Daily Archives: 09/12/2010

“एअर कन्डिसन कभर्ड हलमा” भलिबल खेल्ने नेपालीहरुको चाहना पुरा हुँदै


राजु गुरुङ/कुवेत, यही आउदो डिसेम्बर १७ तारिक माउन्ट एभरेष्ट स्पोर्टइङ क्लबको ११औ वार्षिक उत्सबको उपलक्ष्यमा अन्तर नेपाली भलिबल प्रतीयोगिता खैतान स्टेडियमको कभर्ड हलमा हुने भएको छ। प्रबासमा नेपालीहरुको खेल इतिहास लाई हेर्दा सधैं धुले ग्राउण्ड वा खुल्ला घाममा मात्र खेल्नु परेको र दर्शकहरुलाई पनि खेलाडीले झै तातो हावा र घामको शास्ती खप्नु परेको कुरालाई ध्यानमा राखी कुवेत मै पहिलो पटक प्रबासी नेपालीहरु माझ स्टेडियमको कभर्डहल भित्र सो प्रतियोगिता गर्न लागिएको हो। कभर्डहल भित्र निश्चित तापक्रम, पर्याप्त प्रकाशको ब्याबस्था र दर्शकहरुको निम्ती खुल्ला मेचको ब्याबस्था हुने भएकोले खेल खेल्ने र हेर्ने दुबैले भरपुर मनोरन्जन लिने कुरामा आयोजक बिस्वस्त छन। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एयर अरेबियाविरुद्ध सभासद


सुशील भट्टराई, काठमाडौं, मंसिर २३-सरकारले युनाइटेड अरब इमिरेट्स (युएई) को निजी वायुसेवा कमपनी एयर अरेबियालाई काठमाडौं-क्वालालम्पुर सेक्टरमा उडान गर्न दिएको अनुमतिमा पुनर्विचार हुनुपर्ने धारणा सभासदहरूले राखेका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिका अधिकांश सभासदले बुधबार आयोजित छलफलमा सरकारको निर्णयबाट नेपाल वायुसेवा निगमको अहित हुने भएका कारण सरकारी निर्णय फिर्ता हुनुपर्ने धारणा राखेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्