Daily Archives: 22/12/2010

मेशिन रिडेबल राहदानी’bout नेपाली राजदूतावास कुवेतको अत्यन्त जरुरी सूचना !!


पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

ठुलो शहरमा मान्छे


प्रेम वली, कुवेत

राम्रो लगाउन, मिठो पकाउन
केही कमाउन, केही रमाउन
जिन्दगी समाउन, भाग्य जमाउन
ठुलो शहर छिरेको आज बर्षौ भईसकेछ

न धन कमाइयो, न मन रमाइयो
न मिठो खाइयो, न सुख पाइयो
मुखिया बाले जस्तो बरु आफुलाई
ठुलो शहरले कजाउनु कजायो
कमाउनु कमायो पढ्नेक्रम जारी राख्नुहोस्

उत्तर, दक्षिण सडकले दुई वर्षमा चीन सीमा जोड्ने


योगेन्द्र योगी, मलेसिया

संखुवासभा, पुस ७ । चीनको सीमावर्ती किमाथांका जोड्ने उत्तर, दक्षिण (कोशी) सडक २ वर्षमा पूरा हुने भएको छ ।  तेह्रथुमको बसन्तपुरदेखि १ सय ८ किलोमिटर उत्तर संखुवासभा सडकको कच्ची डोबले जोडेपछि २ वर्षभित्र सडक किमाथांकासम्म पुर्‍याइने भौतिक योजना तथा निर्माण मन्त्रालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राजदूत पौडेल र सभामुख जासिम मुहम्मदबीच शिष्टाचार भेटवार्ता


जय आले, कुवेत

२० डिसेम्बर २०१० को दिन, कुवेतका लागि नेपाली राजदूत श्री मधुवन प्रसाद पौडेल र कुवेतको राष्ट्रिय संसदका सभामुख श्री म.म. जासिम मुहम्मद अल खराफीबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटको अवसरमा द्विपक्षीय सम्बन्धमा सुधार र अन्य बिषयमा गहन रुपमा छलफल गरिएको दूतावास स्रोतले जानकारी गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जनवरी १४ मा कालीगण्डकी बचत समुहले भलिवल प्रतियोगिता राख्ने


जय आले, कुवेत

कुवेत नगरीमा बिगत एक वर्ष पहिल्यै संगठित भई “सानो बचत ठुलो सृजना” भन्ने मुल उद्देश्यकासाथ कृयाशिल रहेको कालीगण्डकी बचत समुह कुवेत-नेपाल सामाजिक क्षेत्रमा मात्र नभई खेलकुदमा पनि त्यतीनै सकृय रहेको देखिएको छ । संस्थाको संगठन पश्चात बारम्बार भलिबल प्रतियोगिता जस्ता खेलकुद कार्यक्रमहरुको आयोजना गरी खेलप्रेमी कुवेतवासी नेपालीहरुलाई खेलकुदमा आकर्षण गराई सकेको यस समुह हालै मात्र माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको ११औं वार्षिकोत्सवको अवसरमा राखिएको अन्तर नेपाली भलिवल प्रतियोगितामा सहभागी ११ टिमहरुलाई हराउँदै बिजेताको उपाधी समेत हाँसिल गरिसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्कूल जान उमेरले छेकेन


डिल्लीराम खतिवडा

मोहनपुर (उदयपुर), पुस ५ – ‘जाँगर काम गर्नमात्र होइन, पढ्न पनि उमेरले छेक्दो रहेनछ,’ त्रियुगा नगरपालिका-१२ चकलघाट कि ३२ वर्षिया रत्नकुमारी पोखरेल किताब कापी च्यापेर दैनिक विद्यालय धाउन थालेपछि गाउँमा गाइँगुँइ यस्तै चर्चा हुन्छ । बाल्यकालमा आमाले र बिहे भएपछि श्रीमानले पढ्ने इच्छा पुरा नगरेपछि रत्नकुमारी यसबेला पढ्न विद्यालय धाइरहेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

जुरेन अझै लगन नेपाली कलाकारहरूको(फोटो फिचरसहित)


‘मोस्ट ब्याचलर’ नेपाली कलाकारलाई बिहेको ’boutमा प्रश्न तेस्र्याउने हो भने प्रायले एउटै जवाफ दिन्छन्, लगन जुरेपछि बिहे भइहाल्छ नि ! अझ वैशाख महिनातिर सोधे केहीले त मङ्सिर महिना काटिन्न होला पनि भन्न भ्याउँछन् । नेपाली चलचित्र क्षेत्रमा बिहे गर्ने उमेर पुगेका थुप्रै कलाकार छन् । कसैले समय नपाएर बिहे गरेका छैनन् त कसैले उपयुक्त जोडी नपाएर बिहे गरेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

महिलाको पेन्टी चोर्ने पुरुष पक्राउ


युकियो कुसुमोटो नामका ५५ वषिर्य जापानीलाई लुगा पसलबाट आइमाईको पेन्टी चोरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । शकुराइ शहरस्थित कुसुमोटो बस्ने घरको छतमा सुकाइएको तीन जोर पेन्टी चोरिएको थाहा पाएपछि प्रहरीले उनलाई हिरासतमा लिएको हो ।

बृद्व पुरुषले आइमाईको पेन्टी चोर्नुको कारण भने अझै खुल्न सकेको छैन । आफूले पार्ट-टाइम काम गर्ने पसलबाट कुसुमोटाले महिलाको अन्डरवयर चोरेको खुलासा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्