भलिबल प्रतियोगितामा सहभागी सबैलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबद्वारा धन्यवाद ज्ञापन


जय आले, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको ११औं वार्षिकोत्सवको सु-अवसरमा गत १७ डिसेम्बर २०१० को दिन, कुवेतको खेतानस्थित कभर्ड हलमा अन्तर नेपाली भलिबल प्रतियोगिता भब्यरुपमा सम्पन्न भएको छ ।

क्लवले आयोजना गरेको उक्त भलिबल प्रतियोगितामा सहभागिता जनाई आर्थिक, भौतिक एवं बौद्विक क्षेत्रबाट सहयोग गरी प्रतियोगिता सु-सम्पन्न पार्नमा योगदान पुर्‍याउनु हुने कुवेतस्थित सम्पूर्ण सँघ-संस्था, खेलाडी, पत्रकार र खेलप्रेमी दर्शकहरुलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले हार्दिक धन्यवाद दिंदै, सदा-सर्वदा सबै नेपाली सँघ-संस्था र कुवेतवासी नेपालीहरुबीच हातेमालो गर्दै संस्थागत ढंगबाट अगाडि बढ्ने र आपसी भाईचाराको सम्बन्धलाई अझ सुदृढ पार्दै लैजाने प्रतिबद्वता जाहेर गरेको छ ।

क्लवको ११औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त भलिवल प्रतियोगिताबाट प्रभावित भई क्लवलाई बैद्विक र भौतिक क्षेत्रबाट मात्र नभई खुलेर आर्थिक रुपमा समेत सहयोग पुर्‍याउनु हुने गरीब नेपाली जनताहरुको रोजगारीको एउटा प्लेटफार्म बन्न सफल एक मात्र साझा संस्था नेपालकुवेत मेनपावर एशोसियसनले ५१ के.डि. एशोसियसनका संस्थापक अध्यक्ष श्री बम बहादुर पुलामीमगर मार्फत क्लवलाई हस्तान्तरण गरेको छ ।

यसैगरी नेपालबाट व्यापारको सिलसिलामा कुवेत आईपुग्नु भएका बुद्दिजिबी श्री बुद्दी गुरुङ्ग, सुरेन्द्र शर्मा र योगेन्द्र गुरुङ्गज्यूले समेत प्रवासमा रहेर माउण्ट एभरेष्ट क्लवले बारम्बार यस्ता सामाजिक एवं अन्य कृतिहरु गर्दै आईरहेको आफुहरुले सुन्दै र कुवेतबाट सञ्चालित अनलाईन मिडियाहरु मार्फत पढ्दै आएकोले हामी निकै प्रभावित भएका छौं भन्दै ३०० USD (अमेरिकन डलर) आर्थिक रुपमा क्लवलाई सहयोग गर्नु भएको छ भनें क्लवले वहाँहरुलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।  

क्लवका सचिव ईन्द्र प्रसाद भूषालले सञ्चालन गर्नु भएको भलिबल प्रतियोगिता कार्यक्रममा क्लव अध्यक्ष किरण पौड्यालको सभापतित्व रहेको थियो भनें नेपाली राजदूतावास कुवेतका राजदूत श्री मधुवन प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी अन्य अतिथिहरुमा नेपाली राजदूतावास कुवेतका कर्मचारी भुवन पौडेल, NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ्ग, युवा कवी एवं माउण्ट एभरेष्ट क्लवका प्रमुख संरक्षक बाल कुमार गुरुङ्ग, NRNA कुवेतका ICC प्रतिनिधि राजन कुँवर, जन-जाग्रिती युवा समाज कुवेतका अध्यक्ष दिपक क्षेत्री, अ.ने.सा.स कुवेतका अध्यक्ष एवं नेपालकुवेत डटकमका प्रधान सम्पादक राजन रिमाल, मरुभूमिको कोसेली छापा पत्रीकाका प्रबन्ध निर्देशक एवं नेपालकुवेत डटकमका सञ्चालक सुजन के.सी, लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बि मल्ल ठकुरी, नेपालकुवेत साँस्कृतिक मञ्चका नव-नियुक्त अध्यक्ष टिकाराम आचार्य, नेपालकुवेत मेनपावर एशोसियसनका अध्यक्ष बम बहादुर पुलामीमगर, क्रेज नेपाल ब्याण्डका अध्यक्ष नबिन बराल, नयाँ नेपाल युवा क्लवका अध्यक्ष दिल बहादुर पुन, तामाङ्ग समाज कुवेतका अध्यक्ष सुन बहादुर तामाङ्ग, कालीगण्डकी बचत समुहका अध्यक्ष आशिष कुँवर र तमू समाज कुवेतका अध्यक्ष अमर बहादुर गुरुङ्ग हुनुहुन्थ्यो ।

भलिवल प्रतियोगिताका संयोजक एवं क्लवका उपाध्यक्ष धर्मराज गिरीको स्वागत मन्तव्य पश्चात राजदूत श्री मधुवन प्रसाद पौडेलले बल सर्भिस गरी उद्घाटन गर्नु भएको उक्त प्रतियोगितामा कलम मात्रै चलाऊने कलवादी हातहरुले बल समेत खेल्न सक्छ भन्ने मनोबल लिएर सृजना गरिएको कुवेतमा कृयाशिल सञ्चारकर्मीहरुको साझा टिम प्रेस नेपाल टिमसहित ११ टिमहरुले सहभागीता जनाएको यस प्रतियोगितामा सबै टिमहरुलाई निकै प्रतिश्पर्धात्मकशैलीमा हराउँदै कुवेतमा वर्षौंदेखी एउटा ‘डिगो’ टिमको रुपमा चिर-परिचित अलघानिम सेक्युरिटी टिम र सशक्त खेलाडीहरुको झुण्ड रहेको कालीगण्डकी टिम फाइनलमा प्रवेश गरेका भएपनी कालीगण्डकीका जोशिला युवा खेलाडिहरुले अलघानिमलाई पराजित गर्दै बिजेताको उपाधी हात पारेको थियो भनें अलघानिम उपबिजेता बन्न सफल भयो ।

प्रतियोगिताका रेफ्रिहरु लगायत बिजेता, उपबिजेता टिमका खेलाडिहरु र टिम मेनेजरहरु  राजदूत श्री मधुवन प्रसाद पौडेलज्यूको बाहुलीबाट प्रमाणपत्र, शिल्ड, मेडल र अन्य बिभुषण ग्रहण गरी सम्मानित भएका छन भनें क्लवले स्थापना कालदेखी नै क्लवलाई मन, बचन र कर्मले योगदान दिंदै आएका संस्थापक सदस्यहरु मोहन गुरुङ्ग, जगत मगर, राम बस्नेत र क्लवका प्रमुख संरक्षक एवं भुतपुर्व क्लव अध्यक्ष बालकुमार गुरुङ्गज्यूलाई समेत राजदूतको बाहुलीबाट कदरपत्र प्रदान गरी सम्मान गरेको छ ।

बिहानको ८ बजेदेखी शुरु भएको भलिबल प्रतियोगिता साँझको ६ बजे मात्र समापन भएको थियो । जसको औपचारिक घोषणा क्लव अध्यक्ष किरण पौड्यालज्यूले यस प्रतियोगिताबाट अन्तर्राष्ट्रिय स्तरका टुर्नामेण्टहरुमा सहभागी हुनको निम्ती क्लवले राष्ट्रिय स्तरका खेलाडीहरु छनौट गरेको र जसमा १४ जना खेलाडीहरु छनौटमा परेका जानकारी गराउँदै र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शक एवं सहभागी सबै टिमहरुलाई धन्यवाद दिंदै गर्नु भएको थियो ।

भलिबल प्रतियोगिताका प्रमुख झलकहरु:

Advertisements

3 responses to “भलिबल प्रतियोगितामा सहभागी सबैलाई माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबद्वारा धन्यवाद ज्ञापन

  1. thank you Jay bro for update good picture.

  2. thanks माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब but Referee Jagat has not much knowledge about volleyball regulations so there was some mistake happen. But we hope in future it would never happen. Thanks ones again to MESC

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.