Daily Archives: 24/12/2010

पहिलो नजरमा पुरुषको के हेर्छन् युवतीहरू ?


कृष्ण भट्टराई

 

सुन्दर वस्तु सबैलाई मन पर्छ । आँखाले प्रायः सुन्दर वस्तु नै खोज्छन् । गायिका आनी छोइङ डोल्माको लोकप्रिय गीत ‘फूलको आँखामा फूलै संसार…’ ले  पनि दृष्टिकै वर्णन गर्छ । हेर्ने दृष्टिकोण फरक हुनसक्छ, तर हेर्नुपर्ने वस्तु एउटै भयो भने मानिसको पहिलो नजर केमा पर्ला ? आधुनिक समाजका ने पाली महिलाहरूको आँखामा के होला ? विवाहित तथा अविवाहित महिलाहरू पुरुषमा सबैभन्दा पहिले के हेर्न चाहन्छन् ? साप्ताहिकले करिब दुई दर्जन  सेलिब्रेटी तथा केही छात्रामाझ पुरुषको कुन कुरा सबैभन्दा बढी हेर्छन् भनेर एउटा संक्षिप्त सर्वेक्षण गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

एमआरपी बनाउँदा ट्राफिक जाम


काठमाडौ, पुस ९ -माओवादी अध्यक्ष पुष्पकमल दाहाल अचेल नयाँबजारस्थित निवास आउँदा-जाँदा नारायणहिटी अगाडिको सीधा र ठूलो बाटो प्रयोग गर्दैनन् । चालकले उनलाई अमृत साइन्स क्याम्पसतिरका भित्री गल्ली-गल्ली छिराउँदै पार गराउँछन् । कुनै समयको राजदरबार भनेर उनी यसरी तर्किएका होइनन् । त्यहाँभित्र रहेको परराष्ट्र मन्त्रालयमा राहदानी फारम बुझाउन लाग्ने लामले सडक अवरुद्ध गराएकाले उनले अर्कै बाटो समात्नु परेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

जीप दुर्घटनामा ५ को मृत्यु, ३ घाइते


पाल्पा, पुस ९ -सिद्धार्थ राजमार्गको वुटवल-तानसेन सडक खण्डमा शुक्रवार विहान भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । गुल्मीको तुराङ्गबाट वुटवल हिडेको जीप विहान ४ बजे मस्याम गाविसको केरावारीमा दुर्घटना हुंदा ३ जना घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्