अनुहार हेरेरै भविष्यवाणी गर्ने नरनारायणको बाबाको निधन


कान्तिपुर संवाददाता

काठमाडौ, मंसिर २६ – भेट्न आउनेलाई अनुहार हेरेरै भविष्यवाणी गर्ने र त्यसबाट पर्ने बाधा व्यवधान पार गर्ने उपाय’boutमा जानकारी दिँदै आएका बाबा नरनारायणको आइतबार विहान ३८ वर्षको उमेरमै निधन भएको छ। मस्तिष्कघातको कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । काठमाडौँको मातातीर्थस्थित बाबाको आफ्नै आश्रममा बिहान बेहोस भएपछि उपचारका लागि सो अस्पतालमा ल्याइएको थियो।

उपचारका क्रममा उनको निधन भएको सो अस्पतालका सञ्चार सल्लाहकार आरपी मैनालीले जानकारी दिए ।

अर्घाखाँचीको बाघी गाविस-२ डाँडाखर्कमा चित्रबहादुर केसीका सुपुत्रका रुपमा विसं २०२९ सालमा जन्मभई सोही स्थानको जनज्योति माध्यमिक विद्यालयमा प्रारम्भिक र भगवती मावि सङ्खेटारीबाट प्रवेशिका परीक्षा लिएका बाबा नरनारायणको बाल्यकालको नाम नरेन्द्र केसी थियो।

बाबा नरनारायणले मातातीर्थमा खोलिएको आश्रममा दैनिक सयौँ सर्वसाधारणदेखि लिएर प्रभावशाली राजनीतिक व्यक्तिहरुसमेत उनबाट आर्शीवचन लिन जानेगर्दथे । उनले सोही स्थानमा वृद्धाआश्रम समेत सञ्चालन गर्दैआएको छ।

खासगरी मानव र मोक्षका विषयमा उनले आर्शीवर्चन लिन आउनेहरुलाई प्रवचन दिने गर्दथे । रासस

posted by: डम्बर प्रसाद रिमाल

                                                                                                         

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.