उत्तर, दक्षिण सडकले दुई वर्षमा चीन सीमा जोड्ने


योगेन्द्र योगी, मलेसिया

संखुवासभा, पुस ७ । चीनको सीमावर्ती किमाथांका जोड्ने उत्तर, दक्षिण (कोशी) सडक २ वर्षमा पूरा हुने भएको छ ।  तेह्रथुमको बसन्तपुरदेखि १ सय ८ किलोमिटर उत्तर संखुवासभा सडकको कच्ची डोबले जोडेपछि २ वर्षभित्र सडक किमाथांकासम्म पुर्‍याइने भौतिक योजना तथा निर्माण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव पूर्ण कडरिया देशमा निर्माणाधीन सडकमध्ये सबैभन्दा द्रुतगतिमा किमाथांका जोड्ने सडक निर्माण भइरहेको बताए । सचिव कडरियाले भने, ‘अबको २ वर्षमा किमाथांका सडक जोडेरै छोडिनेछ ।’ गत वर्ष ३ करोड ८८ लाख रुपैयाँ खर्च गर्दै सडक निर्माण थालिएको हो । सडक डिभिजनले यो वर्ष पाथिभराको सीमा सम्मासम्म थप ३३ किलोमिटर सडक निर्माण गरिने जनाएको छ । यसका लागि ठेक्का लागिसकेको छ । 

तेह्रथुमको बसन्तपुरदेखि चैनपुरसम्म कालोपत्रे भइसकेको सडकको खाँदबारीदेखि नुमसम्म ५२ किलोमिटरको स्तरवृद्धि र खाँदबारीदेखि किमाथांकासम्म डिटेल सर्भे र सडक निर्माण काम सुरु गरिएको आयोजना प्रमुख जीतेन्द्रराज शाक्यले बताए । प्रमुख शाक्यका अनुसार यो वर्ष मत्स्येपोखरीदेखि पाथिभरा खण्डमा नयाँ ट्रयाक खोलिनेछ । तुम्लिङटारदेखि खाँदबारी १३ किलोमिटरको स्तरवृद्धि गर्ने र पाथिभरादेखि हटियासम्म डिटेल सर्भेको योजना छ । यो योजनाअनुरुप काम थालिएको उत्तर- दक्षिण सडकका इन्जिनियर महोमद गनी बताउछन् ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.