Daily Archives: 25/12/2010

डिसेम्बर ३१ मा तमू समाज कुवेतले ल्होछार पर्व भब्यताका साथ मनाउने; सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई निम्तो


जय आले, कुवेत

आफ्नो परम्परा र प्रचलनको मर्यादा राखौं, संस्कार र संस्कृतिलाई समयानुकुल परिमार्जन गरौं, भाषा र परिवेशको सम्बर्द्वन गर्दै आधुनिकतातिर लम्कौं भन्ने मुल उद्देश्यका साथ २००९ को डिसेम्बरमा स्थापना भएको तमू समाज, कुवेतले आम कुवेतवासी नेपालीहरुलाई समेटी बाघ बर्ग (तो ल्हो) को बिदाई तथा बिरालो बर्ग (ह्यू ल्हो) को आगमनको स्वागत गर्दै कुवेत नगरीमा “दोस्रो तमू ल्होछार पर्व-२०१०” भव्यताका साथ मनाउन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

ब्रिटिस गोर्खा कपको उपाधी थ्रिस्टारलाई


कान्तिपुर संवाददाता,

काठमाडौ, पुस १० – शनिबार भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई पछाडी पार्दै थ्रिस्टार क्लबले ब्रिटिस गोर्खा कपको उपाधी हात पारेको छ। यो नेपाली फुटवलमा सर्वाधिक नगद रासी १० लाख रुपैयाँको पुरस्कार रहेको प्रतियोगिता हो ।

खचाखच दर्शकहरुले भरिएको दशरथ रङ्गशालामा थ्री स्टारले टाइब्रेकरमा मनाङ मर्स्याङ्दीलाई ३-१ ले पराजित गर्दै उपाधी हा पारेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मेरी क्रिसमस!!!


 



ईशाई धर्मावलम्बीहरुको महान पर्व ख्रीष्टमस (२५ डिसेम्बर) को अवसरमा सम्पूर्ण ईशाई धर्मावलम्बीहरुमा सु स्वास्थ्य, दिर्घायु एवं प्रगतीको मंगलमय शुभकामना ब्यक्त गर्दछौ। 
– माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब, काठमाडौं- कुवेत एवं कुवेत नेपाल डट कम परिवार

मुखको महिमा (ब्यङ्ग्यबन्ध)


प्रेम वली, कुवेत

यहाँ मुखको महिमाको कुरा गर्दा नाकको मुन्तिर खुत्रेको प्वाल अकारको भागलाई मुख भनिन्छ । यो नभएको मान्छे नपाईने हुँदा सबैलाई यसको ’boutमा थाह नै छ । भगवानले एउटा यहि अङ्ग दिएका रहेछन जसले धेरै काम गर्छ । आँखाको हेर्ने मात्र काम छ । नाकको सुँघ्ने काम मात्र छ । तर मुखको काम खाने, बोल्ने, हाँस्ने, काँस्ने, हकार्ने, डकार्ने, खकार्ने, टोक्ने देखी रिस पोख्ने सम्म काम गर्छ । धन्य छ मुखलाई यती धेरै काम गरेकोमा । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायतस्थित नेपाली दूतावासका कर्मचारीमाथि श्रम शोषण


नवीन पोखरेल                     
 लण्डनस्थित नेपाली दूतावास ।  लन्डन, पुस १० – सन् १९३४ मा विदेशमा स्थापित पहिलो कुटनीतिक नियोग । त्यो माथि लन्डनको मुटु केन्जिङ्टन प्यालेस् गार्डेनको क्राउन प्रोपर्टीमा अवस्थित सानदार भवन । झट्ट हेर्दा जनमानसलाई लाग्न सक्छ, नेपाली राजदूतावासका कर्मचारीको त दिनचर्या नै बेग्लै हुँदो हो । तिनले अभाव चिनेका छैनन् होला । इज्जत र सम्मानको जिन्दगी बाँच्दा हुन् उनीहरु । पढ्नेक्रम जारी राख्नुहोस्

खाताको पैसा सुटुक्क काटियो, ‘गभर्नरकै पनि परेछ’


रामचन्द्र भट्ट, काठमाडौं, पुस १० – राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले केही वर्ष विदेश बसेर फर्कंदा आफ्नो बैंक खातामा व्याज बढ्नुको सट्टा उल्टो घटेको पाए। ‘बैंकले न्यूनतम ब्यालेन्स बढाउने निर्णय गरेछ, मलाई जानकारी भएन, फर्केर आउँदा खातामा ब्यालेन्स घटेको थियो,’ उनले भने। उनले बैंकको नाम भने सार्वजनिक गर्न चाहेनन्। पढ्नेक्रम जारी राख्नुहोस्