्रभुयेशूको जन्मदिनको र प्रभुयशूको महिमाको ’boutमा प्रकाश पार्नु भएको थियो ।

यसैगरी शुभकामना मन्तव्यको क्रममा महामहिम राजदूत श्री मधुवन पौडेलज्यूले ख्रिष्टियन धर्म एक-आपसमा मित्रभावको व्यबहार गर्ने र कसैले पाप गरेपश्चताप पनि आफ्नो गल्ती मनन गर्न मिल्ने धर्म भएकोले आजको परिवेशमा व्यापक नेपालीहरुले ख्रिष्टियन धर्ममा आस्था राखेको बताउनु भयो । त्यस्तै NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङज्यूले पनि प्रभुयेशूको जन्मदिनको अवसरमा सम्पूर्ण ख्रिष्टियन तथा गैर ख्रिष्टियन नेपालीहरुको हप्ताका सातै दिन (Sweetest-Sunday, Marvellous-Monday, Tasty-Tuesday, Wonderful-Wednesday, Friendly-Friday र Successful-Saturday) रहोस् भनी शुभकामना दिनु भयो भनें मन्तव्यकै क्रममा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष किरण पौड्यालज्यूले पनि सबैलाई ख्रिष्टमसको शुभकामना दिंदै बाईबल पढेर सुनाउनु भयो ।
 
प्रभुयशूको जन्मोत्सव कार्यक्रम पश्चात नेपाली चर्च कुवेतले ओपन बुफे प्रेम भोजको व्यवस्था गरेको थियो । जसमा चर्चका धर्मगुरु पाष्टर श्री अगम बहादुर लिम्बुज्यू आफै सरिक भई अतिथी एवं अन्य सहभागी नेपालीहरुको सत्कारपूर्वक स्वागत गर्दै भोजनपान गराउनु भएको थियो ।

ख्रिष्टमस पर्व २०१० कुवेतका प्रमुख झलकहरु:

One response to “कुवेतवासी नेपालीहरुले ख्रिष्टमस पर्व धुमधामका साथ मनाए

  1. sampadak ju
    kuwaitma mathmandir,gumba chhena bhaA TA mandir,gumbbama ni gaentyo ni..akhir God ta 1 ni ho so dhello bheni gaeyo..tara gaAko sal bhanda chae alli bhadhi ni thiyo…..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.