माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवद्वारा खैतान स्पोर्टिङ्ग क्लव कुवेतलाई मायाको चिनो प्रदान


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको ११औं वार्षिकोत्वसको अवसरमा आयोजना गरिएको अन्तर नेपाली भलिवल प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनुमा एअर कण्डिसनयुक्त कभर्ट हल उपलब्ध लगायत अन्य सहयोग पुर्‍याउने खैतान स्पोर्टिङ्ग क्लव कुवेत कार्यसमितिको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले उच्च प्रशंसा गर्दै कर्मठ नेपालीहरुको शिरलाई संसारको सामु उच्च राख्न सफल माउण्ट एभरेष्ट ‘सगरमाथा’को फोटो मायाको चिनो उपहार स्वरुप हस्तान्तरण गरेको छ ।

क्लवका उपाध्यक्ष धर्मराज गिरी र सदस्य बम बहादुर बिष्ट लगायतको उपस्थितिमा क्लवका वरिष्ट सल्लाहाकर एवं भुतपुर्व अध्यक्ष बालकुमार गुरुङ्गज्यूले खैतान स्पोर्टिङ्ग क्लव कुवेतका एड्मिन मेनेजर श्री जमाल हामादलाई खैतान क्लवबाट भएको सहयोगको प्रशंसा गर्दै उक्त उपहार २१ डिसेम्बर २०१० को दिन हस्तान्तरण गर्नु भएको हो । श्री गुरुङ्गले उक्त अवसरमा कुवेत नगरीमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव या अन्य नेपाली सँघ-संस्थाहरुबाट आयोजना हुने खेलकुदहरुमा खैतान क्लवबाट निरन्तर रुपमा सहयोगको अपेक्षा समेत राख्नु भएको थियो । जसमा श्री जमाल हामादज्यूले यो मायाको चिनो आफु र आफ्नो संस्थाको लागि निकै बहुमुल्य रहेको र नेपाली सँघ-संस्थाहरुबाट आगामी दिनहरुमा आयोजना हुने खेलकुदहरुमा आफ्नो हमेशा सहयोग रहने बताउनु भएको क्लवका उपाध्यक्ष धर्मराज गिरीले जानकारी गराउनु भएको छ ।   

कभर्ट हलमा सम्पन्न भलिवल प्रतियोगितामा नेपाली राजदूतावास कुवेतका राजदूत श्री मधुवन प्रसाद पौडेलज्यू, दूतावास कर्मचारी श्री भुवन पौडेलज्यू, NRNA कुवेतका अध्यक्ष एवं क्लवका वरिष्ट सल्लाहाकार श्री राजेन्द्र तामाङ्गज्यू लगायत कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाहरुले सहभागीता जनाई प्रतियोगिता सफल पार्नुमा योगदान दिनु भएको भनी बरिष्ट सल्लाहाकर श्री गुरुङ्गले खैतान स्पोर्टिङ्ग क्लवलाई जानकारी समेत गराउँदै सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

Advertisements

One response to “माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवद्वारा खैतान स्पोर्टिङ्ग क्लव कुवेतलाई मायाको चिनो प्रदान

  1. thanks to kuwaitnepal.ccom laai

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.