दस विकेटको स्वर्णिम कीर्तिमान


विनोद पाण्डे, काठमाडौं, पुस ६- अविनाश कर्णको देब्रेहात बलिङ र थ्रो गर्ने बेलामात्र चल्छ, अरू सबैमा दाहिनेहात। उनको त्यही हात सोमबार नेपाली क्रिकेटमा स्वर्णिम कीर्तिमान रच्न पर्याप्त बन्यो। वीरगन्ज (क्षेत्र नं २) का अविनाशको देब्रेहाते बलिङले वाईवाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता समूहको अन्तिम खेलमा सबै १० विकेट लियो, मैदानभित्र बैतडी (क्षेत्र नं ६) का खेलाडीलाई साक्षी राख्दै। अविनाशले त्रिवि क्रिकेट मैदानमा कीर्तिमान रच्न ६.१ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए। घरेलु क्रिकेटको एकै खेलमा १० विकेट लिने उनी पहिलो खेलाडी हुन्। यसअघि सात विकेटको रेकर्ड थियो। एकै खेलमा १० विकेटको कीर्तिमान बनाउनेमा भने अविनाश दोस्रो नेपाली हुन्। सन् २००८ मा महबुब आलमले जर्सीमा मोजाम्बिकविरुद्ध सबै विकेट लिएका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमै सबै विकेट लिने कीर्तिमान केवल दुईपटकमात्रै सम्भव भएको छ। इङ्ल्यान्डका जिम लेकर र भारतका अनिल कुम्बले टेस्ट क्रिकेटमा १/१ पटक १० विकेटका कीर्तिमानी हुन्। दुवै खेलाडी स्पिनर हुन्। महबुब र अविनाश दुवै देब्रेहाते तीव्र गतिका बलर हुन्।

‘महबुबदाइ (आलम) ले १० विकेट लिएको सुन्दा अचम्म लागेको थियो, तर आज आफैंले त्यो कीर्तिमान बनाउँदा विश्वासै लागिरहेको छैन,’ अविनाशले नागरिकसँग भने, ‘यो मेरो जीवनको अनपेक्षित क्षण हो।’

उनले कीर्तिमानको श्रेय प्रशिक्षक उमेश उपाध्यायलाई दिए। उमेशले नै ६ कक्षामा पढ्दै गर्दा नै अविनाशलाई बलिङ गर्न सिकाएका थिए। ‘उमेश गुरुले मलाई प्रत्येक खेलअगाडि अभ्यासमा जस्तो बलिङ गरेको त्यहीअनुसार गर्नु भनेर सम्झाइरहनु हुन्छ,’ वीरगन्ज प्रगतिनगर-३ छपकैयाका अविनाशले भने।

इनिङको तेस्रो बलमै विकेट लिन सुरु गरेका अविनाश १० विकेटका दौरान दुईपटक ह्याट्रिकनजिक पुगे। चोभार इन्डबाट एकै स्पेलको बलिङमा सबै विकेट लिँदा उनले बैतडीका चार ब्याट्सम्यानलाई बोल्ड, दुईलाई एलबिडब्लु र चारलाई क्याचआउट गरे। ‘३ ओभरभित्रै पाँच विकेट लिएपछि मलाई साथीहरूले १० विकेट लिन सक्छन् भनेर हौस्याएका थिए,’ उनले भने, ‘नरेश बुढाऐरबाहेक बैतडीका सबै ब्याट्सम्यान क्रिजमा संघर्षरत भएको मैले पाएँ, त्यसपछि मैले आफ्नो बेसिक हिसाबले नै अफ स्टम्पबाहिर बलिङ गरे।’

म्याच रेफ्री सञ्जय गुरुङ, अम्पायरद्वय अदीप प्रधान र कमलेश यादव, छनोट प्रमुख विजय शर्मा र सदस्य राजु खड्का, त्रिवि स्ववियुका पूर्वसभापति भीम श्रीषले हस्ताक्षर गरेर १० विकेट लिएको बल अविनाशलाई दिएका थिए। त्यसमा उनका सहपाठीद्वय विवेक दली र माधव सुवेदीको हस्ताक्षर थपिएको थियो।

 

दुई वर्षअघि नेपाललाई एसिसी यु-१७ इलाइट कप उपाधि दिलाएर अविनाश चर्चामा आएका थिए। युएईविरुद्धको सेमिफाइनलमा नेपाल पराजयतर्फ ढल्कँदा उनले महŒवपूर्ण दुई विकेट लिएर खेल पल्टाएका थिए। प्रतियोगितामा कतारसँगको समूह खेलपछि टोलीका पाकिस्तानी प्रशिक्षक अमजद बेगले अविनाश’bout भनेका थिए, ‘मैले यो उमेरको यस्तो प्रतिभा अहिलेसम्म देखेको छैन।’

त्यसको अघिल्लो वर्षमात्र अविनाशले पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेलेका थिए। यु-१५ मा उनको प्रदर्शन औसत रह्यो। ‘घरबाट क्रिकेट खेल्न राम्रो सहयोग पाएकाले उनले खेललाई निरन्तरता दिइरहेका छन्,’ प्रशिक्षक उपाध्याय भन्छन्। वीरगन्जको मिनीब्याक इङ्लिस स्कुलबाट यसै वर्ष प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण अविनाश अहिले त्यहीँको वीरगन्ज पब्लिक कलेजमा ११ कक्षामा व्यवस्थापन विषय पढ्दैछन्।

१७ वर्ष लाग्नेक्रममा रहेका उनले गत वर्ष वुस्ट यु-१६ राष्ट्रिय प्रतियोगितामा भैरहवाविरुद्ध ८ ओभरमा १९ रन खर्चेर ७ विकेट लिएका थिए, जुन उनको यसअघिको उत्कृष्ट प्रदर्शन हो। स्वास्थ्य रिपोर्टमा ‘बढी उमेर’ को पाइएपछि उनले नेपालको यु-१६ टोलीबाट भने घरैमा भएको प्रतियोगिता खेल्न पाएनन्।

यसै वर्ष दिल्ली मामाघर जाँदा उनले त्यहाँ भारतका पूर्वविकेटकिपर विजय दाहियाको एकेडेमीमा तीन महिना प्रशिक्षण लिएका थिए। ‘दाहियाले मलाई यहीँ खेल, दुई वर्षभित्र तिमी भारतको यु-१९ टोलीमा पर्छौ भन्नुभएको थियो,’ अविनाशले सम्झे, ‘घरमा आमालाई साथ दिन वीरगन्ज फर्किएँ।’ इन्जिनियर बुबा धेरै समय देशभित्रै घुमिरहनुपर्ने र दाइ भारतमै पढिरहेकाले आमा एक्लो हुने भएपछि आफू स्वदेश फकिएको उनी बताउँछन्।
वीरगन्ज फर्किएलगत्तै उनलाई प्रशिक्षक उपाध्यायले यसै प्रतियोगितालाई ध्यानमा राखेर ६ महिना नियमित जिममा पठाए। ‘शारीरिक रूपमा उ अलि कमजोर छ, आफूभन्दा बढी उमेरका खेलाडीसँग खेल्दा हृष्टपुष्ट हुन जरुरी छ,’ उपाध्याय आफ्नो चेलोले राम्रो प्रदर्शन गर्नुको कारण खोतल्छन्।

‘उनले मलाई नै रोजे’
अविनाशको १० विकेटले राष्ट्रिय अम्पायर कमलेश यादव उत्तेजित थिए। ‘उनले सधंै मेरो अगाडि राम्रो प्रदर्शन गर्दै आएका छन्,’ यादवले भने। यु-१६ राष्ट्रियको फाइनलमा ७ विकेट लिँदा पनि अम्पायर यादव उभिएको छेउबाट उनले बलिङ गरेका थिए। सोमबार संयोग पुनः दोहोरिएको थियो। ‘उनी म उभिएको छेउलाई भाग्यशाली ठान्छन्,’ यादवले भने, ‘उनी खेल सुरु हुनुअगाडि मलाई सोध्छन्, तपार्इं कता उभिएर अम्पायरिङ गर्नुहुन्छ, म त्यतैबाट बलिङ गर्छु।’

Posted by: Shiva Paudel

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.