जुरेन अझै लगन नेपाली कलाकारहरूको(फोटो फिचरसहित)


‘मोस्ट ब्याचलर’ नेपाली कलाकारलाई बिहेको ’boutमा प्रश्न तेस्र्याउने हो भने प्रायले एउटै जवाफ दिन्छन्, लगन जुरेपछि बिहे भइहाल्छ नि ! अझ वैशाख महिनातिर सोधे केहीले त मङ्सिर महिना काटिन्न होला पनि भन्न भ्याउँछन् । नेपाली चलचित्र क्षेत्रमा बिहे गर्ने उमेर पुगेका थुप्रै कलाकार छन् । कसैले समय नपाएर बिहे गरेका छैनन् त कसैले उपयुक्त जोडी नपाएर बिहे गरेका छैनन् ।

यो वर्षको मङ्सिर महिनाले टाटा बाइबाई गरिसकेको छ तर केही चर्चित ब्याचलरहरूले बिहेको कुनै सुरसार गरेको देखिएन । त्यसो त माघ र फागुन महिना चोखै बाँकी छन् तर उनीहरूको चाला हेर्दा उनीहरू यस वर्ष पनि अविवाहित हुने छाँट देखिएको छ । कलिउडमा महानायकको पगडी गुथेका र उमेरले पचासको हाराहारीमा पुगेका राजेश हमालका दौतरीहरूको छोराछोरीको पनि बिहे गर्ने बेला भइसकेको छ तर उनलाई कुनै हतार छैन रे । फुर्सद नपाएर बिहे गर्न नपाएको बताउँदै आएका राजेशलाई पत्रकारले धेरै सोधेको प्रश्न पनि हो यो, बिहे कहिले गर्ने ? सायद यसको उत्तर उनीसँग पनि छैन । उनको नाम बेलाबेलामा युवतीहरूसँग नजोडिने होइन तर बिहेका लागि भने उनले अझै उपयुक्त उम्मेदवार फेला पार्न सकेका छैनन् । मङ्सिर गयो माघ, फागुनसम्म कोही भेटिएला कि ?

त्यसो त अर्का अविवाहित नायक श्रीकृष्णले पनि मङ्सिर कटाइहाले । कहाँ भेटिएलाकी श्वेता खड्कासँग बिहे गर्लान् भनेको त उल्टो झगडा पो पर्‍यो रे । झगडा परालको आगो कि ग्यासको भट्टी त्यो त समयले नै बताउला तर झण्डै चालीस पुग्न लागेका श्रीकृष्ण तत्काल एक्ला हुने चाहिँ पक्का छ । उमेर बताउन नचाहने श्रीकृष्ण भने साइत नजुरेर बिहे नभएको बताउँछन् । बिहेका लागि घरमा ठूलो ‘प्रेसर’ पनि छ उनलाई तर वधु नै फेला नपारेपछि कसको पो के लाग्छ र ? यो वर्ष पनि उनी व्याचलर नै हुने हुन् कि ? पोइल जान कस्सिएकी गायिका कोमल वलीका भाइले पनि बिहे गरिसके तर भाइले अझै भिनाजु पाउन सकेका छैनन् । आफूभन्दा कान्छा युवाले बिहेको प्रस्ताव राखेपछि उनी निकै द्विविधामा छन् । बिहे नगर्ने भनेको होइन तर मनले खाएको पनि त हुनुपर्‍यो कोमल भन्छिन् । केही महिना पहिले उनले मङ्सिर नकट्ला कि भनेकी थिइन् तर पुस सुरु भइसक्यो, उनको लगनको कुनै छनक छैन ।

नायिका दीपा श्रीले पनि मङ्सिर कटाइन् तर भनेको जस्तो वर खोजिनन् । बिहे नै नगर्ने होइन तर मनले खाएको हुनुपर्ने उनको चाहना छ । अर्की नायिका उषा पौडेलले पनि उपयुक्त वर नपाएर बिहे नगरेकी हुन् रे । उनले ३० त काटिसकिन् तर समस्या उही वरको हो । के थाहा सिनामङ्लस्थित नयाँ घरमा सरेपछि उनको साइत जुर्ला कि ? रोनाधोना गर्लको उपमा पाएकी निरुता सिंहको बिहे गर्ने उमेर उहिल्यै पुगेका हो तर उनी आफ्नै काममा व्यस्त छन् । नायिका रेजिना उप्रेतिलाई पनि बिहे गर्ने हतार छैन । क्यारियर बिगारेर हतारमा बिहे नगर्नेमध्येमा पर्छिन् रेजिना । प्रेमिको कमी नभएकाले पनि उनले बिहेको हतार नगरेको हुनसक्छ । पछिल्लो समयमा देखिएका कलाकारहरू नन्दिता केसी, युना उप्रेती, राजबल्लभ कोइराला, जीवन लुँइटेलहरू त भरखरै क्यारियर बनाउँदैछन् तर उमेर पुगिसकेकाहरू चाहिँ किन लगन कटाउँदैछन् त्यो उनीहरूलाई नै थाहा होला । नेपाली चलचित्र क्षेत्रमै केही कलाकारले छानी छानी बिहे गरिरहेको बेलामा यस्ता कलाकारहरूले उनीहरूसँग किन पाठ नसिकेका होलान् ।

Posted by: Jay Ale                             Source: Onlinekhabar

Advertisements

One response to “जुरेन अझै लगन नेपाली कलाकारहरूको(फोटो फिचरसहित)

  1. sampadak jyu ko choice ramro but what to do nepali kalakar haru le yeuta sita gare po ??

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.