एमालेले केन्द्रीय समितिको बैठक आजबाट/विकल्प खुला गर्न सक्ने


 काठमाडौ, मंसिर २८ – एमालेले सैद्घान्तिक रूपमा राष्ट्रिय सहमतिको एजेन्डालाई कायम राख्दै सरकारविहीनताको अवस्था अन्त्यका लागि नयाँ विकल्प खुला गर्ने सम्भावना बढेको छ ।  केन्द्रीय समितिको मंगलबार सुरु हुने बैठकबाट पुरानो निर्णयको समीक्षा गर्दै नयाँ विकल्पतर्फ जाने सम्भावना बढेको हो ।  राष्ट्रिय सहमतिका लागि अघि सारेको प्रस्तावअनुसार दलहरूबीच सहमति नजुटेपछि पार्टीले पुरानो निर्णयलाई सैद्घान्तिक रूपमा कायम राख्दै नयाँ विकल्पमा जाने मनस्थिति बनाएको स्रोतले बतायो । अधिकांश नेताहरूबाट नयाँ विकल्प अघि सार्नुपर्ने धारणा आइरहेका छन्  । कस्तो विकल्पमा जाने भन्ने’bout फरक-फरक विचार छन् । 

एमालेको संस्थापन पक्ष रामचन्द्र पौडेलले हालको उम्मेदवारी फिर्ता लिएर नयाँ प्रक्रियामा जान जाहेमा सहमतिका आधारमा सरकारको नेतृत्व उसैलाई दिन पनि सकिने मनस्थितिमा छ । तर संस्थापन पक्षकै केही नेताले नयाँ प्रक्रियामा कांग्रेसको नेतृत्व स्विकारे पनि १७ पटकसम्म हारेका व्यक्तिलाई फेरि सहमतिय सरकारको प्रधानमन्त्री बनाउन नसकिने धारणा राख्दै आएका छन् । ‘नयाँ प्रक्रिया प्रवेश गरेपछि सहमतिका आधारमा कांग्रेसकै नेतृत्व पनि स्विकार्न सकिएला तर १७ पटकसम्म हारेका व्यक्ति सहमतिको प्रधानमन्त्री बन्न सक्दैनन्,’ केन्द्रीय सदस्य योगेश भट्टराईले भने ।

Posted by: Shiva Ram Paudel

Source: Kantipuronline

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.