Daily Archives: 25/12/2010

माओवादीका दुई कार्ड खनाल र देउवा


गंगा बीसी/दुर्गा खनाल                     
 काठमाडौ, पुस १० – संसद्को आगामी अधिवेशनमा कांग्रेसका रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता नलिए एमालेले विपक्षमा उभिने निर्णय गरिसकेको छ । उनले उम्मेदवारी फिर्ता लिए वा नलिए पनि प्रधानमन्त्री चयनको नयाँ प्रक्रिया आरम्भ हुनेछ ।  त्यसपछि माओवादी भूमिका कस्तो होला त ? ‘त्यस्तो अवस्थामा खनाल वा देउवा जो सहज हुन्छन्, उनैलाई समर्थन गर्ने हाम्रो बुझाइ हो,’ माओवादी उच्च स्रोतले भन्यो । पढ्नेक्रम जारी राख्नुहोस्

पतिका नजरमा रेखा थापा


बोल्ड नायिका रेखा थापा न बोल्ड संवादसँग डराउँछिन्, न बोल्ड सिनसँग । उनी कुनै फिल्मको विज्ञापनमा रामनामीले शरीर ढाक्न तयार हुन्छिन्, आमहडतालमा माओवादी अध्यक्ष प्रचण्डसँग नाच्न तयार हुन्छिन्, कुनै टेलिभिजन सोमा अत्यन्त उत्ताउलो अन्तर्वार्ता दिन्छिन् । पतिका नजरमा यो ‘बोल्डनेस’ कति स्वीकार्य छ त ? रेखा थापाका पति छवि ओझाको आत्मस्वीकारोक्ति यस्तो छः पढ्नेक्रम जारी राख्नुहोस्