अमेरिकाले २१ अर्ब सहयोग दिने


काठमाडौं, २३ मंसिर –  अमेरिकाले नेपाललाई सन् २०११ मा २१ अर्ब ३० करोड रुपैयाँ (३० करोड अमेरिकी डलर) सहयोग दिने भएको छ । नेपालको शान्तिप्रक्रिया, कृषि, स्वास्थ्य तथा शिक्षा र पूर्वाधार विकासका लागि अमेरिकाले यो सहयोग उपलब्ध गराउने भएको हो ।

नेपालको राजनीतिकमा स्थिरता देखिए पूर्वाधार विकासका लागि थप सहयोग आउनसक्ने अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माले बताए । अहिले अमेरिकाले सन् २०११ का लागि बजेटको तयारी गरिरहेको छ ।

बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अर्थ सम्वादमा राजदूत शर्माले नेपालको शान्तिप्रक्रिया टुंगिए अमेरिकाले सहयोग दोब्बर गर्ने सम्भावना रहेको बताए ।

अमेरिकी सरकार राजनीतिक परिवर्तन र सरकार निर्माण प्रक्रिया’bout निकै संवेदनशील रहेकोले नेपाल र अमेरिकाबीच हुने भनिएको व्यापार तथा लगानी ढाँचासम्बन्धी सम्झौता (टिफा) मा ढिलाइ भएको जानकारी शर्माले दिए । “सबै प्रक्रिया पूरा भएको छ,” उनले भने, “स्थायी सरकार गठन हुनासाथ यसमा हस्ताक्षर हुनेछ ।”

शर्माले नेपालमा अमेरिकी लगानी भित्र्याउने र सुविधा लिने विषयमा पहुँचको कमी रहेको बताए । अमेरिकाका २ हजारभन्दा बढी कम्पनीले विभिन्न मुलुकमा लगानी गरेको भन्दै उनले यी कम्पनीको लगानी नेपालमा विस्तार गर्न समन्वय आवश्यक रहेको उल्लेख गरे ।

नेपालको व्यापार घाटा अरु मुलुकहरूसँग बढिरहेको अवस्थामा अमेरिकासँग करिब १ अर्ब नाफा छ । पछिल्लो समयमा अमेरिकी पर्यटकको आगमन र अमेरिकामा तयारी पोसाक निर्यातले सकारात्मक गति लिएको र यसले निरन्तरता पाए व्यापारमा अझै सुधार आउने राजदूत शर्माले बताए ।

अहिलेसम्म सरकारी र निजी क्षेत्रबाट अमेरिकामा व्यापार विस्तारका लागि भएका प्रयास पर्याप्त नभएको उनको भनाइ थियो । अमेरिकी लगानी भित्र्याउन तथा निकासी वृद्धिका लागि त्यहाँको चेम्बर अफ कमर्सका सदस्यसहित नेपाली प्रतिनिधि संलग्न नेपाल अमेरिका व्यापार कार्य समूह बनाउन आफूले पहल थालेको पनि उनले बताए । त्यहाँको सरकारसमक्ष लबिङ गर्ने यो समूहमा नेपाली र अमेरिकी व्यवसायी गरी अहिलेसम्म पाँच सदस्य छन् । यो संख्या बढाउन सकिने राजदूत शर्माले बताए ।

नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेले टिफा सम्झौतालाई व्यापार सुविधाका लागि छलफल गर्ने माध्यमका रूपमा लिन सकिने भएकाले योमार्फत दुईपक्षीय व्यापार सम्झौतामा प्रवेश गर्दा नेपाललाई फाइदा हुने बताए । टिफाको मस्यौदामा तयारी पोसाक र पस्मिनाका विभिन्न १० वस्तुमा सामान्य ग्राह्यता प्रणाली (जीएसपी) सुविधा पुनरावोलक’bout उल्लेख गर्नुपर्ने उनको भनाइ छ ।

राजदूत शर्माले डिसेम्बरको अन्त्यतिर जीएसपीमा पुनरावलोकन गरेर अतिकम विकसित मुलुक (एलडीसी) हरूलाई सुविधा दिने तयारी भएको उल्लेख गरे । जीएसपी आयातकर्ता राष्ट्रले सामान निर्यात गर्ने राष्ट्रलाई भन्सारमा दिने सहुलियत हो ।

अमेरिकाले नेपाललाई दिँदै आएको जीएसपी सुविधा हरेक १०÷१० वर्षमा संशोधन हुने प्रावधान छ । यही प्रावधानअनुसार सन् २०१० जीएसपी सुविधा संशोधन हुने वर्ष भएकाले वाणिज्य तथा आपूर्ति मन्त्रालय र संघको संयोजकत्वमा अमेरिकासँग पोसाक र पस्मिनाजन्य वस्तुमा यो सुविधा थप्न माग गरिएको हो । नेपालबाट गलैंचा, चाँदीका गरगहना, हस्तकला सामग्री, दाललगायतका वस्तु शून्य भन्सारमा निर्यात भइरहेका छन् ।

साउथ एसिया वाच इन ट्रेड इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्ट (सावती) का महासचिव रत्नाकर अधिकारीले अमेरिकासँग द्विपक्षीय व्यापार वा टिफा सम्झौता गर्दा विश्व व्यापार संगठनको प्रावधानलाई समेत ध्यान दिनुपर्ने सुझाव दिए । संगठन र द्विपक्षीय व्यापारका प्रावधान’bout सुक्ष्म अध्ययन नगरी सम्झौता गर्दा नेपाललाई फाइदाभन्दा बेफाइदा हुन सक्नेतर्फ आन्तरिक रूपमा गृहकार्य हुनुपर्ने उनको भनाइ थियो ।

Posted by: Raju Gurung

Advertisements

One response to “अमेरिकाले २१ अर्ब सहयोग दिने

  1. WHY AMERICA GIVING THAT BIG AMOUNT FOR NEPALI BAD POLITICS PEOPLE ALL WE KNOW THEY ARE BIG BASTERED !!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.