एमआरपी फारम वितरण गरेकै दिन समस्या


सरोज ढकाल, (काठमाडौं), पहिलो पटक मेसिन रिडएवल पासपोर्ट एमआरपी जारी गर्ने प्रक्रियामा रहेको परराष्ट्र मन्त्रालयले त्यसका लागि फारम बुझ्ने प्रक्रियामै विभिन्न किसिमका प्राविधिक समस्याहरु खेपेको छ। 

फारममा देखिएको प्राविधिक समस्याले गर्दा करिब ५ सय फारम बुझ्ने लक्ष्य राखेको केन्द्रीय राहदानी विभागले आइतबार जम्मा ३ सय ७४ फारम मात्रै स्वीकृत गरेको एक अधिकारीले बताए। स्वीकृत फारमहरुमध्ये सोमबार राहदानी बनाउँदा कतिको फोटो स्वीकृत हुन्छ त्यतिले मात्रै राहदानी पाउन सक्ने उनको दाबी छ। आइतबार १ जनाले अतिरिक्त रकम बुझाएर एमआपीको माग गरेका छन्। ४ गते फारमहरुमार्फत माग गरिएका सबैको एमआरपी यही पुस ११ गते मन्त्रालयले उपलब्ध गराउने जनाएको छ।

फारममा संलग्न सबै फोटोमा तोकिएको मापदण्ड नपुग्ने र फारममा केरमेट हुँदा त्यस्तो समस्या आएको मन्त्रालय स्रोतले बतायो। मन्त्रालयले आइतबारदेखि एमआरपीका लागि पहिलो पटक फारम वितरण गरेको हो।

आइतबार सबै राहदानी फारम स्कृती नहुनको पछाडि तोकिएबमोजिमको तस्वीरको अभाव पनि हो। एमआरपीका लागि छ महिनाभित्र खिचेको ४ दशमलव ५ सेमी लम्बाइ र ३ दशमलव ५ सेमी चौडाइ भएको रंगीन तस्वीर आवश्यक पर्दछ भने फोटोको कुल क्षेत्रफलको ७० देखि ८० प्रतिशत भागमा मानिसको आकृति हुनु पर्दछ। उच्च रिजोलुसनमा खिची स्तरीय कागजमा छापेको तथा कुनै किसिमको धब्बा नलागेको बोडर लाइनको प्रयोग नभएको हुनु पर्ने परराष्ट्रले जनाएको छ।

प्राविधिक रुपमा देखिएका अन्य समस्याहरुमा नागरिकता नेपाली राख्ने गरिएकोमा नेपाली र विक्रम सम्वतमा राख्दै आएको जन्ममिति इस्वी सम्वतमा राख्ने व्यवस्था हुँदा सिर्जना भएको एक अधिकारीले बताए। सेवाग्राहीलाई ती कुराहरु थाहा नहुँदा समस्या उत्पन्न भएको उनको दाबी थियो।

राहदानीका सेवाग्राहीहरुले जन्मस्थानको ठाउँमा जिल्ला राख्नुपर्नेमा गाविस नगरपालिका आदिको नाम उल्लेख गरिदिँदा समस्या परेको केन्द्रीय राहदानी विभाग स्रोतले बतायो। नयाँ राहदानीमा अनिवार्य नागरिकता नम्बर उल्लेख गर्नुपर्ने भएकाले सो नम्बर नभएका पुराना नागरिकताहरु पनि समस्या बनेको स्रोतको दाबी छ।

फारम वितरण गरेकै दिन आएका समस्याले गर्दा राहदानी लिन आएका हजारौं सेवाग्राहीले एमआरपीका लागि फारम बुझाउन सकेनन्। विगतमा दैनिक २ हजार ७ सयसम्म हस्तलिखित राहदानी जारी गरेको मन्त्रालयले समस्या आएकाले आइतबार कर्मचारीहरुले ३ सय ७४ वटा मात्रै फारम स्वीकृत गरेको छ।
जनशक्तिको अभावमा विभाग स्वयंले अनलाइनमा फारम भरिदिन नसक्ने विभागका एक उच्च अधिकारीले बताए। विभागले सबैको सहजताका लागि हस्तलिखित छापिएका र अनलाइनमार्फत आएका तीनै किसिमका फारमहरुलाई स्वीकृत गर्ने उनले बताए। घरमै डिजिटल क्यामरा इन्टरनेट सुविधा भएर पनि फोटोको गुणस्तर तथा आकार प्रकार थाहा नहुँदा सेवाग्राहीहरुलाई फोटोस्टुडियो अनिवार्य धाउनुपर्ने बाध्यता छ।

गैरनेपाली नागरिकका हातमा एमआरपी पुग्न नदिन गृहमन्त्रालयले एउटा नागरिकता जाँचबुझ टोली आइतबारदेखि परराष्ट्र मन्त्रालयमा खटाएको छ। टोलीले शंका लागेका नागरिकताहरु परीक्षण गरी राहदानी दिने/नदिने विषयमा अन्तिम निर्णय लिने विभागका एक कर्मचारीले बताए।

एमआरपी जारी भएपछि विगतमा जस्तो राहदानी हराउँदा पुनः बनाउनुपर्ने समस्या नगन्य रुपमा आउने अधिकारीहरु बताउँछन्। एमआरपीको कोड नम्बर र त्यसका विवरणहरु अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित हुने भएकाले एक व्यक्तिको राहदानी अर्कोले प्रयोग गर्न नसक्ने विश्वास मन्त्रालयले लिएको छ।

मन्त्रालयले शुक्रबारदेखि हस्तलिखित राहदानीका लागि फारम वितरण गर्न रोक लगाएको छ। स्रोतका अनुसार मन्त्रालयमा अहिले पनि डेढ लाख हस्तलिखित राहदानी पुस्तिकाहरु रहेका छन्। ती पुस्तिकाहरु आपतकालीन सेवामा बढीमा छ महिनाका लागि प्रयोग हुन सक्ने मन्त्रालय स्रोतले जनायो।

Posted By: Thapa/Bikram Mr                   Source: newsofnepal

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.