माओवादीले अनिमनको म्याद थप्न औपचारिक प्रस्ताव गर्ने


 काठमाडौ, पुस ८ – माओवादीको पदाधिकारी बैठकले राष्ट्रसंघीय मिसन (अनिमन) को म्याद थप्नका लागि तीन दलको शीर्ष बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।त्यसैगरी बिशेष अधिवेशनमा आफुले राखेका प्रस्तावहरुबाट पछि नहट्ने पनि निर्णय गरेको छ ।

मंगलबार र बुधबार माओवादी, काँग्रेस र एमालेबीच भएको बिभिन्न चरणमा भएको दुई पक्षीय बैठकहरु सहमतिमा पुग्न नसकेपछि बिहीबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकले अनिमनको म्याद थप्ने प्रस्ताव लैजान लागेको हो । काँग्रेस र एमालेले नेपाली सेनालाई अनुगमनबाट बाहिर राखेर म्याद थप्न सकिने बताएपनि सरकार भने मानिरहेको छैन । बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यस सम्बन्धमा दलहरुबीचको छलफल सकरात्मक रहेको दावी गरे ।

बिहीबार संस‌दको अधिवेशन बस्नु अघि हुने तीन दलीय शीर्ष नेताहरुको बैठकमा माओवादीले उक्त प्रस्ताव राख्ने छ । तर, प्रस्तावमा सहमति हुने कुरामा भने विश्वास गर्न सकिने अबस्था छैन ।

पुस मसान्तमा अनिमनको म्याद सिकंदैछ । यसअघि चार महिना म्याद थप्ने बेलामा राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तिम पटक भनेर थपेकाले अनमिन फर्कने तयारीमा रहेको छ ।

त्यसैगरी माओवादी पदाधिकारी बैठकले नयाँ प्रकृयाबाट प्रधानमन्त्रीको चयन प्रकृया सुरु गर्नुपर्ने र संसदको नियमावली संशोधनको प्रस्तावबाट पछि नहट्ने पनि निर्णय गरेको छ । यसअघि काँग्रेस, एमालेसहितका सत्तारुढ दलहरुले माओवादीसंग प्रस्ताव फिर्ता गर्न आग्रह गर्दै नत्र विफल बनाउने बताइसकेका छन् । 

Posted by: Shiva Paudel

source: Kantipuronline

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.