हत्या अभियोग लागेका चन्द्रशेखर मृत्युदण्डबाट जोगिए


दिनेश रेग्मी

दोहा (कतार), , पुस ५ – एक विदेशीलाई हत्या गरेको अभियोगमा कतारमा मृत्यु दण्डको फैसला सुनाईएका एक नेपाली नागरिकको जीवन रक्षा भएको छ । कतारको सर्वोच्च अदालतले सोमबार गरेको फैसाला अनुसार सिराहा बेलाहाका ४०वर्षीय चन्द्रशेखर यादव मृत्युदण्डको संजाएबाट जोगिएका हुन् ।

फैसला अनुसार उनलाई मृत्युदण्डको सजाय घटाएर १५ वर्षको कारावास सजाए तोकिएको छ, जसमा उनले ७ वर्ष बिताई सकेका छन् । कतारका लागि नेपाली राजदुत डा. सुर्यनाथ मिश्रले सर्वोच्चको फैसालाबाट चन्द्रशेखर यादव मृत्युदण्डबाट जोगिएको बताउँदै बाँकी कैद माफीको लागि पनि अनुरोध गर्ने जनाएका छन् । कतारमा लामो समय जेल सजाय  भुक्तान गरेकालाई सरकारले रमजानको बेला आममाफी दिने समेत गरेको छ ।

इण्डेनेसियाली एक युवतीको हत्या गरेको अभियोगमा चन्द्रशेखर २००३ देखि कतारको करागारमा छन् । कतारको तल्लो अदालतले २००६ नोभेम्बर ३० मा चन्द्रशेखरलाई मृत्युदण्डको फैसला गरेको थियो । कतारस्थित नेपाली दुतावासले तल्लो अदालत, पुनरावेदन र सर्वोच्चमा पटक पटक मुद्धा लड्दै आएकोमा छैटौं पटकमा उनको जीवन रक्षा भएको छ ।

posted by: DAMBAR PRASAD RIMAL                                     sourced by :ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.