कोरियालीलाई बचाएर नेपाली ‘साहसिक हिरो’


          (दिनेश रेग्मी)

  दोहा (कतार), मंसिर २६ – एक नेपाली कामदारले कतारमा सँगै काम गर्ने दक्षिण कोरियालीको ज्यान बचाएर ‘साहसिक हिरो’ भएका छन् । ती साहसिक हिरो बघौडा- ८, चितवनका ३१ वर्षे गोलमान गुरुङ कतारका लागि दक्षिण कोरियाली राजदूत चाङ सि जोङबाट सम्मानित समेत भएका छन् ।  तीस मिटर गहिरो खाडलमा काम गर्दैगर्दा करेन्ट लागेर पानीमा डुबेका ५४ वर्षीय कोरियाली सुपरभाइजर यु सु किमलाई उनले बचाएका थिए ।

कतारको सामुदि्रक किनारस्थित पाँच तारे होटल इन्टरकन्टिनेन्टलमा शुक्रबार राति आयोजित ‘कोरियाली समुदायको वाषिर्क भेला’ मा राजदूतले प्रशंसापत्र, पुष्पगुच्छा र घडी उपहार दिई गुरुङलाई सम्मान गरे । उनलाई १ हजार रियाल (२० हजार रुपैयाँ) पुरस्कारसमेत दिइयो ।

राजदूत चाङले गुरुङ र नेपाली समुदायप्रति आभार व्यक्त गरे । कतारका लागि नेपाली राजदूत सूर्यनाथ मिश्रले गुरुङको कामले सबै नेपालीलाई गर्व लागेको बताए । ढलको पाइपसम्बन्धी काम गर्न खाडलमा गएका बेला वाटरप्रुफ जेनेरेटरमा बिजुली सट भएपछि पाँच जनालाई ३ सय भोल्टको करेन्ट लागेको थियो । तीमध्ये ५४ वर्षीय कोरियाली कामदार घाइते भए भने अर्का नेपाली नवलपरासीका राजु विश्वकर्माको मृत्यु भयो ।

करेन्ट बन्द भएपछि करिब ४  फिट पानी भएको खाडलमा ती कामदारलाई डुबेकै ठाउँबाट गुरुङले उतारेका थिए । साढे चार महिनाअघिको घटनामा अन्य तीन जना करेन्ट बन्द हुनासाथ छेउ लागेका थिए । सम्मानित भएलगत्तै गुरुङले कान्तिपुरसँग कुरा गर्दै एकातिर खुसी व्यक्त गरे भने अर्कोतिर दुःख मनाउ गरे । कोरियालीको ज्यान बचाउन सकेर सम्मानित हुन पाउँदा खुसी लागे पनि धमिलो पानीका कारण राजु विकलाई नदेखेर ज्यान बचाउन नपाएकामा भने दुःख पोखे ।

गुरुङ कार्यरत कम्पनी कोरियन कम्पनी मुनह्वा कन्स्ट्रक्सनका जनरल म्यानेजर जोङ सुल लीले गुरुङको योगदान सदैव स्मरणीय रहने बताए । ‘उनी एक साहसिक हिरो हुन्, जसको मूल्य हामी कहिल्यै तिर्न सक्दैनौं,’ जोङले कान्तिपुरसँग भने, ‘हामीले उनलाई कोरियामै काम गर्नका लागि प्रस्ताव गरेका छौं ।’

करिब पाँच वर्षदेखि कतारमा कार्यरत गुरुङ साधारण कामदार हुन् । उनी ढलको पाइपको जोर्नी जोड्न सिमेन्ट घोलेर हाल्ने गर्छन् । उनीसँगै काम गर्ने मृतक विकको परिवारलाई क्षतिपूर्ति रकम पठाइसकेको कामदार सप्लाई गर्ने एक कम्पनी अल राड टे्रडिङ एन्ड कन्ट्राक्टिङका प्रबन्धक धनुषाका मनिकलाल मण्डलले बताए । काम गर्दागर्दै मृत्यु भएका कामदारलाई कतारको कानुनअनुसार २ लाख रियाल (४० लाख रुपैयाँ) क्षतिपूर्ति दिनुपर्ने नियम छ ।

प्रकाशित मिति: २०६७ मंसिर २६ ०८:२६

posted by:- dambar prasad rimal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.