उच्चस्तरीय कार्यदलको औचित्य छैनः आचार्य


          कान्तिपुर संवाददाता       
 काठमाडौ, मंसिर २८ – संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले उच्चस्तरीय कार्यदलको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् । नयाँ संविधान निर्माणका क्रममा देखिएका विवादित मुद्दामा सहमति जुटाउन गठित उच्चस्तरीय राजनीतिक कार्यदलले १ सय भन्दा बढि विषयमा सहमति जुटाएको दाबी गरिरहेको बेला सभापति आचार्यबाट यस्तो प्रतिक्रिया आएको हो । उनले कार्यदल संविधानसभा अन्तर्गत नभएकाले उसले गरेका निर्णयलाई संवैधानिक र संविधान निर्माणको प्रक्रिया मान्न नसकिने बताए ।

संविधानसभा अन्तर्गतका सबै समितिमा दलकै प्रतिनिधि रहेकाले त्यस समिति मार्फत नै विवादित विषयमा टुंगो लगाइनु पर्ने आचार्यको तर्क थियो ।

मंगलबार रेडियो कान्तिपुरसँग कुरा गर्दै आचार्यले संविधानसभाका काम कारबाहीलाई ओझेलमा पार्ने गरी मुख्य दलले भिन्न संयन्त्र गठन गरेको समेत  आरोप लगाए । उनले संवैधानिक समितिहरूलाई काम गर्न पनि नदिई उल्टो उसका काममा पनि चोट पुर्‍याई रहेको गुनासो  गरे ।

Posted By Shiva Paudel

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.