महिला तथा बालबालिकालाई ८१ करोड ७३ लाख


– रञ्जित तामाङ, काठमाडौं

 चालू आर्थिक वर्षमा महिला तथा बालबालिकाका लागि सरकारले ८१ करोड ७३ लाख ३८ हजार रुपैयाँ विनियोजन गरेको छ । महिला बालबालिका विभागमार्फत विनियोजन रकममध्ये ५२ करोड ६८ लाख ३२ हजार रुपैयाँ सरकारले प्रदान गरेको छ भने २९ करोड ५ लाख रुपैयाँ एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोग रहने भएको छ ।

लैंगिक समानता तथा महिला सशक्तीकरण आयोजना नामक पाँचवर्षे कार्यक्रमका लागि एडीबीले १५ करोड ५० लाख ऋण सहयोग गरेको छ । कार्यक्रम एडीबीको सहयोगमा २००७ देखि २०११ सम्मका लागि सञ्चालन भइरहेको छ ।

सरकारले विनियोजन गरेको रकम महिला तथा बालबालिका विभागअन्तर्गतका ७५ जिल्ला कार्यालयहरूमार्फत खर्च गरिनेछ ।  सरकारबाट विनियोजित रकम ३१ करोड ६५ लाख ३४ हजार पुँजीगत र बाँकी २१ करोड २ लाख ९८ हजार रुपैयाँ चालू खर्च रहेको छ ।

सरकारले विनियोजन गरेको बजेट महिला सशक्तीकरण, बालकल्याण, समाजकल्याण कार्यक्रम, बालश्रम उन्मुलन, द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण तथा विकास र महिला विकासका केन्द्र र जिल्लास्तरका कार्यक्रममा खर्च गरिनेछ । जनचेतना, वकालतजस्ता कार्यक्रमका लागि खर्च गर्ने विभागका लेखा प्रमुख बद्रीराज अर्यालले बताए ।

एडीबीबाट प्राप्त रकममध्ये तथा सुदूरपश्चिम र मध्यमाञ्चलका १५ जिल्लामा मात्र खर्च गरिनेछ । लेखा प्रमुख अर्यालका अनुुसार मध्य तथा सुदूरपश्मिाञ्चलका अति दुर्गम र मध्यमाञ्चलमा तराई र पहाडका सुगम तर महिलाहरूको अवस्था नाजुक रहेका जिल्लाहरूमा उक्त कार्यक्रम सञ्चालित छ ।

कार्यक्रमले आर्थिक, सामाजिक, न्यायिक, सशक्तीकरण र संस्थागत सुदृढीकरण तथा आयोजना व्यवस्थापनमा खर्च गर्नेछ । सामाजिक सशक्तीकरण कार्यक्रमअन्तर्गत ११ हजार ५२ समूह गठन भई ६१ हजार ५ सय ८८ जना सदस्य आबद्ध रहेका छन् ।

हालसम्म ४० प्रतिशत दलित, ३५ प्रतिशत जनजाति र २५ प्रतिशत अन्य महिला गरी कुल ४ हजार २ सय ९० महिलालाई लघुउद्यम तालिम दिइसकेको जनाएको छ ।

कानुनी सशक्तीकरण कार्यक्रमअन्र्तगत ८२ गाउँ विकास समितिका ७ हजार महिला तथा पुरुषले कानुनी अधिकार तथा र सवालका ’boutमा तालिम लिइसकेका छन् । साथै १५ जिल्लामा कानुनी पुस्तकालयहरूको स्थापना गरिसकेको छ ।

सोही कार्यक्रमअन्तर्गत बचत कार्यमा संलग्न महिलाहरूले हालसम्म ८ करोड २० लाख रुपैयाँ बचत संकलन गरिसकेको कार्यक्रमका एक सल्लाहकारले जानकारी दिए । 

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.