नेपालको कीर्तिमानी जित


 काठमाडौ, मंसिर २९ – नेपालले अफगानिस्तानमाथि १३-० को कीर्तिमान जित रच्दै बंगलादेशको कक्स बजारमा भइरहेको पहिलो साफ वुमन्स फुटबल च्याम्पियनसिपमा मंगलबार लगातर दोस्रो जित आत्मसात् गरेको छ ।सन् १९८६ मा हङकङबाट अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेयता नेपालको यो सर्वाधिक फराकिलो जित हो । गत वर्ष ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरुद्ध प्राप्त ८-० को जित नेपालको यसअघिको सबैभन्दा ठूलो अन्तरको सफलता थियो ।

ऐतिहासिक प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपालले अन्तिम चार प्रवेशको सम्भावना बलियो पार्‍यो । यसअघि आइतबार नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो । समूह ‘बी’ दुई खेलबाट सम्भव ६ अंक जोडेर नेपालले शीर्षस्थानमा पकड बलियो पारेको छ । समूहको अर्को खेलमा मंगलबार कठिन रूपमा माल्दिभ्सलाई २-१ ले हराएको पाकिस्तान दोस्रो स्थानमा छ ।

समूहमा नेपाल र माल्दिभ्सले दुई-दुई खेल खेलेका छन् । पाकिस्तान र अफगानिस्तानको भने बुधबारको खेल पहिलो हो । अफगानिस्तान र माल्दिभ्सले अंक जोड्न सकेका छैनन् । समूहमा शीर्ष दुईमा रहनेले सेमिफाइनलमा अवसर पाउनेछन् । अफगानिस्तानलाई पाकिस्तानले हराएमा वा बराबर नतिजामा नेपाल अन्तिम खेल अगावै अन्तिम चारमा पुग्नेछ । समूहको तेस्रो तथा अन्तिम खेल नेपालले शनिबार पाकिस्तानसँग खेल्नेछ ।

दुई ह्याटि्रक

पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी अफगानिस्तानमाथि नेपालको प्रभावशाली जितमा स्ट्राइकरद्वय अनु लामा र जमुना गुरुङले चार-चार गोल गरे । माल्दिभ्सविरुद्ध पनि ३ गोल गरेकी अनु लगातार दुई खेलमा ह्याटि्रक गर्ने पहिलो सौभाग्यशाली भइन् । अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको १ वर्ष नबित्दै उनले ३ ह्याटि्रक आफ्नो नाममा दर्ता गरिन् । यसअघि उनले ११औं सागमा पाकिस्तानविरुद्ध पनि ३ गोल गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला खेलाडीको पहिलो ह्याटि्रक कप्तान जमुनाको नाममा छ । नेपाललाई ११औं सागमा रजत पदक दिलाउने क्रममा उनले श्रीलंकाविरुद्ध ऐतिहासिक ह्याटि्रक गरेकी थिइन् । अफगानिस्तानविरुद्धको ४ गोलमा उनको दोस्रो ह्याटि्रक पूरा भयो ।

‘टिमका सबै सहकर्मीको सहयोगमा राम्रो खेलें,’ सोमबार २६औं वर्षमा टेकेकी जमुनाले टेलिफोनमार्फत भनिन्, ‘टिमसँग सोमबार बेलुकी होटलमा जन्मदिन मनाउँदा जसरी भए पनि अफगानिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने प्रण गरेकी थिएँ, त्यो पूरा भयो ।’ पहिलो हाफमा ७ गोल गरेको नेपालको जितमा सजना राना मगर र प्रमिला राईले २-२ गोल गरे । प्रमिलाको अन्तर्राष्ट्रिय गोल संख्या ५ पुग्यो । लक्ष्मी पौडेलको नाममा १ गोल रह्यो ।

कीर्तिमानमा होड

अन्तर्राष्ट्रिय महिला फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीको नेतृत्व गरिरहेकी जमुनाले ११, ५०, ५२ र ६९औं मिनेटमा बललाई पोस्टको दिशा दिई आफ्नो गोल संख्या १३ पुर्‍याइन् । ११ वर्षअघि फिलिपिन्समा भएको एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबल करिअर सुरु गरेकी उनले ११औं सागमा ७ गोल गरेकी थिइन् ।

अनुले गरेका ४ मध्ये २ गोलको अवसर जमुनाले नै सिर्जना गरेकी थिइन् । अनुले ४, २७, ३७ र पहिलो हाफको इन्ज्युरी टाइममा गोल गरिन् । त्यस क्रममा उनले छोटो समयमा ह्याटि्रक गर्ने कीर्तिमान बनाइन् । प्रतियोगितामा उनको ७ गोल भएको छ । ११औं सागमा ५ गोल गरेकी उनको नेपालको जर्सीमा गोल संख्या १२ पुगेको छ । उनीसँग मात्र ७ खेलको अनुभव छ भने जमुनाले ११ खेल खेलेकी छन् ।

सर्वाधिक गोलकर्ताको पहिलो स्थानमा अनुको होड जमुनासँग चलिरहेको छ । उनले अफगानिस्तानविरुद्ध पहिलो गोल गर्दै सर्वाधिक गोलको कीर्तिमानमा जमुनासँगै ९-९ गोलको स्थितिमा पुगेकी थिइन् । ११औं मिनेटमा गोल गर्दै जमुना अगाडि बढे पनि अनुले २७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फेरि कीर्तिमान बराबर गरिन् । त्यसपछि पहिलो हाफमा २ गोल गर्दै केही क्षणका लागि उनले जमुनालाई पछि पारिन् । दोस्रो हाफमा ३ गोल गर्दै जमुनाले सर्वाधिक गोलको कीर्तिमान आफ्नै नाममा सुरक्षित

गरिन् ।

उत्कृष्ट लय

‘जमुना र अनुको तालमेल उत्कृष्ट रह्यो,’ नेपाली टिमका व्यवस्थापक सञ्जीव मिश्रले भने, ‘डिफेन्स र मिडफिल्डमा नेपालको उत्कृष्ट खेलसामु अफगानिस्तान निरीह देखियो । उनीहरूलाई एकपल्ट पनि गतिलो आक्रमण गर्न दिएनौं ।’ ठूलो अन्तरको जितले टिमको आत्मविश्वास बलियो बनाएको कप्तान जमुनाले बताइन् ।

दस महिनायता नेपाली महिला फुटबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च कोटिको प्रदर्शन गरेको छ । दस महिनाको अवधिमा खेलेका ७ खेलमा नेपालले ३६ गोल गरेको छ । त्यस क्रममा ८ गोल मात्र

खायो । आठै गोल भारतले गरेको हो । ११औं सागको लिग चरणमा भारतविरुद्ध ५-० ले हारेको खेलमा मात्र नेपालले गोल गर्न सकेन । यो अवधिमा नेपालले भारतसँग खेलेका २ बाहेक सबै खेलमा बाजी मारेको छ ।

सन् १९८६, १९८९ र १९९९ मा एएफसी वुमन्स च्याम्पियनसिप खेलेको नेपालले सुरुका ९ खेलमा गोलको खाता खोल्न त सकेन, प्रतिद्वन्द्वीको भारी गोल पनि खेप्नुपर्‍यो ।

त्यसमा नेपालले ६१ गोल खाएको थियो । नेपालका लागि महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय गोल पेमा लामाले १९९९ मा फिलिपिन्समा भएको एएफसी वुमन्स च्याम्पियनसिपमा उज्वेकिस्तानविरुद्ध गरेकी थिइन् । त्यसमा नेपाल ६-१ ले हारेको थियो । अहिलेसम्म नेपालले खेलेका १७ खेलमा ३७ गोल गर्दै ७५ गोल खाएको छ ।

गोलको वर्षा

११ औं सागको स्वर्ण विजेता भारतले गोलको वषर्ा गर्दै श्रीलंकालाई १८-० ले हराएर समूह ‘ए’ मा मंगलबार सुखद् सुरुवात गर्‍यो । अर्को खेलमा आयोजक बंगलादेशले श्रीलंकालाई २-० ले निराश पार्‍यो ।

 

साफ वुमन्स फुटबल च्याम्पियनसिप

समूह ँबी’ को अंक-तालिका

टिम    खेल    जित    बराबर    हार    गोल अन्तर    अंक

नेपाल    २    २    –    –    १९-०    ६

पाकिस्तान    १    १    –    –    २-१    ३

माल्दिभ्स    २    –    –    १    १-८    –

अफगानिस्तान    १    –    –    १       ०-१३    –

Posted By: Shiva Paudel

Source: Kantipuronline
 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.