www.kuwaitnepal.com / MESC परिवार माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लबको ११ औ वार्षिक उत्सबको उपलक्ष्यमा हुन गईरहेको अन्तरनेपाली भलीबल प्रतियोगितामा सम्पूर्ण आगन्तुक, खेलप्रेमी पाहुना,दर्शक,खेलाडी,लगायत यस प्रतियोगितामा सहयोग पुर्याउने सम्पूर्ण टिमहरुलाई माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब हार्दिक हार्दिक स्वागत गर्दछ।
Daily Archives: 16/12/2010
MESC सम्पूर्ण आगन्तुक, खेलप्रेमीलाई स्वागत गर्दछ
Posted in MESC गतिविधि
आवश्यक परे फेरि गोली चलाउँछुः पारस
गोलिकाण्डपछि सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएका पूर्वयुवराज पारस शाहले उक्त घटनालाई राजनीतिक रंग दिएका छन् । रिहा लगत्तै चितवनबाट बिहीबार साँझ पोखरा आएका शाहले आफुले देश र राष्ट्रका लागि यस्तो गरेको बताउँदै घटनालाई राजनीतिकरणको प्रयास गरेका हुन् ।
उनले पोखरा विमानस्थलमा संवाददाताहरुको यस्तो घटना किन घटाउनु भएको ? भन्ने जिज्ञासामा देश र जनताका लागी फेरि पनि यस्तो गर्न सक्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
रुवेल र सुजाता दुबै डाक्टर !
पारस गोलीकाण्डपछि चर्चामा आएका परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीको पृष्ठभूमि शंकास्पद् पाइएको छ। चौधरी परिवार र आफन्त सञ्चालक रहेको वर्ल्ड पिस एन्ड इकोनमिक डेभलपमेन्ट अर्गनाइजेशन नामक संस्थाको वेबसाइटमा रुबेलले आफूलाई र सासु सुजातालाई पनि डाक्टरका रुपमा चिनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
१२ वर्षीया बालिका गर्भवती
बलात्कारका अभियुक्तलाई दलको संरक्षण
अमृता अनमोल,
बुटवल, पुस १ – बलात्कार गर्ने युवा फरार भएपछि बाह्र वर्षीय एक गर्भवती बालिकाको विचल्ली भएको छ ।
बलत्कारमा संलग्न मधेशी जनअधिकार फोरम सम्वद्ध युवा फरार भएपछि रुपन्देहीको पट्खौली गाविसकी मुस्लिम बालिकाको विजोग भएको हो । पटक–पटक बलत्कार भएकी उनको पेटमा अहिले सात महिनाको गर्भ छ । प्रजनन अंगहरुको राम्रोसित विकास नहुदै गर्भवती बनेकी उनी पुर्णत खतरामा रहेको चिकित्सकले बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो/सबैको निधन
काठमाडौ, पुस १ – बुधबार दिउँसोदेखि हराएको तारा एयरको विमान ओखलढुंगाको श्रीचौर गाविसमा दुर्घटनाग्रस्त अवस्थामा बिहीबार बिहान फेला परेको छ । विमानमा सवार सबैको निधन भएको छ । विमानमा चालक दलका तीन जना सहित २२ जना थिए । उद्धारका लागि प्रहरी र नेपाली सेना घट्नास्थलमा पुगिसकेको छ ।
ओखलढुंगास्थित कान्तिपुर संवाददाता कुम्भराज राईले स्थानीय सैनिक स्रोतलाई उदृत गर्दै जनाएअनुसार घटनास्थलमा २२ जनाको शव भेटिएको छ । शव क्षतविक्षत अवस्थामा रहेको छ । शवहरुलाई संकलन गर्ने कार्यमा सेना र प्रहरी खटिएका छन् । घट्नास्थलमा रहेको सेनाको हेलिकप्टरबाट शवहरुलाई काठमाडौं लाने तयारी गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
काठमाडौंमै उपलब्ध छन् सेक्स टोयहरू
यौन सम्बन्धमा समस्या हुनेहरूका लागि कृत्रिम यौनाङ्गको प्रयोग उपयुक्त हुने कुरा पुरानो भएको व्यवसायीहरू बताउँछन् । प्रविण ढकाल भन्छन्-‘कुरा के हो भने नियमित फ्रेन्ड्ली सेक्स गरिरहेका दम्पतीले वाइल्ड सेक्सको चाहना राख्ने क्रममा अत्यधिक सन्तुष्टिका लागि यस प्रकारका साधन प्रयोग गर्ने हो ।’ स्वीट सेक्रेटमा पुरुषलाई चाहिने २७ प्रकारका महिला कृत्रिम यौनाङ्ग उपलब्ध छन्, जसमा डबल भेजिना भएको डल पनि छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन