Daily Archives: 21/12/2010

बिर्सन्छु भन्छु १७ तारिख


जितेन गुरुङ्ग, कुवेत

बिर्सन्छु भन्छु १७ तारिक, म बिर्सिन सक्दिन
संसार अवाक थियो, दुनियाँ होहल्लामा ब्यस्त थिए 
सम्झन लायक घट्ना घट्यो, सबै मुकदर्शक हुन वाध्य भए 
आनन्द भयो होला सबैलाई पेट मिची-मिची हाँस्दै थिए 
महान ब्यक्तित्वहरु डेग चलेनन, सहयोगको बोली दिन सकेनन
छाती फुलेर आउँछ, मन जलेर आउँछ 
आँखाबाट आँशु हैन रगतको भेल बगे जस्तो लाग्दछ
सम्झी ल्याउँदा नेपाली भएर किन जन्मेछु भन्न मन लाग्दछ
रेफ्री र खेलाडीको डिस्कस् भयो मैदानमा,
खेलाडिले मैदान त्यागे, रेफ्रीले सिट्ठी फुक्यो
हल्लै-हल्लामा मनुष्य अरिङ्गाल बन्यो   
ख्याल ख्यालैमा मुक्काको बर्षा भयो, लाठी चार्ज भयो
मलाई साथ दिने अनी बचाउने साथीको टाउको फुट्यो पढ्नेक्रम जारी राख्नुहोस्

बनभोज र मेरो हराएको पात्र… भाग-३ !!


राजेन्द्र शर्मा “राजन” कुवैत

दिवालमा टाँसिएका तस्बिरहरुले मुकदर्शक बनेर हाम्रो पुन. आगमनलाई निकै सावधानिपुर्वक  निहाली रहेका थिए यानी स्वागत गरिरहेका थिए । लाग्थ्यो कुनै राजकीय भ्रमण हुँदैछ चारैतिर खुशी, उमङ्गको वर्षा, बिहानीको मिर्मिरे उषासंगै अन्धेरीले नेटो काटेझैं सबै दुख, कष्ट र पिडाहरुले बिदा लिईसकेका थिए । साँचै भन्नुपर्दा नव-विवाहित दम्पत्तीको लागि सुवाहगरातको निमित्त सजिएको कोठा जस्तो थियो हाम्रो कोठा । म उसलाई निहालेर एक छिन हेरी रहें, ऊ निकै लज्जित मन्द्रमा थिई अनायासै उसलाई अंगाल्न पुगेछु । ऊ मेरो छातीमा टाँसीई रही पूर्ण समर्पित भएर ! पढ्नेक्रम जारी राख्नुहोस्

२५ डिसेम्बरमा नेपाली चर्च कुवेतले ख्रिष्टमस पर्व मनाउने; सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई निम्तो


जय आले, कुवेत

बिगत लामो समयदेखी कुवेत नगरीमा बैधानिक रुपमा कृयाशिल नेपाली चर्च कुवेत धार्मिक क्षेत्रबाट मात्र नभई कुवेतमा पीडित बन्न पुगेका नेपालीहरुलाई समेत बिभिन्न क्षेत्रबाट सहयोग पुर्‍याई कुवेतवासी नेपाली जनसमुदायबीच निकै लोकप्रिय बन्न पुगेको छ । हरेक बर्ष विश्वभरीका ईशाई धर्मालम्बीहरुले २५ डिसेम्बरको दिनलाई प्रभुयेशू ‘ख्रीष्ट’को जन्मोत्सवको दिन मानी ख्रीष्टमस कार्यक्रम भब्यतापूर्वक मनाउदै आईरहेको प्रचलन छ ।

यसरी नै नेपाली चर्च कुवेतले पनि हरेक बर्ष कुवेतमा रहेका समस्त नेपाली ख्रीष्टीयन तथा गैर ख्रीष्टीयन दाजुभाई, दिदिबहिनीहरुलाई समेट्दै प्रभुयेशू ख्रीष्टको जन्मोत्सव ख्रीष्टमस कार्यक्रम भब्यतापुर्वक मनाउदै आईरहेको र उक्त दिन नेपाली चर्च कुवेतमा कुवेतवासी नेपालीहरुको घुईंचो नै लाग्ने गरेको बिगतका बर्षहरुमा देखिंदै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बजेटले राजस्व असुली बढायो


काठमाडौ, पुस ६ – बजेटले दरमा हेरफेर गरेपछि राजस्व असुली बढ्न थालेको छ । कात्तिकको अन्तसम्म राजस्व वृद्धिदर ९ दशमलव ८ प्रतिशत रहेकामा मंसिरसम्म ११ दशमलव १ प्रतिशत पुगेको छ । चालू वर्षको पाँच महिनामा गत वर्षको सोही अवधिभन्दा ६ अर्ब ५० करोड रुपैयाँ राजस्व बढी असुली भएको छ । गत वर्ष ५८ अर्ब ६० करोड रुपैयाँ असुली भएको थियो । चालू वर्ष ६५ अर्ब १० करोड रुपैयाँ असुली भएको छ । तैपनि २ खर्ब १६ अर्ब ६५ करोड रुपैयाँको लक्ष्य चुनौतीपूर्ण मानिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वराजपरिवार सदस्यसँग हतियार खोज्नुपर्छः सिटौला


‘गाडीमा हात हल्लाउँदैमा कोही नेता हुँदैन’-
गुणराज लुइँटेल, काठमाडौं, पुस ६- संविधानसभाले गणतन्त्र घोषणा गरेपछि नारायणहिटीबाट राजपरिवारलाई बिदाइको जानकारी दिन सरकारका प्रतिनिधिका रूपमा गएका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले सोधेका थिए, ‘हाम्रो सुरक्षाको प्रबन्ध के हुन्छ?’ पढ्नेक्रम जारी राख्नुहोस्

दस विकेटको स्वर्णिम कीर्तिमान


विनोद पाण्डे, काठमाडौं, पुस ६- अविनाश कर्णको देब्रेहात बलिङ र थ्रो गर्ने बेलामात्र चल्छ, अरू सबैमा दाहिनेहात। उनको त्यही हात सोमबार नेपाली क्रिकेटमा स्वर्णिम कीर्तिमान रच्न पर्याप्त बन्यो। वीरगन्ज (क्षेत्र नं २) का अविनाशको देब्रेहाते बलिङले वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता समूहको अन्तिम खेलमा सबै १० विकेट लियो, मैदानभित्र बैतडी (क्षेत्र नं ६) का खेलाडीलाई साक्षी राख्दै। अविनाशले त्रिवि क्रिकेट मैदानमा कीर्तिमान रच्न ६.१ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए। घरेलु क्रिकेटको एकै खेलमा १० विकेट लिने उनी पहिलो खेलाडी हुन्। यसअघि सात विकेटको रेकर्ड थियो। एकै खेलमा १० विकेटको कीर्तिमान बनाउनेमा भने अविनाश दोस्रो नेपाली हुन्। सन् २००८ मा महबुब आलमले जर्सीमा मोजाम्बिकविरुद्ध सबै विकेट लिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्