बिर्सन्छु भन्छु १७ तारिख


जितेन गुरुङ्ग, कुवेत

बिर्सन्छु भन्छु १७ तारिक, म बिर्सिन सक्दिन
संसार अवाक थियो, दुनियाँ होहल्लामा ब्यस्त थिए 
सम्झन लायक घट्ना घट्यो, सबै मुकदर्शक हुन वाध्य भए 
आनन्द भयो होला सबैलाई पेट मिची-मिची हाँस्दै थिए 
महान ब्यक्तित्वहरु डेग चलेनन, सहयोगको बोली दिन सकेनन
छाती फुलेर आउँछ, मन जलेर आउँछ 
आँखाबाट आँशु हैन रगतको भेल बगे जस्तो लाग्दछ
सम्झी ल्याउँदा नेपाली भएर किन जन्मेछु भन्न मन लाग्दछ
रेफ्री र खेलाडीको डिस्कस् भयो मैदानमा,
खेलाडिले मैदान त्यागे, रेफ्रीले सिट्ठी फुक्यो
हल्लै-हल्लामा मनुष्य अरिङ्गाल बन्यो   
ख्याल ख्यालैमा मुक्काको बर्षा भयो, लाठी चार्ज भयो
मलाई साथ दिने अनी बचाउने साथीको टाउको फुट्यो

बिचरा म,
साँढेको जुधाइ बाछाको मिचाइ
खाइ न पाइ छालाको टोपीलाई
संसदमा मात्रै होला भनेको भलिबल खेलमा पनि यस्तो
देशको नेताहरु मात्रै त्यस्तो सोंच्थे, जनता पनि त्यस्तै
ज्ञानी बुद्धको देशमा जन्मेछु, मन प्रफुल्ल बनाउथें म 
आदर्श नारी भ्रिकुटिको देशमा जन्मेछु,
आदर्शबादी भन्न रुचाउथें म 
कस्तो अभागी म, भन्न वाध्य हुन्छु
नेपाली भएर बाँच्नु पर्दा धिक्कार छ मलाई
सम्झन लायक घट्ना घट्यो, कहिले नबिर्सिने
बिर्सन्छु भन्छु १७ तारिक, म बिर्सिन सक्दिन !!!

Posted by: Jay Ale

Advertisements

4 responses to “बिर्सन्छु भन्छु १७ तारिख

  1. जितेन जी साँच्चै वास्तविकतालाई कवितामा उतार्नु भएकोमा मुरी-मुरी धन्यवाद दिन चाहन्छु । हजुरको कलम यसरी नै धारा प्रवाह चलि रहोस यही छ नव वर्ष 2011 को शुभ-कामना ।।

  2. Jetan bro Saree mithu kabita sunanu bhayo thanks so much hai bro be keep published your nice kabita haru
    Amar Dai
    Mesc-Tamu samaj kuwait

  3. जितेन जि हजुरको कबिता अतिनै राम्रो मलाई यो पढदता त अब आउँदा दिनतेस्ता मुर्ख हरु पनि सुद्रिने छन जस्तो लगेको छ जे होस मुर्ख हरुलाई एउटा राम्रो बाटोमा हिंड्न सिकाउने कबिता लेखनु भएको रहिछ खुशी लाग्यो फेरी पनि म मेरो तर्फ बाट यो कबिताको लागि धन्यबाद

    धर्म राज गिरी
    यम इ यस सी परिवार

  4. jiten ji so great to read.i hope peoples who always try to involve in fight they should understand what is life?and what we have to do while we are in event and if we are players.unfortunatly we all were in trouble eventhough we always try to give happyness for nepalies in kuwait.keep it up and make peoples educated.hope to see you soon.
    secretary mesc

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.