खाताको पैसा सुटुक्क काटियो, ‘गभर्नरकै पनि परेछ’


रामचन्द्र भट्ट, काठमाडौं, पुस १० – राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले केही वर्ष विदेश बसेर फर्कंदा आफ्नो बैंक खातामा व्याज बढ्नुको सट्टा उल्टो घटेको पाए। ‘बैंकले न्यूनतम ब्यालेन्स बढाउने निर्णय गरेछ, मलाई जानकारी भएन, फर्केर आउँदा खातामा ब्यालेन्स घटेको थियो,’ उनले भने। उनले बैंकको नाम भने सार्वजनिक गर्न चाहेनन्।
– हेटौंडाका कुमार चौलागाईंले पाँच वर्षअघि ‘क’ वर्गको एक बैंकमा राखेको ८ हजार रुपैयाँ एक वर्षअघि झिक्न खोज्दा खातामा एक पैसा बाँकी थिएन। ‘चार वर्ष विदेश बसेर आउँदा अरू पैसा राख्न भनेर गएको त खाता रित्तो भैसकेछ,’ उनले भने।
यस्ता उदाहरण कैयौं भेटिन्छन्। बैंकहरू उपभोक्तालाई जानकारी नै नदिई न्यूनतम ब्यालेन्स खुसुक्क बढाउँछन् र भनिएजति रकम खातामा नभए महिनैपिच्छे पैसा काट्दै जान्छन्। राष्ट्र बैंकले शुक्रबार जारी गरेको निर्देशनअनुसार अब बैंकहरूले यसरी मनलाग्दी खाताको पैसा काट्न पाउने छैनन्।
‘ग्राहकको खातामा न्यूनतम ब्यालेन्सभन्दा कम्ति भए पनि मौज्दात घटाउन पाइँदैन,’ राष्ट्र बैंकका निर्देशक वासुदेव अधिकारीले नागरिकसँग भने।
सबै वाणिज्य बैंक तथा वित्तीय संस्थाका नाममा जारी यो निर्देशनपछि तोकिएको न्यूनतम रकमभन्दा कम्ति मौज्दात बाँकी रहे पनि बैंकहरूले एक पैसा ‘चार्ज’ गर्न पाउने छैनन्।

Posted by: Shiva Paudel

Source: Nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.