बनभोज र मेरो हराएको पात्र… भाग-३ !!


राजेन्द्र शर्मा “राजन” कुवैत

दिवालमा टाँसिएका तस्बिरहरुले मुकदर्शक बनेर हाम्रो पुन. आगमनलाई निकै सावधानिपुर्वक  निहाली रहेका थिए यानी स्वागत गरिरहेका थिए । लाग्थ्यो कुनै राजकीय भ्रमण हुँदैछ चारैतिर खुशी, उमङ्गको वर्षा, बिहानीको मिर्मिरे उषासंगै अन्धेरीले नेटो काटेझैं सबै दुख, कष्ट र पिडाहरुले बिदा लिईसकेका थिए । साँचै भन्नुपर्दा नव-विवाहित दम्पत्तीको लागि सुवाहगरातको निमित्त सजिएको कोठा जस्तो थियो हाम्रो कोठा । म उसलाई निहालेर एक छिन हेरी रहें, ऊ निकै लज्जित मन्द्रमा थिई अनायासै उसलाई अंगाल्न पुगेछु । ऊ मेरो छातीमा टाँसीई रही पूर्ण समर्पित भएर !

जीवनमा पहिलो चोटी मैले मायाको साँचो अनुभूति गरें । उनि मेरो न्यानो मायामा लिप्त बनेर मलाई साथ दिंदै.. गईन… मैले अचानक उनका कोमल ओंठहरुमा चुम्न पुगेछु । उसको अनुहारको तेजवी झनझन् चम्किक्दै गयो शरीरमा कम्पन पैदा भयो उसले आफ्नो सम्पूर्ण शरीरको भार म माथिनै समर्पित गरि मैले थाम्न सकिन, ऊसंगै म लडे बेड माथि । ऊ मेरो छातीमाथि टाउको राखी निदाउने प्रयासमा थिई म उसका केशराशिहरु सुम्सुमाइरहें अनि सोचिरहें प्रेम! आहा! यो शब्द आफैमा कति पूर्ण छ, अनमोल र बिशाल छ,साच्चिकै सुन्दर पनि आज म ऊ देखि पूर्ण सन्तुष्टी छु वास्तबमा प्रेम त्यो हो जहाँ आत्मसन्तुष्टी हुन्छ, मेरो अर्थमा आत्मसन्तुष्टिको अनुभूति हुनु नै प्रेम हो, प्रेमको अर्थ निसन्देह, निस्वार्थ, निश्चल, निर्दोष आत्माको मिलन हो जहाँ आत्मसम्मान हुन्छ, आत्मसन्तुष्टीको अनुभुती हुन्छ जहाँ समर्पणको भाव हुन्छ जहाँ विश्वाश र ईमान्दारीताको अथाह खानी हुन्छ जसलाई देख्दा, भेट्दा उसलाई सामिप्यमा पाउँदा अथवा मात्र कुरा गर्दा यानी उसको ’boutमा सोचिरहदा पनि स्वर्गीय आनन्दको अनुभुती हुन्छ त्यो नै वास्तविक प्रेम हो ।

मैले आफ्नो हराएको प्रेम प्राप्तिको अनुभुती गरें अनायासै मेरा हातहरु सल्बलाउन थाले । मेरी श्रीमती झस्किई उसको शरीरमा कम्पन पैदा भयो उसले आँखा खोलि र पुन. बन्द गरि संगसगै मैले पनि आफ्ना आँखाहरू बन्द गरें र मनको आँखाले मायाको संसार हेरिरहें, हेर्दाहेर्दै मायाको भेल उर्लेर आयो दु:ख कष्टको पहाड फोरी जताततै माया नै मायाको वर्षा भयो । शरीरमा एक किसिमको तरङ्ग पैदा भयो जसको झड्का दिमाखसम्म पुग्यो मैले सम्पूर्ण भौतिक दुनीयाँ बिर्से, स्वर्गीय आनन्दको अनुभूति भयो म त्यसैमा  बिलिन भएं रतिरागले मलाई तताई रहयो म पग्ली रहें आगोमा घिउ पग्ले झैँ… !!

मायाको सागरमा पौडिरहेका हामी एक्कासी बाहिर आउँदा निकै चिसोको अनुभव भयो दुवै शरिरहरु पसिनाले निथ्रुक्क भिजेका र निबस्त्र  थिए । ऊ मलाई एकोहोरो हेरी रही म पनि  उसलाई मायालु आँखाले हेरिरहें नथाकुन्जेल्सम्म…! जतिहेरे पनि आँखाहरू अघाएनन्  माया गर्ने मनहरु थाकेनन..(अचानक मायारुपी शब्दहरु यानी मनका भावनाहरुले कोठाको  वातावारण नै रोमान्टिक बनाएको थियो म एकोहोरो बर्बराउदै थिए)…बोल्दैथिए” थाक्ने छैनन माया गर्ने यी मनहरु र तिमीलाई हेर्ने यी नजरहरु स्वर्गका परिहरुको जतिनै सुन्दरताको वयान गरेपनि सबै निर्थक र निपुर्ण छन् मेरी मायालुको अगाडी र जतिनै रोमिओ जुलियत र लैला मज्लुमको प्रेम कथाको बयान गरेपनि कम्जोर नै छ्न ऊनीहरु हाम्रो प्रेमको अगाडी…!

म उसको सामिप्यमा गएं र उसलाई सुम्सुमाउँदै भनें -मेरी प्यारी श्रीमती ऊनि लजावती फूल जस्तै लज्जाउदै मेरो काखमा बसिन र मेरा आँखामा हेर्दै भनिन हजुर ! मैले कुरा नचपाई बोले “प्यारी आज म जीवनमा सबभन्दा खुशी छु जान्न चाहन्छेउ कसरी ?  अवश्य! मलाई सबैभन्दा मनपर्ने चिज मैले पाएको छु आज, कस्तो चिज ? ऊसले आश्चर्य भावले मलाई हेर्दै प्रश्न गरि, मलाई मनपर्ने नागको मणि जुन समुन्द्रको बिचमा गोहीको मुखमा थियो जसलाई ल्याउनको लागि तिमीलाई भनेको थिए त्यो मणि आज मेरो सामिप्यमा छ के तिमि जान्न चाहन्छेउ ? अवश्य ! म ऊसलाइनै इंकित गर्दै भने तिमिनै हौ मेरो मन पर्ने नागको मणि, हाम्रो पबित्र प्रेम नै हो मणि जुन अमुल्य र अनमोल छ जुन दुखसुख भित्र रुमलिएको समुन्द्र रुपी जीन्दगीमा अनि रिस, राग, घमण्ड र असमझ्दार रुपी गोहीको मुखमा थियो परेको थियो हाम्रो प्रेम बस मलाई मेरो प्रेम यानी मेरी मेरी ज्ञानी र समजदार श्रीमती तिमी चाहिएको थियो र आज म संगै छ म पूर्ण बनेको छु । मणी हराएको नाग जसरी तड्पिएको म पुन. हराएको मणी भेटिएको खुशी संगै खुशीमा रमेको छु र रमिरहने छु सधैभरी आफ्नो सिमा राखेर दिल र दिमाखमा राखेर…! ऊ मेरो गलामा अंकमाल गर्दै खुशी रुपी  चुम्बनका वर्षाहरु वर्षाउँदै चुम्न थाली र बर्बरौदै भन्न थाली मेरो मुटु हजुर नै हो मेरो नागको मणि जुन मैले सधैभरी आफ्नो शिरमा राखेकी छु! त्यो कुरालाई प्रमाणित गर्नको निम्ति म पुन. घरमा फर्केर आएकी थिएं ताकी हजुरको घुमाउरो प्रश्नको घुमाउरै जवाफ दिनको लागि मैले ब्याख्या गर्नुभन्दा पहिला नै यसको अर्थ र भावलाई बुझिदिएकोमा हजुर प्रति अथाह मायाको कोसेली स्वरूप जुनी-जुनी सयौ जुनीसम्म हजुरकै श्रीमती हजुरकै प्यारी भएर रहिरहन पाउँ र सधैभरी हजुरको सेवा गर्न पाउँ यहि अन्तिम ईच्छा बोल्दाबोल्दै उसको स्वरहरु दबिए र आँखाहरु बन्द भए….

क्रमश…..

Posted by: Jay Ale

Advertisements

3 responses to “बनभोज र मेरो हराएको पात्र… भाग-३ !!

  1. good story pls keepit up ………………..and im waiting for part -4

  2. Dear rajendra ji
    thanks lot for atend our mesc programme.i always read your love story and i do feel happy myself because at least mesc give chance to our nepalies brothers and sisters to make love eachother and share manythings which come in real life.i would like to meet you one day and wana talk to you.you are always wel come in kuwaitnepal.com and mesc as well.keep it up rajendra ji.
    indra bhusal
    secretary mesc

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.