गायिका लेडी गागा एमटीभीको ‘वुमन अफ द इयर’


लस एन्जल्स (एजेन्सी), पुस ६ – म्युजिकका साथै आफ्नो अचम्मको फेसन स्टाइलले गर्दा विश्व चर्चित गायिका लेडी गागा एमटीभीको ‘वुमन अफ द इयर’ बनेकी छन् । यो वर्षमा… एल्बम ननिकालेकी भए पनि उनलाई यो ताज दोस्रोपटक एमटीभीले दिएको हो ।

एमटीभी नेटवर्कका अनुसार लेडी गागा यो अवार्डका लागि सही व्यक्ति हुन् । म्युजिकल चार्टमा एकदेखि अर्को गरी प्रथम स्थान हासिल गरिरहेकी, तेस्रोलिंगीहरूको समर्थनमा अभियान चलाइरहेकी र विवादास्पद म्युजिक भिडियो ‘टेलिफोन’ का लागि २४ वर्षीया अमेरिकी गायिकालाई ‘वुमन अफ द इयर’ रोजेको नेटवर्कले स्पष्ट पार्‍यो ।

‘लेडी गागाले यो वर्ष कुनै एल्बम निकालिनन् । तर पनि उनी वर्षभर सबभन्दा बढी लाइमलाइटमा पर्ने स्टार बन्न सफल भइन्,’ एमटीभी नेटवर्कले बतायो । गत वर्ष पनि ‘ब्याड रोमान्स’ गायिका एमटीभीको ‘वुमन अफ द इयर’ ताजका लागि चुनिएकी थिइन् ।

वर्षभर म्युजिकल टुरमा रहेकी लेडी गागा धेरै काम र व्यस्तताले गर्दा दुई/ तीनपटक अस्पतालसमेत बस्नुपरेको थियो । सोमबार पनि उनको प्यारिसमा एक कन्सर्ट थियो । तर, धेरै हिमपातका कारण उनी कन्सर्ट स्थलमा पुग्न नसकेपछि कन्सर्ट नै रद्द गर्नुपरेको छ । ‘मेरा फ्यान र मेरा लागि कन्सर्ट समयमा नहुन सक्नु अन्यायपूर्ण लागिरहेको छ,’ उनले सामाजिक सञ्जाल टि्वटरमा लेख्दै भनिन् । कन्सर्ट रद्द भए पनि उनले मंगलबार सोही टिकेटमा कार्यक्रम गर्ने बताएकी छन् ।

लेडी गागाले आफ्नो दोस्रो स्टुडियो एल्बम ‘बोर्न दिस वे’ आउदो फेब्रुअरीमा रिलिज गर्दै छिन् ।

 प्रकाशित मिति: २०६७ पुस ६ ०९:२७

posted by :डम्बर प्रसाद रिमाल                              sourced by:- ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.