ब्रिटिस गोर्खा कपको उपाधी थ्रिस्टारलाई


कान्तिपुर संवाददाता,

काठमाडौ, पुस १० – शनिबार भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई पछाडी पार्दै थ्रिस्टार क्लबले ब्रिटिस गोर्खा कपको उपाधी हात पारेको छ। यो नेपाली फुटवलमा सर्वाधिक नगद रासी १० लाख रुपैयाँको पुरस्कार रहेको प्रतियोगिता हो ।

खचाखच दर्शकहरुले भरिएको दशरथ रङ्गशालामा थ्री स्टारले टाइब्रेकरमा मनाङ मर्स्याङ्दीलाई ३-१ ले पराजित गर्दै उपाधी हा पारेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा थ्रिस्टारका अनिल ओझा, विजय धिमाल, विकाससिंह क्षेत्रीले गोल गरे भने मनाङ मर्स्याङ्दीका समिन्द्र श्रेष्ठले मात्र गोल गर्न सकेका थिए ।

खेलको ५७ औं मिनेटमा गणेश खड्काको गोलबाट मनाङ मर्स्याङ्दीले पहिलो गोल दर्ता गराएको भएपनि थ्रिस्टारका बुद्ध चेम्जोङले खेलको ६४ औं मिनेटमा गोल फर्काएपछि बराबर भएको थियो ।

Posted By: Narayan Nepal                                                     Source : eKantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.