आदरणीय खेलप्रेमी कुवेतवासी नेपाली जनसमुदाय,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको ११औं वार्षिकोत्सवको सु-अवसरमा तमाम कुवेतवासी नेपाली खेलाडी र खेलप्रेमी दर्शकहरुको भावनालाई आत्मसात गर्दै क्लवले कुवेतको खैतान कभर्ट हलको प्रांगणमा १७ डिसेम्बर २०१० को दिन, बिहानको ठिक ८ बजे देखी खुल्ला अन्तर नेपाली भलिवल प्रतियोगिताको आयोजना गर्न गईरहेको सर्वविदितै छ । साथै सो अवसरमा खेलमा सहभागिता जनाउनु हुने खेलाडी र दर्शकहरुका लागि कभर्ट हल समितिले स्थानिय नियम र कानूनका दायरा भित्र रहि सोही बमोजिमका शर्तनामाहरुको पालना गर्न अग्रिम सूचित गरेकोले तपसिलमा उल्लेखित नियमहरुको पालना गरी दिनु हुन समस्त खेलाडी तथा खेलप्रेमी दर्शकहरुमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव आयोजक समिति हार्दिक अनुरोध गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्