कुनै पनि आँधीहुरीले बिचलित हुन्नः पारस


काठमाडौं, (नेस), चितवनको टाइगर टप्स होटलमा भएको घटनापछि चर्चाको शिखरमा रहेका पूर्वयुवराज पारस शाहले राष्ट्रको सम्मान गर्ने कुरामा कस्तै आँधीबेहरीहुरीले समेत आफूलाई बिचलित नबनाउने बताउनुभएको छ।

आइतबार बेलुका विज्ञप्ति जारी गरी उहाँले आफू सधैं नेपाली जनताप्रति समर्पित रहने जनाउँदै राष्ट्र र पुर्खाको गौरवपूर्ण इतिहासप्रति मेरो आस्था अबिचलित र अटल छ भन्ने कुरा सार्वभौमसत्ता सम्पन्न नेपाली जनताप्रति जाहेर गर्दछु -विज्ञप्तिमा भनिएको छ।

स्वदेश तथा विदेशबाट मलाई समर्थन गर्ने सबै देशभक्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु राजनीतिक दल संचारकर्मी नागरिक समाज कानुनविद् तथा सुरक्षानिकायलाई मप्रति दर्साएको असिम स्नेह र क्रियाशील सहयोगका लागि आभार व्यक्त गर्दछु -उहाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाली जनताका राष्ट्रिय स्वाभिमान बचाइराख्ने कुरामा देश वा विदेशमा जहाँसुकै रहेका भए पनि आमनेपाली जनताको क्रियाशील र वीरत्वपूर्ण सहभागिता रहनेछ भन्ने समेत अपेक्षा व्यक्त गर्दै सबै देशभक्त नेपालीप्रति अभिवादन व्यक्त गर्दछु -विज्ञप्तिमा उल्लेख छ।

उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीसँगको विवादमा हवाई फायर गरेपछि चितवन प्रहरीको नियन्त्रणमा रहेका पूर्वराजा पारस १० हजार रुपियाँ धरौटी राखेर फागुन १९ गते पुनः हाजिर हुने गरी मुक्त हुनुभएको थियो। चितवनबाट पोखरा पुग्नुभएका उहाँले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भनिए पनि उहाँले पत्रकार सम्मेलन स्थगित गरी काठमाडौं आएर निर्मल निवासबाट प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।

Posted By: Thapa/Bikram Mr                                     Source: newsofnepal

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.