“एअर कन्डिसन कभर्ड हलमा” भलिबल खेल्ने नेपालीहरुको चाहना पुरा हुँदै


राजु गुरुङ/कुवेत, यही आउदो डिसेम्बर १७ तारिक माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको ११औ वार्षिक उत्सबको उपलक्ष्यमा अन्तर नेपाली भलिबल प्रतीयोगिता खैतान स्टेडियमको कभर्ड हलमा हुने भएको छ। प्रबासमा नेपालीहरुको खेल इतिहास लाई हेर्दा सधैं धुले ग्राउण्ड वा खुल्ला घाममा मात्र खेल्नु परेको र दर्शकहरुलाई पनि खेलाडीले झै तातो हावा र घामको शास्ती खप्नु परेको कुरालाई ध्यानमा राखी कुवेत मै पहिलो पटक प्रबासी नेपालीहरु माझ स्टेडियमको कभर्डहल भित्र सो प्रतियोगिता गर्न लागिएको हो। कभर्डहल भित्र निश्चित तापक्रम, पर्याप्त प्रकाशको ब्याबस्था र दर्शकहरुको निम्ती खुल्ला मेचको ब्याबस्था हुने भएकोले खेल खेल्ने र हेर्ने दुबैले भरपुर मनोरन्जन लिने कुरामा आयोजक बिस्वस्त छन।

धुले मैदानमा भन्दा कभर्ड हलमा खेल्दा खेलाडीहरुले आफ्नो खेलको पूर्णरुपमा कला प्रदर्शन गर्न सक्ने साथै आगामी दिन हरुमा हुने अन्तराष्ट्रिय प्रतियोगिताको निम्ती खेलाडीहरुलाई अनुभव हुने हुँदा यसै कुरालाई मध्य नजर राखी कभर्ड हल को भाडादर चर्को भए पनि कुवेतको प्रबासी इतिहासमै पहिलो पटक कभर्ड हलमा सो प्रतीयोगिता गर्न लागेको कुरा आयोजक समितीका संयोजक धर्मराज गिरी बताउछन। 

स्मरण रहोस, खेलको माध्यमबाट पनि प्रबसी नेपालीहरु बिच आपमा भाईचाराको सम्बन्ध बढाउन सकिने मुल मन्त्रका साथ माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबले बेला बेलामा यस्ता कृयाकलापहरु गर्दै आइरहेको छ। साथै अन्य मुलुकबासी वा समुदायहरु बिच नेपालीहरुको खेल प्रतिको लगाब र कौशलता प्रदर्शन गर्दै मुलुकलाई चिनाउने सानो प्रयास गरिरहेको जग जाहेर नै छ।

माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको ११औ वार्षिक उत्सबको अवसर पारेर आयोजना गरिएको सो अन्तर नेपाली भलिबल प्रतीयोगिता अन्तर्गत सहभागी टिमहरुबाट नै खेलाडीहरुको फाइनल चयन गरी एउटा बलियो राष्ट्रिय टिमको सार्वजनिक गर्ने भएको छ।

आयोजक समिती द्वारा प्राप्त जानकारी अनुसार प्रतियोगितमा सहभागी हुनको निम्ती रजिश्ट्रसन मिती निम्न बमोजिम रहेको छ। 

१) टिम दर्ता गराउने अन्तिम मिती : १० डिसेम्बर २०१०, अपरान्ह ४ बजे सम्म।
२) टाई सीट घोषणा गरिने मिती : १० डिसेम्बर २०१०, साझ ५ बजे (मालिया सिटी)
३) खेल मैदान: खैतान स्पोर्ट क्लब को कभर्ड हल

४) खेल खेल्ने मिती: १७ डिसेम्बर २०१० 

पुरस्कारहरु;

प्रथम पुरस्कार : कप, मेडल र प्रमाण पत्र     
दोस्रो पुरस्कार : कप, मेडल र प्रमाण पत्र
उत्कृष्ट टिम : मेडल र प्रमाण पत्र
उत्कृष्ट खेलाडी : मेडल र प्रमाण पत्र

प्रतियोगिता सम्बन्धी नियमावलीहरु:-

१) प्रतियोगिता १७ डिसेम्बर २०१० (शुक्रबार) बिहानको ८:०० बजे देखी सन्चालन हुनेछ, यदी कुनै कारण बस् प्रतियोगिताको मिति समय र स्थान परिवर्तन गर्नु परेको खण्डमा आयोजक द्वारा सहभागी सबै टिमहरुलाई पूर्व सूचना सूचित गरेनेछ। 

२) टिम दर्ता गराउने अन्तिम मिती १० डिसेम्बर २०१० (शुक्रबार), अपरान्ह ३ बजे सम्म राखिएको छ भने टाई-सीट तथा प्रतियोगिता हुने स्थान पनि सोही दिन साझ ५ बजे मालिया सिटीमा घोषणा गरिने छ।

३) दर्ता शुल्क के. डी. २५ राखिएको छ।

४) प्रतियोगितामा विजयी प्रथम र दोस्रो टिमको साथै  प्रतियोगिता भरिको उक्रिष्ट एवंम अनुशासित एक खेलाडीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ।

५) प्रतियोगिता टि टि नियम बमोजिम वेस्ट अफ थ्रीको आधारमा खेलाइनेछ। खेल समयावधी भरी रेफ्रीको निर्णय सर्बमान्य हुने छ।

६) प्रतियोगितामा भवितब्य वा खेलाडीहरु माथि आउन सक्ने अन्य कुनै किसिमको चोटपटकको जिम्मेबारी टिम आँफैले लिनु पर्ने छ। सहभागी खेलाडीहरुले टिमको जर्सी अनिबार्य लगाउनु पर्ने छ।

७) प्रतेक टिममा अतिरिक्त ३ जना खेलाडी तथा एक टिमम्यानेजर लगायत जम्मा१०जना अनिबार्य रहनुपर्ने छ।

८) प्रतेक टिमले आफ्नो खेलाडीहरुको नामावली, सिभिल आइडीको फोटो कपि तथा टिम दर्ता शुल्क टाई-सीट निर्णय गरेने दिन (१० डिसेम्बर २०१०, शुक्रबार) सम्म बुझाई सक्नु पर्ने छ।

९) मादक पदार्थ सेवन गरी प्रतियोगितामा प्रबेश गर्न पाइने छैन।

१०) प्रतियोगिता भरी मादक पदार्थ सेवन गरी वा अन्य कुनै किसिमले हुल हुज्जत गरी असामान्य स्थिती सिर्जना गर्न खोज्ने जो कोहीभए पनि कुवेतको प्रचलित कानून बमोजिम कारबाही गरिनेछ।

११) खेल शुरु हुने निर्धारित समय भन्दा १५ मिनेट अगावै आ-आफ्नो टिम उपलब्ध भइ प्रतिस्प्रधाको निम्ती तयार रहेको कुरा टिम क्याप्टेन वा टिम म्यानेजर द्वारा आयोजक समितीलाई जानकारी गराइ सक्नु पर्ने छ र तोकिएको समयमा टिम उपस्थित हुन नसके बिपक्षी टिमलाई स्वत: विजयी घोषणा गरेनेछ, यदी दुबै टिम उपस्थित हुन नसके दुबै टिमलाई खारेज गरी टाई-सीट मुताबिक अर्को चरणको खेल खेलाइनेछ।

प्रतियोगिता हुने खैतान स्टेडियमको कभर्डहलका झलकहरु;

Posted by: Raju Gurung

7 responses to ““एअर कन्डिसन कभर्ड हलमा” भलिबल खेल्ने नेपालीहरुको चाहना पुरा हुँदै

  1. he nepaali daaju bhai haru MESC le jatinai khokepni balla aba chai bhane prove garera dekhayo yasmaa kehi aba hamro nepaliharuko comment chhaina malai ta dhukaka chha aba majale thataayera volleyball khelinchha .

    Ram Chandra Khadka
    Farwaniya

  2. Ramchndra Ji mahile pahile socheko sasthaa ho yo sasthaa tesai yatibarsa samma tikeko chhainani gate yasle ahile ma yahaa kuwait aayeko 9 barsa bhayo yas sathaa le jahile pani ramronai kaam garera dekhayeko chha tara ke garne nepaliko jaat kuta ta taanna khoji halchhan ni tara yaha dherai sasthaa dekhiyeko chhan aaja udaune bholi asthaaune ram ji mahile paka maneko chhu yo Mount Everst laai yo sasthaa matra ho nepali haruko laagi arule je bhane pani machi jay jay mesc lukhaa.

  3. Tapai haruko comment sarai ramro lagyo sahiharu lekhnu bhayeko rahichha ma pani mesc ko yeutaa shubha chintak hu ramro lai ramro ra naramro lai naramro bhanne manchhe hu, malai panilagchha ki mesc bhaneko yeutaa kachuwaa ho yo yeutaa raptaarma daudinchha nata dhilo nata chioto yasko aaphanai raptar ra pahichaan chha chha jo sukaile je sukai bhane pani purano sasthaa bhaneko purano ho. aru bhanekaa ……………..
    tara yasle arule jasto rajniti garera chalo bhane anichai gayo khera tesaile mesc bhitra haal samma rajniti chhaina jasto chha ra naliyawos pani haina saathi ho.
    Surya Karki
    Salimiya Kuwait

  4. Ma pani yeutaa khelaadi hu ra kheladiko natale herdaa kheri ramrolai ramrai bhannu paro ra ma tapaai harulaai ke anurodha garna chaahanchhu bhane hamile jatinai sasthaa haru khole pani ramro sasthaa ra thulo sasthaa ko dajo maa pugna sakidaina mero pani anurodha Jan jagriti, nepalkuwait.com, nepalkuwait naach tolimaa jasto rajniti bhayena bhane paka pani yo mount sadhai bhari atal rahane chha ra dhanyabaad mount sabai team laai hami dherai khusi chhou ramro thaumaa basera khelna ra herna paune bhayeko maa

    laalsalam
    Ghanashyam Angdanbe
    jeelep

  5. dherai ramro kam gareko chha yaspali bata yo club le abachai kehi garla jasto chha. good luck Mount Everest Sporting Club

    bhaaai bhaai bhaai bhaai bhaai bhaai

  6. हरी अधिकारि

    यम इ यस सि तिमीहरुलाई महिले नराम्रो सोचेको थिए अरु चम्चे हरुको कुरो सुनेर तिमीहरु मात्र एउटा सस्था हौ यो कुवेत मा आज सम्म कसैको आँट थियो हल मा खेलाउन पक्का पनि सुको त धेरै लग्लानी सबै गोजी बाट त होलनी हैनर ठिकै छ तेसो केही परेको खन्ड हामी छौ नि तिमीहरुलाई सघाउने नडराउनोस साथी हो यो साथा भनेको हाम्रो पनि हो।

    हरी अधिकारि
    अबुहलिफा

  7. राजु जी सार्थक शिर्षक राख्नु भएछ खुसि लाग्यो, हो अवस्यपनि एआर कंडीशन भएको हलमा नेपालीहरुको भलिबल खेल्ने चाहना छ, र यो चाहना माउन्ट एभरेस्ट स्पोर्टिंग क्लबले पुरा गराउन लागेकोमा खुसि लाग्यो, तर खेल सम्बन्धि सूचना पुरा पढिसकेर हामी सबैको मनमा केहि गुनासो उत्पन्न भएको हुँदा केहि शब्द लेख्ने कोशिश गरेका छौ, माउन्ट एभरेस्ट स्पोर्टिंग क्लब एउटा पुरानो र ठुलो सस्था हो तर… यति ठुलो स्पोर्टिंग क्लबले बार्षिक उत्सबको अवसरमा राखेको प्रतियोगिताको सुचनामा हामी खेलाडी साथीहरु बाट गुनासो को कमेन्ट लेख्न पर्ने आवस्यक यो अवस्य पनि राम्रो होइन, हुनत एम. ई. एस. सी. मा सबैजना बुद्दिजिबी सर हरु हुनु हुन्छ सबै जना स्तरीय ओदाका सर हरु हुनुहुन्छ तेसैले प्रतियोगिता स्तरीय बनाउने कोसिस गर्नु भएको होला तर हाम्रो बिचारमा तपाइहरुले जुन सोचले प्रतिगिता राख्नु भएको छ तेस्तो हुने कम सम्भावना देखिन्छ ” जसो जसो बाहुन बाजे उसो उसो स्वाहा” भने जस्तो खेलाडीको स्तर अनुसारको प्रतियोगिता राख्नु राम्रो हुन्छ, यसको अर्थ यो होइनकी कुवेतको खेलाडीको स्तर छैन, बास्तबिकता यो होकी कुवेतमा कुनै संघ सस्था वा कम्पनीमा ब्यवासाईक खेलाडी हरु छैन , यहाका खेलाडी आफ्नो आफ्नो रोजगारी को समय बाट फुर्सदको समयमा मनोरंजन को लागि र भाइचाराको नाताको लागि खेलेको हुन्छ, हामीले जहासम्म देखे अनुसार खेलाडी हरु दिनभरी प्रतियोगिता मा खेल्छन साँझमा आफ्नो ग्रुपमा रमाइलो गर्छन अर्को दिन आफ्नो ड्युटी छदै छ, त्यसैले तपाइहरुले जुन स्तरको प्रतियोगिताको आयोजना गर्नु भयो अहिलेको कुवेत नगरीको नेपाली भलिबल खेलको बाताबरण संग मेल नखाएको जस्तो हामीलाई आभास भयो, दर्ता शुल्क पनि अरु प्रतियोगितामा भन्दा दोब्बर नै राख्नु भएछ सहायद कभर्ड हलको चर्को शुल्कको कारण होला अहिलेको मौसम मा खासै एआर कंडीशन को हलको जरुरि नहोला. बरु त्यो हलवाला लाई दिने रकम खुल्ला मैदानमा अनुमति पत्र बनाएर बिना शुल्क प्रतियोगिता गरी शान्ति माया दोंग अर्थात् अरु कुनै तेस्तै पिडित नेपाली लाई सहयोग स्वरूप प्रदान गर्न सकिन्छ यसो गर्नु भयो भने २५ के डी ठिकै हो, अनि खेलमैदान पनि सबैलाई अपाई नै रहेछ सबैखेलाडिको कम्पनि ले गाडीको सुबिधा दिदैन संघ सस्था संग पनि सबैसंग गाडी छैन आयो ट्याक्सी को कुरा, नेपाली रिति हो जिते पछि यसो रमाइलो गर्ने तेस्को लागि उचित पुरस्कार पनि छैन, यो सबै कुरा समस्तमा हेर्दा जुन सोचले तपाइहरुले सफल प्रतियोगीता आयोजना गर्ने गर्ब गर्नु भयको छ त्यो सोचाई पुरा नहोला भन्न सकिदैन, भन्नु नभन्नु आफ्नो विचार हो तर गुनासो सबैको छ फरक यति मात्रै हो, अन्तमा मन मा लागेको कुरा लेखिहालियो. गलत पनि लाग्न सक्छ तपाइहरुलाई, अनर्थ नलागईदिनु होला, धन्यवाद!
    कालिगण्डकी समूह परिवार
    फोन. ६५९९९११२
    ई- मेल- kaligandaki.samuha@rocketmail.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.