डिसेम्बर ३१ मा तमू समाज कुवेतले ल्होछार पर्व भब्यताका साथ मनाउने; सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई निम्तो


जय आले, कुवेत

आफ्नो परम्परा र प्रचलनको मर्यादा राखौं, संस्कार र संस्कृतिलाई समयानुकुल परिमार्जन गरौं, भाषा र परिवेशको सम्बर्द्वन गर्दै आधुनिकतातिर लम्कौं भन्ने मुल उद्देश्यका साथ २००९ को डिसेम्बरमा स्थापना भएको तमू समाज, कुवेतले आम कुवेतवासी नेपालीहरुलाई समेटी बाघ बर्ग (तो ल्हो) को बिदाई तथा बिरालो बर्ग (ह्यू ल्हो) को आगमनको स्वागत गर्दै कुवेत नगरीमा “दोस्रो तमू ल्होछार पर्व-२०१०” भव्यताका साथ मनाउन लागेको हो ।

तमू ल्होछार २०१० को तयारी अन्तिम चरणमा पुगिसकेको र यस वर्षको ल्होछार पर्व गतवर्ष भन्दा थप मनोरञ्जनात्मक र आकर्षक ढंगको हुने बताइको छ । कार्यक्रममा ल्होछार शुभकामना आदान प्रदान, तमू भेषभूषा प्रदर्शनी, तमू गीत तथा नृत्य तथा बिबिध मनोरन्जनात्मक कार्यक्रमहरु पनि समाबेश गरिएको कुरा तमू समाज कुवेतका सचिव राजु गुरुङज्यूले जानकारी दिनु भयो । कार्यक्रममा धार्मिक तथा पारम्परिक बिधी द्वारा बाघ बर्ग (तो ल्हो) को बिदाई तथा बिरालो बर्ग (ह्यू ल्हो) को स्वागत गरिने भएको छ। साथै तमू ल्होछार २०१० निम्न स्थान र समयमा आयोजना हुन गई रहेको जानकारी गराउँदै समस्त कुवेतवासी तमू तथा गैह्र तमू नेपालीहरुलाई “तमू ल्होछार पर्व-२०१०” मा उपस्थितीको हार्दिक निमन्त्रणा गरेको छ ।
 
मिति: ३१ डिसेम्बर २०१० (शुक्रवार)
स्थान: शाही तन्दुरी रेस्टुरेण्ट, अब्बासिया-कुवेत
समय: पुर्वान्ह ११.०० बजेदेखी

कार्यक्रम ’bout थप जानकारीको लागि संपर्क:
अमर गुरुङ-९००२६५८४, खोप गुरुङ-९७५०७०३९, बाल कुमार गुरुङ-९९६७७९१०, राजु गुरुङ-६७०७२९४४, नबिन गुरुङ-५५६४७६४४, सुरेश गुरुङ-६६९२८३३४, निपेस गुरुङ-९९३८७३४१, सानु गुरुङ-५५२८४५८७, सुष्मा गुरुङ-५५९५१८६३

तमू ल्होसार २०१० को कार्यक्रम स्थल जाने बाटो (Location Map):-

आयोजक समिति,
तमू समाज, कुवेत ।

One response to “डिसेम्बर ३१ मा तमू समाज कुवेतले ल्होछार पर्व भब्यताका साथ मनाउने; सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई निम्तो

  1. म कुबेत मा आएको ३बर्ष भयो तर मैले कुबेतकोसबैकुरा बुजेको नभएतापनि मधेरैकुरा बुजेको जस्तो मलाइ लायको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.