एयर कन्डिसनयूक्त कभर्ट हलमा भलिबल खेल्ने खेलाडी र हेर्ने दर्शकहरुको लागी थप जानकारी


आदरणीय खेलप्रेमी कुवेतवासी नेपाली जनसमुदाय,

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको ११औं वार्षिकोत्सवको सु-अवसरमा तमाम कुवेतवासी नेपाली खेलाडी र खेलप्रेमी दर्शकहरुको भावनालाई आत्मसात गर्दै क्लवले कुवेतको खैतान कभर्ट हलको प्रांगणमा १७ डिसेम्बर २०१० को दिन, बिहानको ठिक ८ बजे देखी खुल्ला अन्तर नेपाली भलिवल प्रतियोगिताको आयोजना गर्न गईरहेको सर्वविदितै छ । साथै सो अवसरमा खेलमा सहभागिता जनाउनु हुने खेलाडी र दर्शकहरुका लागि कभर्ट हल समितिले स्थानिय नियम र कानूनका दायरा भित्र रहि सोही बमोजिमका शर्तनामाहरुको पालना गर्न अग्रिम सूचित गरेकोले तपसिलमा उल्लेखित नियमहरुको पालना गरी दिनु हुन समस्त खेलाडी तथा खेलप्रेमी दर्शकहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव आयोजक समिति हार्दिक अनुरोध गर्दछ ।

१) खेलाडीहरुले कभर्ट हलमा खेल्दा केबल स्पोर्ट्स जुत्ता मात्र लगाएर खेल्नु पर्नेछ ।

२) पैतलामा गोटी भएका र कलर (रंग ) जाने खालका जुत्ताहरु लगाएर खेल खेल्न र हल भित्र जान मनाही गरिएको छ ।
 
३) खेल मैदान भित्र केबल ८ जना खेलाडीहरु र १ जना टिम मेनेजर मात्र प्रवेश गर्न सकिने छ । बाँकी दर्शक एवं बुद्दिजिबी वर्गहरु आ-आफ्नै स्थानमा आसिन रही बिना कुनै उछ्रिङ्खल गतिविधि र होहल्ला गरेर खेल हेर्न सकिने छ ।

४) सो अवसरमा उपस्थित सबैले कभर्ट हल बाहिर क्यान्टिनमै बसेर जलपान गर्न सकिने छ । तर कभर्ड हल भित्र लगेर खान पिउन कसैलाई पनि मनाही गरिएको छ । जलपानको लागि क्याटेरिङ्गको व्यवस्था सुपथ मुल्यमा आयोजक समितिले गर्नेछ ।  
 
५) धुम्रपान, मध्यपान सेवन गर्न कभर्ट हल भित्र कसैलाई पनि मनाही गरिएको छ ।

६) सबै टिमका खेलाडीहरु खेल मैदानमा बिहानको ७.०० बजे पुगेर आयोजक समितिलाई सूचित गराउनु पर्नेछ ।
  
७) प्रतियोगिता बिहानको ठिक ८.०० बजे देखी शुरु हुनेछ । समयको हेलचक्र्याईं गरी कथं-कदाचित तोकिएको समय पश्चात सरिक हुन आउने टिमहरुलाई प्रतियोगितामा सहभागी गराउन आयोजक समिति असमर्थ रहने छ र क्षतिपूर्तीको भागीदार समेत स्वयं टिमलाई नै गराईने छ ।

प्रतियोगिता स्थल खैतान स्टेडियममा जानको लागि बाटोको रुट र बस नं. हरु निम्न बमोजिम रहेको थप जानकारी गराईन्छ ।

 -बाटो खैतानको रोड नं. २१० र बसहरु KPTC १३,१६,३१,२०,३९,३६,४०,४१,१०५,९९, CITY BUS १३,१६,४४,९९ र यसैगरी KGL १६ नं. को बसहरु जाने छन ।

 -यदी ट्यक्सीमा जान चाहेको खण्ड्मा खैतान स्टेडियम अथवा नादी खैतान भन्ने र पहिलो गेटबाट छिर्न साथ दाहिने पट्टिको घर नै भलिबल खेल्ने कभर्ट हल भएको जानकारी गराईन्छ ।

यस सन्दर्भमा थप तथा अधिक जानकारीको लागि निम्न व्यक्ति र संपर्क नं. मा संपर्क गर्नु हुन समेत हार्दिक अनुरोध गरिन्छ ।

धर्मराज गिरी – ६६०६८९२५

आयोजक समिति,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत ।

Posted by: Jay Ale

2 responses to “एयर कन्डिसनयूक्त कभर्ट हलमा भलिबल खेल्ने खेलाडी र हेर्ने दर्शकहरुको लागी थप जानकारी

  1. Thanks for this clear information…. for the public…..

    thx
    saugat

  2. thanks dharma raj sir jankariko lagi please jahasamma malai lag6 sabaile niyam ko palna garnu hun6 jasto lag6!…………….thanks care full………………………

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.