स्कूल जान उमेरले छेकेन


डिल्लीराम खतिवडा

मोहनपुर (उदयपुर), पुस ५ – ‘जाँगर काम गर्नमात्र होइन, पढ्न पनि उमेरले छेक्दो रहेनछ,’ त्रियुगा नगरपालिका-१२ चकलघाट कि ३२ वर्षिया रत्नकुमारी पोखरेल किताब कापी च्यापेर दैनिक विद्यालय धाउन थालेपछि गाउँमा गाइँगुँइ यस्तै चर्चा हुन्छ । बाल्यकालमा आमाले र बिहे भएपछि श्रीमानले पढ्ने इच्छा पुरा नगरेपछि रत्नकुमारी यसबेला पढ्न विद्यालय धाइरहेकी हुन् । ‘माइतमा आमाले, बिहे भएपछि पतिलेपनि पढ्ने इच्छा पुरा गरिदिएन्,’ उनले भनिन् । त्यसमा पनि श्रीमानको मृत्यु भएपछि ‘नपढी केही हुने रहेनछ’ भन्ने लागेपछि स्कूल जान थालेको उनले बताइन् । पति दुर्गाप्रसादको दुई बर्षअघि मृत्यु भएको हो ।

पोखरेल उदयपुर सिमेन्ट उद्योगमा सुरक्षार्गाड थिए । रत्नकुमारी अहिले स्थानीय चुरीया निमाविमा कक्षा ६ मा अध्ययन गर्दैछिन् । जेठी छोरी चम्पा चुहाडे उच्चमाविमामा कक्षा १० पढ्छिन् । माइली छोरी जल्पा र छोरो मिलन दुवैजना चुरिया निमाविमै कक्षा ५ र कान्छी छोरी अम्बिका २ कक्षामा पढ्दै छन् ।

चार बर्षको उमेर हँुदैदेखि धेरै पढ्ने इच्छा भएको, तर आमाले नदिएको रत्नाकुमारीले वताइन् । ‘बुवाले पढ्न जान दिएपनि आमाले कहिल्यै पढ्न जान दिनुभएन,’ उनले भनिन् ‘पतिको मृत्यु पछि योग्यता नभएकै कारणले उहाँको जस्तो जागिर पनि पाउन सकिँन ।’

रत्नकुमारी आफ्नो कक्षाको जेहन्दार विद्यार्थी भएको प्रथम विद्यार्थी सुजना दनुवारले वताइन् । उलने भनिन ‘नजानेको कुरा यो केहो साथी भनेर सोध्नुहुन्छ,’ उनले भनिन्, ‘हामीले जानेको सवैले सिकाई दिन्छौ ।’ अहिले उनी धेरै राम्रोसंग पढन थालेको उनले वताइन् । ‘रत्नकुमारीको पढाई राम्रो छ,’ विद्यालयका प्रधानध्यापक रगबहादुर थापाले वताए ।

प्रकाशित मिति: २०६७ पुस ७ ०९:००

posted by:dambar prasad rimal                   source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.