एजेन्सी । हामी आफ्नो अद्योवस्त्र (भित्री कपडा)हरुका लागि जसरी रङ्ग छनोट गर्दछौ त्यसबाट हाम्रो व्यक्तित्वको आभाष हुन सक्दछ । अद्योवस्त्रको रङ्गले तपाई कस्तो प्रकारको व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा प्रदर्शन गर्दछ । तपाईको स्वभाव कस्तो छ र तपाई के मन पराउनु हुन्छ जस्ता कुरा अद्योवस्त्रबाट अनुमान लगाउन सकिन्छ । यति मात्र होइन अद्योवस्त्रको रङ्गले तपाई कुन प्रकारको प्रेमी हुनुहुन्छ भन्ने कुराको रहस्य समेत खोल्दछ ।
विख्यात मनोबैज्ञानिक डांना डाउसनले आफ्नो शोध रिपोर्टमा अद्योवस्त्रको रङ्ग र व्यक्ति, रुचीहरु र त्यसमा असर विषयक जानकारी दिएका छन् ।
रातो रङ्ग: यदि तपाई रातो रङ्गको ब्रा लगाउन मन पराउनु हुन्छ भने यसबाट यो कुरा स्पष्ट हुन्छ कि तपाई निकै कम लजालु हुनुहुन्छ । यस्ता मानिस उत्साही हुन्छन् र नेतृत्व गर्ने क्षमता राख्दछन् ।
गुलावी रङ्ग: यदि तपाई गुलावी रङ्गको अद्योवस्त्र लगाउनु हुन्छ भने यसको अर्थ हो कि तपाई नेतृत्व गर्न हडबडाउनु हुन्छ र तपाई आफ्नो साथीले नै सबै निर्णय लेओस् भन्ने चाहनु हुन्छ । यसप्रकारको रङ्गको अद्योवस्त्र लगाउने महिलाहरु रोमान्टिक हुन्छन् । उनीहरुमा मातृत्वको भावना पनि निकै प्रवल र बढी हुने गर्दछ ।
सेतो रङ्ग: सेतो रङ्गको अद्योवस्त्र लगाउने व्यक्ति सबै जिज्ञासु र केही जान्न चाहने स्वभावको हुने गर्दछन् ।
कालो रङ्ग: कालो रङ्गको अद्योवस्त्र लगाउने महिलाहरु एकांकी हुन्छन् र मानसिक रुपले निकै सक्षम पनि । यस्ता महिलाहरु अति उत्साही हुन्छन् ।
Posted by: Jay Ale
wow interesting yaar