काजोल तीन वर्ष फिल्म नखेल्ने


 

  घरपरिवारको जिम्मा नहोइन्जेलको कुरा अर्कै हो । विवाहित नहोइन्जेल ‘कुछ कुछ होता है’ नायिका काजोल कतिसम्म व्यस्त थिइन् भने उनी एक महिनामै लगातार चार/पाँचवटा फिल्ममा पनि अभिनयमा व्यस्त रहन्थिन् ।

नायक अजय देवगणलाई भेटेपछि उनको जीवनमा छाएको वहार र भिन्न शैलीको व्यस्तताको कुरा भने अर्कै छ ।

यस वर्ष बजारमा आएका ‘वी आर फ्यामिली’, ‘माई नेम इन खान’ फिल्महरुको चर्चापरिचर्चामा छाइरहेका बेला काजोलले अबका केही वर्ष फिल्म नखेल्ने घोषणा गरेकी छन् ।

यी ३५ वर्षेले यो निर्णय यसै गरेकी होइनन्, बरू आफ्नो घरपरिवारलाई सक्दो समय दिनका लागि उनले यो निर्णय गरेकी हुन् । केही महिनाअघि जन्मेको छोरो युगलाई समय दिनका लागि उनले फिल्मी-फुर्सतमा बस्न लागेकी हुन् ।

यसअघि उनकी छोरी न्यासा पनि छन् । काजोल अब केही समय भने आफ्नो आगामी फिल्म ‘तुनपुरका सुपर हिरो’को प्रोमोसनमा लागिपर्ने

भएकी छन् ।  

Posted by: Dambar Rimal                                                     sourced by: ekantipur

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.