तीन दलबीच कुरा मिलेन


गंगा बिसी                    
काठमाडौ, पुस ४ – विशेष अधिवेशनका लागि दर्ता गराएको प्रस्ताव फिर्ता लिएर नियमित अधिवेशनमा जानुपर्ने कांग्रेस र एमालेको आग्रह माओवादीले अस्वीकार गरेको छ । आइतबारबाट बस्न लागेको संसदको विशेष अधिवेशन पूर्व सहमति खोज्न प्रमुख तीन दलका शीर्ष नेताबीच शान्ति मन्त्रालयमा बसेको बैठकमा दलहरु आ-आफ्नै अडानमा  कायम रहेपछि कुनै ठोस सहमति जुट्न सकेन ।

केही साना दलको सहयोगमा माओवादीले गरेको समावदेन अनुरुप राष्ट्रपतिले विशेष अधिवेशन बोलाएका हुन् ।

माओवादीले अघिल्लो अधिवेशनको अन्त्यसंगै प्रधानमन्त्रीका एक्ला उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेलको उम्मेदवारी स्वतःखारेज भएको दावी सहित प्रधानमन्त्री निर्वाचनमा नयाँ प्रक्रिया र नियमावली संशोधन सहितको प्रस्ताव संसदमा दर्ता गराएको छ । माओवादी आफ्नो अडानमा कायमै राहेकाले बैठकमा कुरा मिल्न नसकेको एमाले नेता भरतमोहन अधिकारीले बताए ।

माओवादीले नियमित अधिवेशन बस्ने भएपनि उक्त प्रस्ताव उपर नै छलफल हुनुपर्ने अडान राखेको छ । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकपछि सभामुखसंग कुरा गरेर अधिवेशन कसरी अगाडि बढाउने विषयमा छलफल गरिने बताए । ‘सभामुखसंगको परामर्श र थप छलफलपछि पुनः बैठक बस्ने छौं’ उनले भने ।एमाले र कांग्रेसको राखेको  प्रस्ताव आफूहरुलाई मान्य नभएको श्रेष्ठले जनाए ।  तीन दलको बैठक पुस ८ गते बोलाइएको छ । आज पहिलो दिनको संसद अधिवेशन औपचारिकतामा सिमित गरेर बीचको चार दिनमा थप छलफल गरी सहमति खोज्न फेरि बैठक बस्ने नेताहरुबीच सामान्य सहमति भएको छ ।  बैठकमा प्रधानमन्त्री लगायतका शिर्ष नेताको उपस्थिति रहेको थियो ।

Posted By: Shiva Paudel

Source: Kantipuronline

 

 

 

Advertisements

One response to “तीन दलबीच कुरा मिलेन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.