२७ मंसिर, काठमाडौं । नेपाली साहित्य जगतमा वरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको सोमवार विहान निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको छ । दमको रोगवाट पिडित उनको हिमाल अस्पताल कमलपोखरीमा उपचार हँदाहँदै मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/12/2010
रोजगारीका लागि इजरायल खुला गर्न सचिवस्तरीय भ्रमण
– मोहन गुरुङ
चालू आर्थिक वर्षभित्र महिला कामदारको मुख्य गन्तव्य इजरायलमा सरकारी टोलीले भ्रमण गरी त्यहाँको सरकारसँग नेपाली कामदार लिन कूटनीतिक पहल गर्ने भएको छ । वैदेशिक रोजगार व्यवसायीले कामदारसँग अधिक रकम लिएको भन्दै इजरायल सरकारले २ वर्षअघि नेपाली कामदारलाई इजरायलमा रोजगारीका लागि जान रोक लगाएको थियो ।
महिला कामदारका लागि सुरक्षित र आकर्षक तलब भएकाले इजरायल खुलाउनका पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
‘राजतन्त्र गएको रिस पोख्न’ पारसले सुजाताका ज्वाइँलाई पेस्तोल
मंसिर २७ (नागरिक)-गणतन्त्र घोषणा तथा कार्यान्वयन गर्ने तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालासँगको रिस पोख्न पूर्वयुवराज पारस शाहले शनिबार राति चितवनको जंगल रिसोर्टमा कोइरालाका नातिनीज्वाइँलाई पेस्तोल तेर्स्याएर दुव्यर्वहार गरेका छन्। स्वर्गीय कोइरालाकी छोरी तथा उपप्रधानमन्त्री सुजाता कोइरालाका छोरीज्वाइँ रुबेल चौधरीलाई टाइगर्स टप्सको बारबाट बाहिर लगेर ‘गणतन्त्र ल्याउने सबैलाई खत्तम गरिदिन्छु’ भन्दै पारसले पेस्तोल तेर्स्याउनुका साथै केही राउन्ड हवाइफायर पनि गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
११ पुसदेखि सर्वसाधारणलाई एमआरपी
सन्तोष घिमिरे
नयाँ पत्रिका
परराष्ट्र मन्त्रालयले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) ११ पुसदेखि सर्वसाधारणलाई जारी गर्ने भएको छ । सुरुमा केन्द्रीय राहदानी कार्यालयबाट मात्रै एमआरपी जारी हुने भएको छ । परराष्ट्र मन्त्रालयले ४ पुसदेखि एमआरपीका लागि सर्वसाधारणसँग आवेदन फारम लिन सुरु गर्ने जनाएको छ । फारम लिन सुरु भएको सात दिनपछि एमआरपी जारी गर्ने तयारी रहेको केन्द्रीय राहदानी कार्यालयका प्रमुख तथा परराष्ट्र सहसचिव भरतराज पौडेलले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार