४६ अर्ब ७० करोड सहयोग प्रतिबद्धता


काठमाडौं, ४ पुस

नेपालले चालू आर्थिक वर्षको मंसिरसम्म विभिन्न द्विपक्षीय र बहुपक्षीय दातृनिकायबाट  ४६ अर्ब ७० करोड १५ लाख रुपैयाँ सहयोगको प्रतिवद्धता प्राप्त गरेको छ । प्राप्त प्रतिबद्धतामा सबैभन्दा बढी अनुदान सहयोग रहेको छ । कुल सहयोगमध्ये ३२ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ अनुदान तथा १४ अर्ब २० करोड ८ लाख रुपैयाँ ऋण सहयोगको प्रतिबद्धता पाएको अर्थमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार समीक्षा अवधिमा सबैभन्दा बढी सहयोग विश्व बैंकले दिएको छ । मंसिर मसान्तसम्म विश्व बैंकले २१ अर्ब ७६ करोड ८१ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएको छ । बैंकले १४ अर्ब ८४ करोड ९८ लाख रुपैयाँ अनुदान तथा ६ अर्ब ९१ करोड ८२ लाख रुपैयाँ ऋण सहयोग दिने प्रतिबद्धता जनाएको छ ।

यस्तै अमेरिकाले ८ अर्ब ११ करोड १६ लाख रुपैयाँ अनुदान, बेलायतले ६ अर्ब २४ करोड २५ लाख, कोरियाले ४३ करोड २१ लाख, फिनल्यान्डले ४७ करोड ३७ लाख र क्यानाडाले ६३ करोड ६० लाख रुपैयाँ अनुदान सहयोग दिने प्रतिबद्धता जनाएको मन्त्रालयले जानकारी दिएको छ ।

एसियाली विकास बैंक (एडीबी) ले ५ अर्ब ६५ करोड २० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ, जसअनुसार ७० करोड ६५ लाख रुपैयाँ अनुदान तथा ४ अर्ब ९४ करोड ५५ लाख रुपैयाँ ऋण रहेको छ । ओपेक फन्डले २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ ऋण सहयोग दिने प्रतिबद्धता जनाएको छ ।

समीक्षा अवधिमा नेपालले द्विपक्षीय दाताबाट १५ अर्ब ८९ करोड ९५ लाख र बहुपक्षीय दाताबाट ३० अर्ब ८० करोड १९ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता पाएको छ ।

जापान, भारत, चीन, नर्वे, डेनमार्क, जर्मनीबाट सहयोगको प्रतिबद्धता भने पाएको छैन ।

समीक्षा अवधिमा नेपालले सबैभन्दा बढी सहयोग स्वास्थ्यक्षेत्रमा पाएको छ । स्वास्थ्यमा १६ अर्ब ९६ करोड ३३ लाख रुपैयाँ पाएको छ । यस्तै शिक्षामा ९ अर्ब १० करोड ६८ लाख, स्थानीय विकासमा ४ अर्ब १९ करोड १५ लाख, शान्तिका लागि ३३ करोड २ लाख, भौतिक योजनामा ५ अर्ब ४७ करोड ४० लाख, पर्यटनमा १ अर्ब १० करोड ९२ लाख, यातायातमा १ अर्ब ४१ करोड ३० लाख र अन्यमा ८ अर्ब ११ करोड १६ लाख रुपैयाँ सहयोग पाएको अर्थमन्त्रालयले जनाएको छ ।

चालू आवको बजेटमा ६५ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ वैदेशिक साहयता परिचालन गर्ने लक्ष्य लिएको छ । गत आवमा पनि सरकारले झन्डै १ खर्ब रुपैयाँबराबरको वैदेशिक साहयताको प्रतिबद्धता पाएको थियो ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.