जनवरी १४ मा कालीगण्डकी बचत समुहले भलिवल प्रतियोगिता राख्ने


जय आले, कुवेत

कुवेत नगरीमा बिगत एक वर्ष पहिल्यै संगठित भई “सानो बचत ठुलो सृजना” भन्ने मुल उद्देश्यकासाथ कृयाशिल रहेको कालीगण्डकी बचत समुह कुवेत-नेपाल सामाजिक क्षेत्रमा मात्र नभई खेलकुदमा पनि त्यतीनै सकृय रहेको देखिएको छ । संस्थाको संगठन पश्चात बारम्बार भलिबल प्रतियोगिता जस्ता खेलकुद कार्यक्रमहरुको आयोजना गरी खेलप्रेमी कुवेतवासी नेपालीहरुलाई खेलकुदमा आकर्षण गराई सकेको यस समुह हालै मात्र माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको ११औं वार्षिकोत्सवको अवसरमा राखिएको अन्तर नेपाली भलिवल प्रतियोगितामा सहभागी ११ टिमहरुलाई हराउँदै बिजेताको उपाधी समेत हाँसिल गरिसकेको छ ।

यस बचत समुहले संस्थाबाट हुने आफ्नो सानो आम्दानीलाई बचत गरेर भविष्यमा नेपालका कलाकारखाना या अन्य सामाजिक क्षेत्रहरुमा लगानी गरी नेपालका शहरी तथा ग्रामीण क्षेत्रहरुको केही हदसम्म भएपनी बिकासमा टेवा पुर्‍याई बेरोजगार नेपाली जनताहरुलाई रोजगार दिलाउने प्रतिबद्दता जाहेर गर्दै आईरहेको छ ।

आगामी जनवरी २०११ को १४ तारिख यस समुहको प्रथम वार्षिकोत्सव परेको र सो अवसरमा अन्तर नेपाली भलिवल प्रतियोगिताको आयोजना गरी कुवेतवासी नेपालीहरुबीच आफ्नो वार्षिकोत्सव मनाउने संस्थाका अध्यक्ष आशिष कुँवरले जानकारी गराउनु भएको छ ।

कालीगण्डकी बचत समुह कुवेत-नेपालले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा अन्तर नेपाली भलिवल प्रतियोगिताको आयोजना गर्ने जानकारी गराउँदै, समस्त कुवेतवासी नेपालीहरुलाई उक्त प्रतियोगितामा सहभागीताको लागि गरेको सूचनारुपी निमन्त्रणापत्र तल:

सूचना !! सूचना !! सूचना !!

आदरणीय कुवैताबासी सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु;

गत एक बर्ष देखि यस कालिगण्डकी बचत समूह कुवेत नगरीमा कृयाशील रहेको कुरा त यहाँहरु सबैलाई अवगत नै छ । यसै क्रममा यहि आउँदो जनवरी चौध तारिकको दिन यस समुहले पहिलो बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गर्ने हुँदा उक्त अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरि बार्षिक उत्सब मनाउने निर्णय गरेको जानकारी यसै सूचनाबाट सुचित गरिन्छ ।

प्रतियोगिता सम्बन्धि नियम र जानकारीहरु:

१) प्रतियोगिता जनवरी १४ तारिक बिहान ०७ बजे बाट शुरु हुने छ ।

२) टिम दर्ता गर्ने अन्तिम मिति जनवरी ७ तारिक साँझ ५ बजे सम्म रहने छ ।

३) टिम दर्ता फोन अथवा इमेल मार्फत गर्न सकिने छ ।

४) गोलाप्रथा वा टाईसीट जनवरी ७ तारिककै दिन साँझ ५ बजे पश्चात गरिने छ ।

५) प्रतियोगितामा समाबेश हुनको लागि शुल्क कुवेती दिनार १५ लाग्ने छ ।

६) खेल टीटी काउन्ट बाट नकाउट तरिकाको आधारमा खेलाइने छ ।

७) खेल अवधिभरी खेलाडीहरुले रेफ्रीको नियम र निर्णयलाइ स्वीकार गर्नु पर्नेछ ।

८) प्रत्येक टिममा नौ जना खेलाडीको नाम समाबेश हुनु पर्नेछ ।

९) प्रतेक टिमबाट पाँच जना साथीहरु स्वयं सेवकको रुपमा खटाउनु पर्नेछ र स्वयं सेवक साथीहरुको नाम खेलाडी साथीहरुको नाम दर्ता गराउने समयमा दिनु पर्नेछ ।

१०) प्रत्येक टिमको टिम क्याप्टेन वा टिम मेनेजरको सिभिल आइडीको कपि र एक प्रति फोटो गोला प्रथाको समयमा अनिबार्य रुपमा बुझाउनु पर्नेछ ।

११) कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी प्रतियोगिताको नियम बिपरित कार्य गर्न गएको खण्डमा आयोजक उसलाई कुवेतको सुरक्षा निकायको जिम्मा लगाई कानुन बमोजिमको कार्वाही गर्न वाध्य हुनेछ ।

१२) खेल मैदानमा प्रवेश गर्नु भन्दा अगाडी टिम क्याप्टेनले कुनै प्रकारको अशान्ति र नियम बिपरित जाने छैन भनेर लेखेको मन्जुरी पत्रमा सहिछाप गरेपछी मात्र खेल मैदानमा प्रवेश गराइने छ । जुन पत्र अरबिक र अङ्ग्रेजी दुवै भाषामा लेखेएको हुनेछ ।

१३) बिगतमा हुने गरेका प्रतियोगिताहरुको होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधीहरुलाई मध्येनजर गर्दै यसपालिको प्रतियोगितामा कडा सुरक्षाको व्यवस्था भएकोले सम्पूर्ण टिमका टिम क्याप्टेनलाइ आफ्नो खेलाडी र सपोर्टरलाई अनुशाशित र मर्यादामा राखिदिनु हुन पनि अनुरोध गरिन्छ ।

१४) प्रतियोगितामा प्रथम हुने टिमलाई  खसी, कप, प्रमाणपत्र र द्दित्तीय र त्रितिय हुने टिमलाई खसी र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

१५) प्रतियोगिता भरिकै उत्कृष्ट अनि अनुशाशित खेलाडीलाई म्यान अफ द म्याचको उपाधि दिईने छ ।

१६) प्रतियोगिता भरिकै उत्कृष्ट र अनुशाशित टिमलाई बेस्ट टिमको उपाधि दिईने छ ।

आदरणीय कुवेतबासी दाजुभाई तथा दिदीबहिनीहरु, हामी सधैं तपाईहरुको अमुल्य सुझाब सल्लाहको प्रतिक्षामा हुनेछौ र यस प्रतियोगितामा कोहि संघ-संस्था वा व्यक्तिगत तर्फबाट सल्लाह, सुझाब अनि आर्थिक सहयोग अथवा कसैले सह-प्रायोजक गर्न इच्छुक हुनुहुन्छ भनें यहाँको महान भावनालाई हामी कदर गर्दै सहर्ष स्वीकार गर्नेछौ साथै “सानो बचत ठुलो सिर्जना” भन्ने मूल नारा सहित अगाडी बढिरहेको यो संस्थामा केहि कार्यकारिणि सदस्यको पद खाली भएको हुँदा इक्छुक महानुभावले सम्पर्क गरि सदस्यता लिन सक्नु हुनेछ भन्ने जानकारी समेत यसै सूचना मार्फत सुचित गराउँदछौं ।

हाम्रो सम्पर्क: हुमनाथ पाटा मगर – ६६४९२७१७, आशिष कुँवर – ६५९९९११२, ६६२३८४५०

ईमेल: kaligandaki.samuha@rocketmail.com, patahumnath@yahoo.com

आयोजक समिति,

कालिगण्डकी बचत समूह, कुवेत-नेपाल ।

6 responses to “जनवरी १४ मा कालीगण्डकी बचत समुहले भलिवल प्रतियोगिता राख्ने

  1. आसिस जि तपाईंहरुले एक्दमै राम्रो काम गर्नु भएको छ। तर हजुरले अस्ती भरखरै को खेल देख्नु भएको होल त्यस्तो टिमलाई भाग लिन दिने नदिने त्यो हजुरहरुको विचारमा भरपर्ने कुरा हो तर हजुर हरुको यसपालिको खेलमा सबै टिम का खेलाडी हरुको अनिवर्य रुपमा पासपोर्ट कपी र सिभिल आइडि भएको ब्यक्ती लाई मात्र समाबेश गरेको खन्डमा उछ्रिंकल र गेममा अनुसान हिन देखाउने खेलाडी हरुलाई यदी आयोजक ले चाएको खन्डमा कार्वाइ गर्न आयोजकलाई सजिलो हुनको साथ साथै त्यस्था खेलाडी श्यम नियम परीधी भित्र रहेर खेल्ने छन। भन्ने मेरो बिचार र हजुरहरुलाई सुझाब हो। र कसैले पनि म डन हुँ भनेर खेल मैदानमा भलिबल खेल्न नआये हुन्छ। हामीलाई यदी त्यस्ता डनहरुबाट Request आएको खन्डमा हामी यस कुवेत नगरिमा डन हरुको पनि कुस्ती गेम पनि राखने छौ। त्यसैले डन हरु भलिबल मा हैन कुस्तिको लादी पावर जमाएर राखन हुन अनुरोध गर्दछु।

    धर्म राज गिरी
    ६६०६८९२५

  2. धर्म सर नमस्कार,
    अनि हृदय देखि नै आभार ब्यक्त गर्दछौ अमुल्य सुझाब र सल्लाह दिनु भएकोमा, बास्तबमा आज यो कालिगण्डकी समुहले जुन एक बर्ष पार गर्न सफल भएको छ यो सबै हजुर हरु जस्ता बुद्दिजिबीहरुको अमुल्य सहयोग र सुझावले गर्दा भएको हो हामी आशागर्छौ आउने दिनहरुमा पनि यसरीनै हजुरहरुको सुझाब सल्लाह पाउनेछौ, धन्यवाद!

  3. Dear ashis ji
    good news from your side and i think it will be the first event of the new year among nepali socaity in kuwait.wish you all the best and just be carefull about any missleading result in event can be happen.hope all will be fine there.

  4. all the best kali gandaki samuha

  5. ladaku harulai pani 1 algai kisimko game rakhera puruskarko bebastha garna parne jasto malai lageko chha.yedi milchha bhane tyo game ko pani bebastha garam ani kasle jitchha kasle harchha jitnelai kuwaitko police ghar jhagadako bato khojdai hidne lai pani khor ko bebastha garna paryo.

  6. kali gandaki samuhko mahan soch bichar sunda khusi lagyo tashartha pani pargatiko shubh kamna nagari rahana sakina.ra yastai yastai
    samaj sewako bhawana sada jagi rahos.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.