रुबेल चौधरी-
हामी शनिबार साँझ साढे ७ बजेतिर डिनर खाने ठाउँमा गएका थियौं। हाम्रा नानीहरूलाई सुत्न जानुअघि नै डिनर ख्वाउन चाहन्थ्यौं। होटल र डिनर खाने ठाउँ अलग-अलग थियो। हामीले हाम्रो परिवारलाई आगोको नजिकै राखेर खाना मगायौं। पारस शाह ८ बजेतिर त्यहाँ आउनुभयो। मसँग गएका दुई जना साथीले उहाँसँग परिचय गराए। उनीहरू नै पहिले उहाँसँग गएर बोले। म अर्को कुनामा परिवारका साथ डिनर टेबुलमा थिएँ, मैले यसअघि चिनेको पनि थिइँन। त्यसपछि मेरा साथीहरूले उनी भएको टेबुलमा बोलाएपछि म गएँ र हात मिलाएँ। त्यसपछि हामीले डिनर खायौं। डिनरपछि मेरी श्रीमती र मेरा दुई साथीकी श्रीमती आगोको छेऊमा बसिरहेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/12/2010
पारसले पेस्तोल निधारमा राखेर भने, ‘म सुट गर्न गइरहेको छु’
Posted in नेपाल समाचार
अन्तर्राष्ट्रिय अदालतबाट प्राधिकरणको पक्षमा फैसला
७१ करोड ७२ लाख फिर्ता पाउने
काठमाडौं, २७ मंसिर
मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको सिभिल निर्माण कम्पनी जर्मनीको डीडीसी र चीनको सीडब्ल्यू जेभी (डीडीसी सीडब्ल्यू जेभी) सँगको दाबी भुक्तानी मुद्दा नेपाल विद्युत् प्राधिकरणले जितेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय अदालतबाट मुद्दा जितेको यो पहिलोपटक हो । फ्रान्सको अन्तर्राष्ट्रिय मध्यस्थकर्ता अदालतले प्राधिकरणको पक्षमा फैसला गरेको हो । फैसलापछि प्राधिकरणले बढी भुक्तानी गरेको ७१ करोड ७२ लाख रुपैयाँ फिर्ता पाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
नेपाल आज अफगानिस्तानसँग खेल्दै
काठमाडौं, बंगलादेशमा जारी प्रथम महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको नेपालले मंगलबार अर्को महत्वपूर्ण खेलमा अफगानिस्तानको सामना गर्दैछ। नेपाल र अफगानिस्तानको महिला टोलीबीच प्रतिस्पर्धा हुन लागेको यो पहिलो पटक हो। अफगानिस्तानले दक्षिण एसियाली राष्ट्रसम्मिलित महिला प्रतियोगिता खेलेको यो पहिलो अवसर हो। त्यस हिसाबले नेपाल अनुभवी टोली मान्न सकिन्छ।
गत वर्ष माघमा बंगलादेशमा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक विजेताका हैसियतले पनि नेपाललाई साफ च्याम्पियसिपको बलियो दाबेदारका रूपमा हेरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
नेपाललाई टेस्ट राष्ट्रसँग खेल्ने अवसर
विनोद पाण्डे, काठमाडौं, मंसिर २८- एसियाली क्रिकेट परिषद् (एसिसी) ले नेपाललाई सुहाउने गरी नयाँ कार्यक्रम अगाडि ल्याएको छ। आइतबार बंगलादेशको ढाकामा बसेको एसिसीको कार्यसमिति बैठकले टेस्ट खेल्ने एसियाका चार राष्ट्रलाई समावेश गर्दै यु-१९, ‘ए’ टिम, एकेडेमी टिम र महिला प्रतियोगिता गर्ने निर्णय गरेको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने एसिया कपमा एसोसिएट राष्ट्रले खेल्न नपाउने निर्णय गरेपछि नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियको ढोका लगभग बन्द भएको छ। यसै वर्ष भएको एसिया कपमा पनि एसियाका टेस्ट खेल्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले मात्र सहभागिता जनाएका थिए। एसिसी ट्रफीको फाइनल पुग्ने दुई राष्ट्रले एसिया कपमा खेल्न पाउने प्रावधान यसअघिको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
एमालेले केन्द्रीय समितिको बैठक आजबाट/विकल्प खुला गर्न सक्ने
काठमाडौ, मंसिर २८ – एमालेले सैद्घान्तिक रूपमा राष्ट्रिय सहमतिको एजेन्डालाई कायम राख्दै सरकारविहीनताको अवस्था अन्त्यका लागि नयाँ विकल्प खुला गर्ने सम्भावना बढेको छ । केन्द्रीय समितिको मंगलबार सुरु हुने बैठकबाट पुरानो निर्णयको समीक्षा गर्दै नयाँ विकल्पतर्फ जाने सम्भावना बढेको हो । राष्ट्रिय सहमतिका लागि अघि सारेको प्रस्तावअनुसार दलहरूबीच सहमति नजुटेपछि पार्टीले पुरानो निर्णयलाई सैद्घान्तिक रूपमा कायम राख्दै नयाँ विकल्पमा जाने मनस्थिति बनाएको स्रोतले बतायो । अधिकांश नेताहरूबाट नयाँ विकल्प अघि सार्नुपर्ने धारणा आइरहेका छन् । कस्तो विकल्पमा जाने भन्ने’bout फरक-फरक विचार छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
उच्चस्तरीय कार्यदलको औचित्य छैनः आचार्य
कान्तिपुर संवाददाता
काठमाडौ, मंसिर २८ – संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले उच्चस्तरीय कार्यदलको कुनै औचित्य नभएको टिप्पणी गरेका छन् । नयाँ संविधान निर्माणका क्रममा देखिएका विवादित मुद्दामा सहमति जुटाउन गठित उच्चस्तरीय राजनीतिक कार्यदलले १ सय भन्दा बढि विषयमा सहमति जुटाएको दाबी गरिरहेको बेला सभापति आचार्यबाट यस्तो प्रतिक्रिया आएको हो । उनले कार्यदल संविधानसभा अन्तर्गत नभएकाले उसले गरेका निर्णयलाई संवैधानिक र संविधान निर्माणको प्रक्रिया मान्न नसकिने बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार