अझै रुवेलका विषयमा बोलेर तल पर्न चाहन्नः सुजाता


 काठमाडौं, पुस ८ – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले ज्वाइँ रुवेल चौधरीका विषयमा अरु बढी बोलेर आफू तल पर्न नचाहेको बताएकी छन् । ‘मैले जति बौल्नुपर्ने बोलिसकेँ अझै यस विषयमा बढी बोलेर तल पर्न चाहन्नँ,’ उनले भनिन् । राजधानीमा बिहीबार बिहान आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसित कुरा गर्दै उनले रुवेल–पारस प्रकरणलाई बढी नउचाल्न आग्रह गरिन् । उपप्रधानमन्त्री कोइरालाले रुवेल–पारस प्रकरणले आफ्नो बदनामी भएको बताइन् । ‘म उदार राजनीतिक गर्ने व्यक्ति हुँ,’ उनले थपिन्, ‘यो कुराले मेरो पनि बदनामी भएको छ ।’

कोइरालाले रुवेल–पारस प्रकरण’bout छानबिन गरी दोषि पाइए जो सुकैलाई पनि कारबाही हुनुपर्नेमा जोड दिइन् । ‘यदि रुवेल पनि दोषि भए कारबाही गर्नुपर्छ,’ आफ्ना ज्वाइँलाई कारबाही हुनसक्छ भन्ने जिज्ञासामा उनको जवाफ थियो ।

उपप्रधानमन्त्री कोइरालाले ज्वाइँ रुवेल चौधरी आफ्नो छोराजस्तै भएको दोहो¥यान् । ‘उहाँ मेरो ज्वाइँ भए पनि छोराजस्तै हुनुहुन्छ, मसँगै बस्नुहुन्छ,’ उनले भनिन् । तपाइँको छोरा जस्तै भएकाले दोषि पाइए पनि रुवेलमाथि कारबाही हुँदैन होला नि भन्ने सञ्चारकर्मीको जिज्ञासाको उनले जवाफ दिइनन् ।

कांग्रेसले माओवादी आह्वान सुरु भएको विशेष अधिवेशन विफल बनाउन कसरत गरिरहेकाबेला कोइरालाले भने अधिवेशन जुनसुकै हालतमा पनि सफल बनाउनुपर्नेमा जोड दिइन् । ‘अस्थिर राजनीति अन्त्य र विकाशका लागि पनि विशेष अधिवेशन सफल सफल हुनुपर्छ,’ उनले जोड दिइन् ।

Posted by: Shiva Paudel

Source: Kantipuronline

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.